पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- १० सम्पन्न

  • २ कार्तिक २०७९, बुधबार १०:०६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १०[दसौँ]
    ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
    मिति:- २०७९/०६/३१ साँझ ०८ बजे सम्म ।
    ………………………………………….

      प्रवर्तक तथा परिकल्पनाकार
      ================
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    प्रशिक्षक:-
    ———–
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनस्याम पौडेल
                  
    भाषा शुद्धीकरण:-
    ————
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी
    सुशीला पौडेल

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

                       संयोजक:-
                       =====
       सोमनाथ लुइटेल “रवि पाल्पाली”
                           तथा
       पञ्चाङ्ग साहित्य समाज नेपाल ।
    ======================

    अभ्यास संरचना
    ————
    यमपञ्चक तथा दिपावलीको उपलक्ष्यमा ०१ [०१] लेख्न हुन  हार्दिक अनुरोध गर्दछौँ। दिपावलीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा
    अनुप्रास :- आफ्नो इच्चा
    स्थायी :- आफ्नो इच्छा
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान गर्दा  विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।

    बिजुली बन्यो पहिले खालि तारमा छौँ अझै [०१]
    भ्रष्टाचारको जालो  भ्रष्टको मारमा छौँ अझै [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ

    राम्रो  थियो  त्यति  बेला आज प्रवर्द्धन छैन [०३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।

    महङ्गी   र कालो  बजारको भारमा छौँ अझै [०४]
    अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै [०५]

    उदाहरण पञ्चाङ्ग  [१]

    बिजुली बन्यो पहिले खाली तारमा छौँ अझै [०१]
    भ्रष्टाचारको जालो  भ्रष्टको मारमा छौँ अझै [०२]
    राम्रो  थियो  त्यति  बेला आज प्रवर्द्धन छैन [०३]
    महङ्गी   र कालो  बजारको भारमा छौँ अझै [०४]
    अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै [०५]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    उदाहरण  [०२]

    दिपावली   पर्वले  उमङ्ग दिई  आयो सबैमा [०१]
    पीडा भुली रसरङ्ग  डुल्दै लिई आयो सबैमा [०२]
    झिलीमिली चारैतिर अँध्यारो  हटाएर आयो [०३]
    सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा [०४]
    मन  हृदय कुनामा  पसी जिई आयो सबैमा [०५]

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    =========================

    पञ्चाङ्ग   ०१

    शरद   ऋतुले  आज   उमङ्ग  लिएर आयो।
    चारैतिर  खुसीयाली   लहर   दिएर  आयो।
    दिपावली  तिहार   चाडपर्व  संस्कृति हाम्रो ,
    चेली र माइतीको   फूलमाला सिएर आयो।
    शुष्कशुष्क सितल चिसो हावा पिएर आयो।

    💢होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग   ०२
    [०१]
    घर चिटिक्क सजाई बसेको ।
    लक्ष्मी भजन भजाई बसेको ।
    धन्तेरसको   नगन्य  उपमा ,
    खैँजडी शंख बजाई बसेको ।
    सिँगारिएर  लजाई  बसेको ।
    [०२]
    दिपावली  पर्वले  उमङ्ग    दिई आयो सबैमा ।
    पीडा भुली रसरङ्ग डुल्दै   लिई आयो सबैमा ।
    झिलीमिली चारैतिर  अँध्यारो हटाएर आयो ,
    सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा ।
    मन  हृदय कुनामा  पसी जिई आयो सबैमा ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ०३
    [०१]
    सबैको  घर आँगन  उज्यालो  हुनु  पर्छ ।
    शुभ  दिपावलीले  सबैलाई   छुनु   पर्छ ।
    कसैको निधार खाली नरहोस् यसपालि ,
    कात्तिके  कालो  ग्रह  दान गरी धुनु पर्छ ।
    नखेल्नु  जुवा  तास  हारेपछि   रुनु पर्छ ।
    [०२]
    बिजुली बन्यो पहिले खालि तारमा छौँ अझै ।
    भ्रष्टाचारको जालो  भ्रष्टको मारमा छौँ अझै ।
    राम्रो  थियो  त्यति  बेला आज प्रवर्द्धन छैन ,
    महङ्गी   र कालो  बजारको भारमा छौँ अझै ।
    अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    पञ्चाङ्ग   ०४

    पहिले आए मानेर बसेका छन् ।
    सुन्दर कुर्सी छानेर बसेका छन् ।
    पुस्तौँ सम्मलाई पुगेपछि के छ ?
    अनि त ढुङ्गा हानेर बसेका छन् ।
    आफ्नैले खुट्टा तानेर बसेका छन् ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०५

    लौरोको  साहाराले  जीवनभर  नाच्नु  परेको छ।
    जसोतसो  गरेर पनि  जिन्दगी  साँच्नु  परेको छ।
    बुढा   भएपछि   काम गर्न   नसक्ने   भएर गैयो,
    प्रतेक   दिननै   वचन   खाएर   बाँच्नु   परेको छ।
    कहिले आउँछ काल भन्दै औंला भाँच्नु परेको छ।

    💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।

    पञ्चाङ्ग   ०६

    तिहारको छुट्टी   पारी आउनु भाइ तिमी ।
    दिदीको आँगनीमा नै छाउनु भाइ तिमी ।
    भैली देउँसीमा  नाँचौला घरघरमा गएर ,
    आफ्नै दिदीको घरमा धाउनु भाइ तिमी ।
    दिदीकै हातको टीका लाउनु भाइ तिमी ।

    💢पार्वती अर्याल, भरतपुर चितवन ।

    पञ्चाङ्ग   ०७

    सवैकाे नै घरघरमा दिपावली आएकाे राम्रो !
    हर्ष उमंगले चारैतिर उज्यालो छाएकाे राम्रो ।
    दियाे बाली सयपत्री र मखमलीकाे माला सँगै ,
    घरका कुना कुनामा धनकी लक्ष्मी धाएकाे राम्रो ।
    सजिएर चेली माइती भाइटिका लाएकाे राम्रो ।

    💢उर्मिला के.शी. , धनकुटा  ।

    पञ्चाङ्ग   ०८
    ०१]
    मलाई पनि कसैले आस गरेकै हुन्छ ।
    समयसँगै  सपना  पनि  मरेकै  हुन्छ ।
    यस्तै हुन्छ कहिलेकाही बाध्यताले गर्दा,
    पहरामा पनि वृक्ष आफै सरेकै हुन्छ।
    चन्द्रमामा पनि कालो छाँया परेकै हुन्छ।
    ०२]
    आरोप नै यस्तै  छ केहि  गरेजस्तो।
    अभिनय  गर्दिन्छ  ज्युदैँ  मरेजस्तो ।
    यस्तोलाई   मैले  नै  दया  गर्नुपर्ने,
    बेलाबेला जिस्किन्छ मन परेजस्तो ।
    मुख हेर्दा  विचरा आँसु  झरेजस्तो ।

    💢दस्ता कौशिक, पाँचथर ।

    पञ्चाङ्ग   ०९

    दिपावली पर्व हाम्रो आयो वरिपरि ।
    सबैको मनमा खुसी छायो वरिपरि ।
    बालबालिका जम्मा हुन थाले चोकमा,
    आज काग आई गीत गायो वरिपरि ।
    देउँसी भैलीमा नाचौँ लायो वरिपरि ।

    💢 तेजप्रसाद खनाल
               लमही दाङ।

    पञ्चाङ्ग   १०
    [०१]
    खुशीको बहार गिज्याएर आयो दसैँ तिहार ।
    लुकेको दु:खले  फिजाएर आयो दसैँ तिहार।
    नभन्नु कसैलाई मन दुखेको चाड पर्वमा ,
    चिरिएको मुटु बिजाएर आयो दसैँ तिहार ।
    परदेशी मन रिझाएर आयो दसैँ तिहार ।
    ०२]
    खुशीयाली तिहारमा रमाउदै आयो है हजुर ।
    सप्तरङ्गी टीका निधार टलक्क लायो है हजुर ।
    दाजु र भाई दिदीबहिनी मिलेर गाउदै नाच्दै,
    खुसीको मौका गाउघर तिर नि  छायो है हजुर।
    सेलरोटी पकाइ अचार सब्जी खायो है हजुर ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।

    पञ्चाङ्ग   ११

    यसपालि तिहारमा भाइ टीका लाउन आउँछु भन्थ्यो ।
    आँगनिमा भैलो देउसीमा गित गाउन आउँछु भन्थ्यो ।
    सपना बनायो भाइ तिमीले घरै अँध्यारो बनाएर ,
    साहिँली माहिलीको घरमा साच्चै धाउन आउँछु भन्थ्यो ।
    दिदिबहिनीले दिएको कोसेली लाउन आउछु भन्थ्यो ।

    💢जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   १२

    तिहार आयो घर घरमा भैलो गाउनु कसरी ।
    आफु त   मुगलानमा   घर   आउनु कसरी ।
    बहिनीले  माला   गास्दै  टीका  तयार गर्दा ,
    बिदेशमै  मन  रोयो  अति    लाउनु कसरी ।
    नत बिदा मिल्छ   त्यो पैसा  पाउनु कसरी ।

    💢शन्जना सर्मा, दाङ लमही ।

    पञ्चाङ्ग   १३

    नेपालीका मन मुटुभित्र छाई दिनू।
    समस्यामा समाधान बनी आई दिनू।
    सताब्दी पुरुष हे! सत्यमोहन जोशी,
    तिमी गए पनि माया उस्तै लाई दिनू।
    नेपाल र नेपालीको गाथा गाई दिनू।

    💢घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   १४

    यसपालि तिहारमा भाइ टीका लाउन आउँछु भन्थ्यो ।
    आँगनिमा भैलो देउसीमा गित गाउन आउँछु भन्थ्यो ।
    सपना बनायो भाइ तिमीले घरै अँध्यारो बनाएर ,
    साहिँली माहिलीको घरमा साच्चै धाउन आउँछु भन्थ्यो ।
    दिदीबहिनी अपूर्व  कोसेली पाउन आउछु भन्थ्यो ।

