
पञ्चाङ्ग चित्रपट
========
दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०८
(कृष्णाष्टमी विशेष पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ)
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०५/०९
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
तोयानाथ सुवेदी
चित्र संकलन
—————-
सोमनाथ लुइटेल

शुद्धीकरण
————–
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
सुशीला पौडेल & दुर्गा आचार्य
समायोजन
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको आठौं अभ्यासमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
२०७९ सालको हरितालिका तिजको उपलक्ष्यमा सम्पूर्ण स्रष्टाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ साथै यश अवसरमा तिज विशेष पञ्चाङ्गहारू लेखी शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१
[१]
ढकने र खिर खाऊ नाच्दै रमाउनु चेली ।
दिदी बैनी एक अर्को हात समाउनु चेली ।
घुम्दै फिर्दै बर्ष दिनमा आउने तिज पर्व ,
सधैँ भरी स्वस्थ हुन शक्ति जमाऊ चेली ।
मीठा मीठा गीत गाऊ नाम कमाऊ चेली ॥
[२]
शिव पार्वतीको पूजा आराधना गर चेली
सौभाग्य र सम्बृद्धिको लागि लागि पर चेली
हिन्दु नारी नेपालीको चाड तिज हाम्रो राम्रो
सन्ततिको भविष्यको लागि अघि सर चेली
संस्कृति र परम्परा थाम्ने तिम्रै भर चेली ॥
❤️गुणनिधी घिमिरे,दमक झापा नेपाल
चित्रपट पञ्चाङ्ग ०२
तिज रमाइलो गरेर यति छिटै आयो भन्छन् ।
सबैको मन मनमा त खुशीयाली छायो भन्छन् ।
जताततै नाचेर रमाएका छन् दिदिबहिनी ,
सौभाग्यले साथ पाई मन रमाउन पायो भन्छन् ।
हृदय भित्र बुबा आमाको चिन्ताले खायो भन्छन्।
❤️अम्विका अधिकारी,झापा विर्तामोड ।
चित्रपट पञ्चाङ्ग ०३
तिजको दर माइतीको घरमा बसेर खाम बरिलै
पञ्चमी व्रत गर्नलाई कम्मर कसेर जाम बरिलै
वर्षै र दिनको तिज दिदीबहिनीको भटे कति राम्रो
पवित्र मन गरी चोखो लुगाफाटो हामी लाम बरिलै
आशिर्वाद हामी व्रतालु सबैले बेलैमा पाम बरिलै ।
❤️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
चित्रपट पञ्चाङ्ग ०४
[१]
मै छोरी नाचूँ छमछमी दिदी ।
कम्मर भाचूँ छमछमी दिदी ।
माइती घरको आँगनीमा हो,
जोवन साचूँ छमछमी दिदी ।
केलाई बाचुूँ छमछमी दिदी ।
[२]
सबै मिली रमाउँदै मनाऔँ पर्व ।
धड्कलाई थमाउँदै मनाऔँ पर्व ।
यो हाम्रो संस्कृति हाम्रो पहिचान हो ,
शिव भक्ति कमाउँदै मनाऔँ पर्व।
दाजुभाइ समाउँदै मनाऔँ पर्व।
❤️सुमित्रा पोखरेल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०५
[१]
तिजआयो चेली माइती घर जाने खुशीले,
दिदीबहिनी मिलेर मिीठो दर खाने खुशीले,
नाच्ने गाउने रमाउँने हो सबैले व्रत बसेर,
सौभाग्यको कामना हो निडर माने खुशीले,
रातै सारी रातै चुरा लोक भर धाने खुशीले !
[२]
कृष्ण जन्मे गोकुल रन्क्यो बज्यो बाँसुरी ,
गाई चर्ने वृन्द्रावन घन्क्यो बज्यो बाँसुरी,
उद्धार भो धरतीको साधु सन्त पालीदे प्रभुले,
चाल पायो कंसले फन्क्यो बज्यो बाँसुरी ,
क्रोधी पापी नासियो थन्क्यो बज्यो बाँसुरी!
[३]
पवित्र यो कुशेऔंसीमा कुश फेर्नु अरे,
पित्री दर्शन गर्ने दिनमा मुख हेर्नु अरे,
माता पिताको हेला गरे नरकमा पर्छ,
भगवान नै सम्झी सधैँ भक्ति केर्नु अरे,
पित्री वचन शिरमा राखी सधैँ टेर्नु अरे ।
❤️बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०६
माइती गइ पकाऊ दर जुटेर ।
आमासँगै बसी खाऊ तर जुटेर
संस्कृति परम्परा अति राम्रो पर्व,
ताेडौँ आज विकृतिकाे घर जुटेर ।
आफ्नो माटो सुहाउँदो गर जुटेर ।
❤️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ०७
नाँच्नु र गाउनु रहर न हो ।
रमाउने गाउँ सहर न हो ।
नृत्यको नाममा मजाक गर्ने,
रहर भित्रको कहर न हो ।
समाजकै मन्द जहर न हो ।
❤️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०८
हे कृष्ण हाै हाम्रा प्यारा तिमी
हृदयमा बास सारा तिमी
हरेक प्राणीकाे हृदय छाै
अन्त्यकाे याैटै सहारा तिमी
गीताका सार हाै नारा तिमी
❤️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०९
[१]
तिज हुँदै आयो चाड खर्च भार हुन्छ
हुने हुलमा नहुने बेग्लै सार हुन्छ
नहुनेलाई कसले कसरी ? भन्छ र!
