साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७५औँ भाग शनिबार सम्पन्न

  • १२ कार्तिक २०७९, शनिबार १८:०७ मा प्रकाशित
  • काठमाण्डौँ, १२ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७५औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    photo: social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    सत्यता
    कृत्रिम वर्तमान
    पृथक रणनीति कार्यनीति !
    🌑आर्त अकुलीन
    कैलाली

    [२]
    गजब
    अनेक रङ्गी
    जनावर चउरमा रमाउने !
    🌑संझना कुसुम

    [३]
    छद्ममा
    अकल्पित प्राणी
    कलाकारको बेजोड कमाल !
    🌑वेद, इलाम।

    [४]
    ठिमाहा
    अप्राकृत सङ्गम
    वर्तमान कुरुप तस्बिर !
    🌑वसन्त अनुभव
    घोराही, दाङ

    [५]
    पशु
    धुर्त चलाख
    लडाईको प्रतिकार अन्धाधुन्ध
    🌑अम्विकाअधिकारी
    झापा विर्तामोड

    [६]
    हरियो
    घाँसको फाँटमा
    पशु देखिन्छ त्रासमा !
    🌑मंगला आचार्य (उपाध्याय )
        बारा ,कलैया १

    [७]
    नैतिकता
    हराएपछि  मुल्य
    भेटिदैन कतै शुद्धता !
    🌑पशपति राई
    खोटाङ

    [८]
    मन
    सिङौरी खेल्ने
    साहस बटुल्न खाेज्दै ।
    🌑एकराज भट्टराई
    हाल:- टाेरण्टाे,क्यानडा ।

    [९]
    शरीर
    अनेक रङ्ग
    सबै भए दङ्ग !
    🌑भुपेन्द्र राना मगर
    धादिङ

    [१०]
    कुर्सी
    साह्रै बैगुनी
    बस्दैमा पुच्छर पलाउछ !
    🌑राजिव गौतम

    [११]
    अजिब
    देख्दै अनौँठो
    खानु न ओकल्नु  !
    🌑सविता के.सी.
    काठमाडौँ ।

    [१२]
    मान्छेका
    दिमाग अपार
    पोत्छन् रङ्ग अनेक !
    🌑रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा, ललितपुर ।

    [१३]
    बिचार
    अनेक् थरिका
    राजनीतिमा छैन नैतिकता !
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
       मध्यपुर थिमी ५सङ्गम काेलाेनी भक्तपुर ।

    [१४]
    यथार्थ
    अनेक् चरित्र
    व्यवहार पनि उस्तै !
    🌑धिरेन राई “चिन्तन”
    दार्जिलिङ्ग।

    [१५]
    प्राणी
    अनाैँठाे रूप
    परिचय छ अरूकाे !
    🌑दुर्गा तामाङ
    सङ्खुवासभा

    [१६]
    मिलान
    गठ जोड
    कुरूप एक गठबन्धन !
    🌑म्यामराज राई
    हतुवागढी – ६,भोजपुर

    [१७]
    आत्मा
    अनेक रूप
    मानवको विचित्रको स्वरूप !
    🌑हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१८]
    गाँसिएको
    विपरीत ध्रुव
    जबरजस्त एक पारिएको !
    🌑नन्दलाल आचार्य
    बेलका- २, सिद्धार्थटोल, उदयपुर
    अहिले- रुपनगर, सप्तरी

    [१९]
    अकर्मण्यता
    छलछामको राजनीति
    आत्माघाती स्वार्थी कुटनीति !
    🌑ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।

    [२०]
    गठबन्धन
    विभिन्न रूप
    छुट्याउँनै नसकिने बन्धन !
    🌑सरस्वती श्रेष्ठ
    इटहरी

    [२१]
    राजनीति
    वर्तमान परिदृश्य
    अव्यवहारिक अनेक् चरित्र !
    🌑घनश्याम पौडेल
    गौरीगंगा नगरपालिका – ९ , कैलाली

    [२२]
    रूप
    देखियो कुरूप
    आधुनिक जनावर बेरूप  !
    🌑बिके माकजु
    भक्तपुर ।

    [२३]
    कला
    अनौँठो सोच
    राजनीति सत्ताको चित्रण !
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [२४]
    प्रकृति
    जनावर एक
    रुप देखिन्छ अनेक् !
    🌑पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [२५]
    मिसावट
    भन्नै गाह्रो
    वर्तमानको यथार्थ चित्रण !
    🌑मंगल चन्द
    कैलाली

    [२६]
    नेता
    असैद्धान्तिक सङ्घ
    राजनीतिमा छेपारे रङ !
    🌑श्रीकृष्ण शर्मा
    पोखरा

    [२७]
    उदाहरण
    देशको राजनीति
    नेता विभिन्न दलका !
    🌑दाहाल कल्पना
      रातोपुल काठमाडौं

    [२८]
    प्राणी
    सबैलाई मिलाई
    समूह एक वनाइएकाे !
    🌑उर्मिला के.शी
    धनकुटा

    [२९]
    अनुहार
    छद्म रूप
    स्वार्थ र मपाईँत्व !
    🌑प्रेम थापा “मन “
    बागलुङ

    [३०]
    मानिस
    अनौँठो प्रवृति
    देखियो मन बिचित्र !
    🌑चक्र बहादु आलेमगर “लाफा”
    बर्दगोरिया-१ कैलाली

