
काठमाण्डौँ, २६ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१]
गोरु
जनावरको कर्म
कसले बुझ्ने मर्म।
🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे ।
[२]
पशु
अबुझ प्राणी
बुझ्दैन तिनको व्यथा ।
🌑सोमनाथ लुइटेल “रवि पाल्पाली”
[३]
सहकर्मी
परेपछी कमजोर
अर्कोलाई दु:ख घनघोर ।
🌑भुपेन्द्र राना मगर
धादिङ
[४]
मानव
बुझ्दैन दानव
पशुको भित्री व्यथा !
🌑पशपती राई
खोटाङ
[५]
भाँचिन्छ
हलो जुवा
लौरो धेरै वर्षाउँदा !
🌑केदार सुनुवार
[६]
हलगोरु
श्वेत उभिएको
रक्त थचक्क बसेको ।
🌑महानन्द भट्ट
कंचनपुर ।
[७]
कर्म
जनावरको धर्म
कसले बुझिदिने मर्म !
🌑जमुना आचार्य
सिन्धुपाल्चोक
[८]
बहादुरी
न्यायिक कर्मशिल
बल बुद्वि विबेकशिल।
🌑राेशन पराजुली
धरान।
[९]
जोडा
एउटा सक्रिय
अर्को अल्छी निष्कृय !
🌑घनश्याम पौडेल
पोखरा
[१०]
परिस्थिति
हलो अड्काउने
निरन्तर गोरु चुट्ने !
🌑आर्त अकुलीन
कैलाली
[११]
हलाे
चट्टानमा अड्कियाे
कमजोर गाेरु बस्दियो ।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर थिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[१२]
बन्धन
कार्यगत एकता
थकित दुर्बल मित्र !
🌑राजाराम रत्गैंया
अमौरा, कैलाली
[१३]
किसान
अल्छी गोरु
सुख्खा खेत जोत्दै !
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[१४]
बुढेसकालमा
आरामको खाँचो
हजुर ! यसै सालमा ।
🌑तेजप्रसाद खनाल
लमही दाङ।
[१५]
खेतबारी
बाँझै वारिपारि
गोरु किसान हैरानी ।
🌑चक्र बहादुर आलेमगर “लाफा”
कैलाली
[१६]
बाँझो
गोरुले जोत्ने
मर्म कसले बुझ्ने !
🌑रमा पन्त
पाल्पा !
[१७]
किसान
एक हलगाेरु
गाेरु मालिक परेशान !
🌑नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर
[१८]
हलो
बस्ने गोरु
हुँदैन राम्रो मेलो
🌑श्रीकृष्ण शर्मा
पोखरा
[१९]
वृद्ध
कठिन काम
होला कुनै बाध्यता !
🌑बिमला पोखरेल
अर्घाखाँची
[२०]
गोरु
थकित अवस्था
ग्रामीण कृषि व्यवस्था ।
🌑सरस्वती श्रेष्ठ
[२१]
बेथिति
मनपरि रजाईं
मियो बिनाको दाइँ ।
🌑ऋजु दिल्पाली
ईटहरी १ सुनसरी ।
[२२]
लाचार
कस्तो संसार
प्राणी माथि प्रहार !
🌑कृष्ण जोशी
मेरिल्याण्ड, अमेरिका
[२३]
देश
अनेक जात्रा
रोकिएको समृद्धिको यात्रा ।
🌑हिमाल अम्मै
घोडाघोडी कैलाली
[२४]
शक्ति
भएकोमा दम्भ
निर्बलियो लतारिन्छ अचम्म ।
🌑प्रेम थापा “मन”
[२५]
देश
बाँझो खेत
नेता गले गोरु ।
🌑बिपी खनाल
लम्की, कैलाली
[२६]
कार्तिक
कामको चटारो
गोरुलाई बस्नै हतारो !
🌑चक्र शाही
[२७]
खेतमा
गोरु बस्यो
नेताले देश सक्यो!
🌑बालकृष्ण खनाल
टीकापुर कैलाली
[२८]
पहेली
बेहाल हली
गोरु बसेर खलबली ।
🌑अगस्टीन राई
पूर्व सिक्किम, भारत
[२९]
मर्द
लाठीले कुट्ने
गोरु उठ्दै नउठ्ने !
🌑कमला देवकोटा
पाल्पा
[३०]
हली
नारेका हलगोरु
हेर्दै अमिल्दो गठबन्धन !
🌑गोपे दाजु
पाँचथर।
[३१]
थकित
कामको भार
प्रकृतिमा जीवन सार !
🌑सविता के.सी.
काठमाडौँ ।
[३२]
हलो
बन्जर भूमि
जोत्ने गोरुको पारा !
