
उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू –
१
पिरती
आत्माको मेल
जीवन बिताउने आधार !
२
जीवन
सुन्दर फूल
अभाव सङ्घर्ष चाहाना !
३
काँडा
फूलको रक्षक
नियतिले सुम्पेको कर्म !
४
शिशिर
नाङ्गा डाँडाकाँडा
उजाड फुस्रो समय !
५
कुहिरो
सेतो रुवा
अन्धाधुन्द सर्वत्र भुवा !
६
पौष
छोटा दिन
समय बित्दै एकैछिन !
७
शीतलहर
चिसोको पराकाष्ठा
त्रसित तराई शहर !
- शारदा आचार्य, ललितपुर