    [३१]
    षड्यन्त्र
    वर्ग समन्वय
    आँखामा छारो हाल्न !
    🌑 वैद्यनाथ श्रमजीवी, वीरगन्ज

    [३२]
    टाउको
    हेर्दा अनौँठौ
    स्वार्थगत गठबन्धन जस्तो !
    🌑कृष्ण जोशी
    हाल,  मेरिल्याण्ड, अमेरिका

    [३३[
    असम्भव
    हुनै नसक्ने
    जनावर फेरिएर यस्तो !
    🌑भगवती दवाडी

    [३४]
    धारण
    छद्म भेषकाे
    लालसा हरियो घाँसकाे !
    🌑केशवप्रसाद ढकाल `प्रीतबीज´

    [३५]
    मानसिकता
    वितृष्णाकाे भारी
    मनाेभावमा परिकल्पनाकाे ईर्ष्या!
    🌑 राेशन पराजुली
    धरान।

    [३६]
    मानव
    रूप थरिथरी
    विकृति भएकाे समाज !
    🌑सुरेशचन्द्र घिमिरे

    [३७]
    अवतार
    चिन्नै नसकिने
    छेपारालेझैँ रङ्ग बदल्ने !
    🌑श्रद्धा आचार्य
    पोखरा

    [३८]
    मैदान
    खेल्ने जनावर
    खेलाडीमा छैन नैतिकता !
    🌑धनमाया चौधरी
    कैलाली।

    [३९]
    स्वेच्छा
    निर्माणको कसीमा
    बद्लिन्छ प्रारुप कतिमा !
    🌑पुष्पाशायरा
    विराटनगर

    [४०]
    चित्रण
    अदभूत मिश्रण
    भोजन नत संरक्षण !
    🌑तोया घिमिरे
    शङ्खमुल, काठमाडौं ।

    [४१]
    पराकाष्ठा
    अप्राकृतिक संयाेजन
    कृतिम एवम् शङ्कास्पद !
    🌑 रामप्रसाद पुरी
    बादेल,खाेटाङ ।

    [४२]
    विसङ्गति
    भ्रष्ट मति
    समाजलाई घातक अति !
    🌑अगस्टीन राई
    पूर्व सिक्किम, भारत

    [४३]
    मिश्रण
    अनौँठो वर्तमान
    राजनीति गनायो झन् !
    🌑तेजप्रसाद खनाल
           लमही दाङ।

    [४४]
    गँसोट
    आधा स्याल
    आधा बराह अवतार !
    🌑 होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [४५]
    आश्चर्य
    जीवन उदाहरणीय
    सुँगुर, बाख्रो, कुकुर !
    🌑दुर्गा भमरकोटे ।

    [४६]
    मुकुन्डो
    कृत्रिम चेहरा 
    लाज, डरको फोहरा !
    🌑गोपे दाजु
    पाँचथर ।

    [४७]
    जनावर
    हेर्दा एक्लो
    देखिन्छ अनेकौँ स्वरूप !
    🌑प्रदिप नेपाली ।
    बिहादी ५ उराम,पर्बत।।

    [४८]
    अनौँठो
    जीवहरूको मिश्रण
    दुरुस्तै देशको राजनीति !
    🌑धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [४९]
    गठबन्धन
    फरक धारकाे
    बेमेल नसुहाउँदाे मिलाप !
    🌑सुधा बाँस्कोटा ढकाल

    [५०]
    संयाेजन
    कस्ताे नसुहाउँदाे
    जनावर विरुद्ध प्रहार !
    🌑 शाेभा आचार्य गाैतम
    काठमाडौ

    [५१]
    गठबन्धन
    बैचारिक पृथकता
    क्षणिक्  पाशविक अनुबन्धन !
    🌑कमला  देवकोटा
    पाल्पा

    [५२]
    राजनीति
    संसदीय खेल
    व्यवस्था भएझैँ फेल !
    🌑निम बहादुर थापा

    [५३]
    यथार्थ
    परिभाषित स्वैरकल्पना
    मान्छे जनावरको सम्भावना !
    🌑मनोज थापा

    [५४]
    लालच
    गठबन्धनको ढोङ
    बलिको बोका जनता !
    🌑शारदा गौतम आचार्य
      ललितपुर !

    [५५]
    मिश्रण
    अनेक रङ्ग
    गठबन्धन जनता दङ्ग !
    🌑बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [५६]
    झुक्याए
    आवरण एकथरी
    अवयव अनेक थरी !
    🌑प्रद्युम्न चालिसे

    [५७]
    जनावर
    बहु रङ्ग
    प्राणी कस्तो अचम्म !
    🌑कण्ठराज गिरी

    ५८]
    गठबन्धन
    छुट्टाउन गार्हो
    जनताको आँखामा छारो !
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [५९]
    शरीर
    एकाथरी मन
    अनेक् थरीका सम्मान !
    🌑जमुना आचार्य
    सिन्धुपाल्चोक

    [६०]
    राजनीति
    समिश्रण खेति
    तस्बिर देख्दा वाकवाकी !
    🌑 जमुना कायस्थ, पोखरा

    [६१]
    जाेडे
    बेमेल अङ्ग
    गिदी जाेड्न धाैधाै !
    🌑टिकाराम जोशी

    Leave a Reply