
१. जीवन
फगत् उपहार
सङ्घर्षमै लाग्छ पार !
२. जन्म
एक सौभाग्य
मुठीभर श्वासको भरोसा !
३. संसार
अनौँठो जादुमय
बाँचुञ्जेल सधैँ भय !
४. समानता
ईश्वरीय रुप
मेटिऊन् विभेदका रङ्ग !
५. सद्भाव
मानवीय गुण
सम्बन्ध बन्छ पुर्ण !
६. पीडा
अवश्य जगतमा
हरेकको हुन्छ जीवनमा !
७. शिक्षा
चेतनाको पर्याय
नहोस् न्यायको विपर्याय !
७ . निरक्षर
देखिन्छन् ज्ञानी
शिक्षित किन अज्ञानी ?
८. गुजारा
गरिबको पेट
बाध्यता खाडीमा भेट !
९. रहर
सजाएर तनमा
शान्तिको अभाव मनमा !
१०. भ्रष्टाचार
देशको दुर्गति
बढ्दैछ कति कति !
तेजप्रसाद खनाल
लमही दाङ।