🌑वसन्त अनुभव
घोराही, दाङ
[३३]
छैनन्
माया गर्ने
तन मन शिथिल ।
🌑गीता खनाल
तिलोत्तमा न .पा.१५, रुपन्देही ।
[३४]
हलो
बाँझो खेतमा
दाना सबैको पेटमा।
🌑राम बहादुर चौधरी
गोरखा।
[३५]
गाेरु
मेलामा बसे
किसानका आँसु खसे
🌑उर्मिला के.शी.
धनकुटा ।
[३६]
चोला
लिएर गोरुको
नजोतिई कहाँ भो ।
🌑देवकी के.सी.
[३७]
थकित
गाेरुहरू फेरि
आतुर सत्ता हत्याउन ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३८]
उन्नति
असम्भव हुन्छ
हल पिरुवा भएपछि ।
🌑तिला लेकाली
[३९]
देश
बन्जर भयो
सकेनन् गोरुले जोत्न ।
🌑त्रिलोक रामदाम
भैरहवा ।
[४०]
गठबन्धन
अमिल्दा गोरु
देशको भविष्य अनिश्चित ।
🌑रमेश प्रभात
[४१]
परिस्थिति
खेत जोत्ने
थकित गोरुको अवस्था !
🌑रिता खराल
रुपन्देही
[४२]
किसान
नारेर हलगोरु
छैन जोतेको निसान ।
🌑होम प्रसाद
धरान,सुनसरी
[४३]
गोरु
नारिएर थकित
हली पर्यो बिचल्ली ।
🌑बिके माकजु
भक्तपुर ।
[४४]
दुःख
खाई नखाई
पुर्व जन्मको कमाइ ।
🌑
अम्विका अधिकारी
झापा विर्तामोड
[४५]
गाेरु
खेतमा जाेत्दा
थकाइमा विश्राम मारेका !
🌑श्रद्धा आचार्य
पोखरा
[४६]
पीडा
सिवाय सहनु
गएर कहाँ कहनु ?
🌑विजय राज सिंह
[४७]
गोरु
कामको थकाइ
पर्दछ सहन जीवनभर !
🌑प्रदिप नेपाली
बिहादी ५ उराम,पर्बत
[४८]
गोरु
खेतको मेलो
जीवनभर चल्ने झमेलो ।
🌑सम्झना कुवर
[४९]
भोको
पेट मेरो
तान्नु कसरी हलो !
🌑मंगला आचार्य उपाध्याय
कलैया १ बारा
[५०]
गोरु
थकित अवस्था
खेत जोत्न नसक्दा !
🌑धर्मी शाक्य
बुटवल ,रुपन्देही ।
[५१]
थकान
कामको चाप
गोरुको जीवन अभिशाप !
🌑दुर्गा भट्टराई
मोरङ
[५२]
हलो
गोरुलाई कुभलो
मानिसको अनिवार्य छाकलो !
🌑अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[५३]
गोरु
जोतेर गलेको
हलीको जीवन चलेको !
🌑भगवती दवाडी
झापा
[५४]
थकाइ
कामको भार
खेतीपाती गर्न चटारो !
🌑खेमराज पुरी
कैलाली
[५५]
गोरु
जोतिने परिस्थिति
मर्नु नबाँच्नुको स्थिति !
🌑कण्ठराज गिरी
कैलाली।
[५६]
नारिएकाे
अल्छीका साथ
हिड्नेकाे पुच्छर निमाेठिन्छ ।
🌑नारायण प्रसाद उपाध्याय
कैलाली ।
[५७]
गोरु
कृषकको साथी
साह्रै नै जाति !
🌑शारदा आचार्य !
[५८]
निर्भर
परम्परागत खेती
गरीब किसान बाध्य !
🌑टिकाराम जोशी
[५९]
बिचैमा
रोकियो कर्म
हल नमिलेका गोरु !
🌑गोपाल प्रसाद पौड्याल
[६०]
गाेरु
नमिलेको हल
चुनावमा मिलेकाे दल !
🌑प्रद्युम्न चालिसे ।
भक्तपुुर कटुञ्जे ।
[६१]
गोरु
कुट्दै जोत्ने
निर्दयी कसले रोक्ने ।
🌑सुमित्रा पोखरेल
काठमाडौं
[६२]
सहकर्मी
कमजोर थचक्क
बलिया साहसी जुरुक्क।
🌑जमुना कायस्थ
पोखरा
[६३]
प्रकृति
ढुङ्गा टारमा
हलगोरु छन् मारमा ।
🌑दुर्गा आचार्य
मोरङ
[६४]
नियत
हलो भाँच्ने
आफूखुसी उफ्रदै नाँच्ने !
🌑कविता आचार्य
कैलाली
[६५]
नियत
सृजित परिस्थिति
दोस थुपार्ने नीति !
🌑राम न्यौपाने

