
🌺 केही उदक 🌺
—————– … ✍️ आर्त अकुलीन
१
तलाउ
गहिरो खाडल
माछा सर्पको आश्रय !
२
सत्यता
हाम्रो वर्तमान
पृथक रणनीति कार्यनीति !
३
स्वार्थ
दुनो सोझ्याउने
चौतर्फी भुस्याहाकै चलखेल !
४
शिशिर
चिसो सिरेटो
उकाली ओराली गोरेटो !
५
बैशाख
बगरको तृष्णा
आखिर सागरको स्मरण !
६
सपना
मनको सागर
निरन्तर पौडिने चाहाना !
७
भिखारी
भिख माग्ने
खहरे बनेर हराउने !
८
चुनाव
बाघको मुख
प्रत्येक मनमा हाउगुजी !
९
पागलपन
विकृत मानसिकता
मन मष्तिस्कमा असन्तुलन !
१०
छेपारो
बगैँचामा एक
विचित्र चरित्र अनेक !
देवाश्रम, कैलाली