    💢संगिता शर्मा, सिन्धुली ।

    पञ्चाङ्ग   १५

    गर्दै छु आफैँलाई धिक्कार यसपालि ।
    बन्ने भएँ नदीको किनार यसपालि ।
    विदेशीलाई सबै कुरा सम्झना मात्रै ,
    छैन नि त दुःखीको तिहार यसपालि ।
    खाली रहने भयो निधार यसपालि  ।

    💢श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग   १६

    मनमा भएको अध्यारो भगाउन आयो तिहार।
    दिदीभाइको प्रेम गाडा  वनाउन आयो तिहार।
    हर्ष र उल्लासको झिलिमिली  मन नै दंग हुने,
    गलाभरी नै  मखमली  लगाउन  आयो तिहार।
    दुःखसुख त्यसैमा मिल्दै रमाउन आयो तिहार।

    💢कला ढकाल , झापा  ।

    पञ्चाङ्ग   १७

    तिमीहरुले लक्क्ष हासिल गर्दा म हाँस्दैछु यहाँ ।
    मनमा सपनाका कयौं मालाहरु गाँस्दैछु यहाँ ।
    उच्च नाम राख्नु शिर झुक्नु कहीँ नपरोस् तिमीले,
    बाटामा पर्ने अबरोध हरुलाई माँस्दैछु यहाँ ।
    अतुलनीय सम्झनाका बिम्बहरु साँच्दैछु यहाँ ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग  १८

    तिहार आयो भन्छन  पाकेको छैन सेल नै ।
    दाजुभाइ आउनेकुनै  आएको छैन मेल नै ।
    खुसीभए  चाडबाड    रमाईलो  पनि  हुने ,
    पहिले जस्तो  हुदैन  देउसी भैलो खेल  नै ।
    किनहोला चारैतिर   देख्छु है जाल झेल नै।

    💢सीता शर्मा/बिरंगज ।

    पञ्चाङ्ग   १९

    हाम्रो देश डुवान मा परेकै छ अझै ।
    गरिबीको रेखा मुनी झरेकै छ अझै।
    नेताहरू त भोटका लागी कराएका,
    युवा खाडिमै पसिना छरेकै छ अझै।
    मुक्त  भएन भिरमा सरेकै  छ  अझै।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।

    पञ्चाङ्ग   २०

    सयपत्री ढकमक्क फुलेको छ।
    बारीभरी मखमली झुलेको छ।
    चेली-माइतिको पर्व हो तिहार ,
    उमङ्गले अनुहार खुलेको छ ।
    दुःख पिर सबले नै भुलेको छ।

        💢अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   २१

    बर्षदिनमा फेरि लौ आयो तिहार।
    दिदीबैनीको मनमा छायो तिहार।
    मखमली सयपत्री फलेर राम्रो,
    सप्तरङ्गी टिका भाई पायो तिहार।
    ओखर फोडी शत्रु भगायो तिहार।

    💢सुमित्रा पोखरेल काठमाडौं ।

    पञ्चङ्ग   २२

    तिहारमा भाइलाई भनी उनेको माला वैलेर जानेभो।
    भाइलाई भनी मैले भाइ मसला ल्याए कैलेर जानेभो।
    योपालि तिहारमा मैले भाइलाई टीका लाउन पाइन,
    भाइलाई भनी लुगा ल्याएँ दिन भएन मैलेर जानेभो।
    सप्तरंगी टीका ल्याएँ लाइदिन भएन खैरेर जानेभो।

    💢बेदु न्यौपाने काठमाडौ ✍️

    पञ्चाङ्ग   २३
    [०१]
    पाेहाेर जस्तै  दिपावाली नि आयो आमा।
    सबैकाे घरमा खुशीयाली छायाे आमा।
    चेलीबेटी  पनि  जम्मा  हुन थाली सके,
    आगनी काग आएर  गीत गायाे आमा।
    भैलीनी सँगै नाचाैँ नाचाैँ झै लायाे आमा।।
    [०२]
    याे तिहारमा घरमा आउनु भाइ।
    फूलमालाले गला नै छाउनु भाइ ।
    खुशीयालीमा  सबै  सँग रमाएर,
    मरै घर तिमी आफै धाउनु भाइ ।
    रमाइलो गरि टीका लाउनु भाइ।।

    💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।

    पञ्चाङ्ग   २४

    दु:खलाई पानीको फोको,बनाउने लक्ष्य लिनु।
    सुखलाई मायाको पोको, बनाउने लक्ष्य लिनु।
    यो जीवन  सफल, बनाउनु छ  आफ्नै कर्मले,
    दूध दुँदा  अडिने  डोको, बनाउने  लक्ष्य लिनु।
    सत्कर्म  जीवनको धोको, बनाउने लक्ष्य लिनु।
                            
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    Leave a Reply