हुनेका शिव दर्शन साथै कार हुन्छ
कसैलाई त त्यही मौरीको घार हुन्छ ।।
[२]
संस्कृति चाडको नाममा विकृति नल्याइ मान है
हैसियत आफ्नो कर्तव्यबोध के होआफैँ जान है
भोलि लौ कठै! कसैले भन्दैन देखाइ केही हुन्न
दिन व्रतका लागि महिनौँ देखि पर्दैन खान है
शहरी परिवेशमा किन पालो पालोको सान है ।।
❤️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १०
[१]
सबैसँग रमाउनु रहर दाजु
सुनसान भएको छ सहर दाजु
गरिबीको मजाक गर्नेहरूलाई
पराईसँग रम्ने हाम्रो कहर दाजु
वचनका तीरहरु जहर दाजु।।
[२]
माइती घर रमाउनु चेली
आमाकाे हात समाउनु चेली
नजिकै नजिकै आयाे नि तिज
मिलिजुली नै जमाउनु चेली
पराइ घर कमाउनु चेली।।
❤️सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग ११
[१]
बर्ष दिनको तिजमा सबै हामी नाचेर।
भाँच्नु पर्छ हामीले कम्मर दामी नाचेर।
सबैलाई बराबरी तिज आएको त हो,
देखाउने सबै हामी राम्रो नामी नाचेर।
नदेखाउ है दिदी बहिनी धामी नाचेर।
[२]
यसपाली त हामी आमा छोरी बसेर तिजमा।
खानुपर्छ दर अब कम्मर कसेर तिजमा।
बर्ष दिन तिज पर्वमा चेली माइती को भेट,
दर खाई व्रत बसौँ है शिव जपेर तिजमा।
पूजा अर्चना गरौं पार्वती झैँ तपेर तिजमा।
❤️बेदु न्यौपाने काठमाडौ 😘 ✍️
चित्रपट पञ्चाङ्ग १२
तिज आएको कि रत्यौली, छुट्याउनै गार्हो भो ।
पर्व मान्ने भन्दा पनि, विकृति अति सारो भो ।
महिनौँको दर थियोे, अब यो कुकुर नाच,
यो त ठाडै धावा भयो, संस्कृति मास्ने पारो भो ।
हाम्रो कला संस्कृति, पश्चिमाको किन तारो भो ।
❤️वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।
चित्रपट पञ्चाङ्ग १३
वर्ष दिनको रमाइलो तिजमा रमाउँ सँगी हाे
स्वरमा स्वर मिलाइ आउ हात समाउँ सँगी हाे
परम्परा देखिनै चलि आएको हाम्राे परम्परा
लगाउँ राताे सारी,चुरामा साथ जमाउँ सँगी हाे ।
संस्कृति जाेगाउँन सवैले नाम कमाउँ सँगी हाे
❤️उर्मिला के.शी., धनकुटा ।
चित्रपट पञ्चाङ्ग १४
रातो साडीमा छमछम नाँचीदेऊ मायालु
कम्मरै लरक्क लरक्क भाँचिदेऊ मायालु
समाजको लागि उदाहरण बन्नु छ हामी
तिम्रो मनमा चोखो माया साँचिदेऊ मायालु
दुनियाँको सामु हाँसेर बाँचिदेउऊ मायालु
❤️बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
चित्रपट पञ्चाङ्ग १५
तिज मनाउँ छमछमी नाचेर सबैले।
बारुले ती कम्मरलाई भाँचेर सबैले।
दिदी बहिनीहरूले विकृति नै फैलाए,
धर्म संस्कार र संकृती साँचेर सबैले।
रहँनु पर्छ संस्कारमा बाँचेर सबैले।
❤️मल्ल लक्ष्मी श्रेष्ट,मेची किनार बिर्तामोड झापा ।
चित्रपट पञ्चाङ्ग १६
एउटाले अर्कोलाई व्यर्थै छुन नपरोस्
सानो कुराले पूर्व पश्चिम हुन नपरोस्
मौलिक परम्परा नबिर्सी पर्व मनाऔँ ,
तिजको समय कसैलाई रून नपरोस्।
नुनिलो आँसुले गहहरू धुन नपरोस् ।
❤️ अरुण कु.भुजेल,
गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १७
अब हिन्दुहरुको महान चाड तिज पनि आयो रे भन्छन् ।
हुने खानेलाई चाड नहुनेलाई चाडले खायो रे भन्छन्
प्राय आउँने हरेक चाड बाड संस्कृतिका पहिचान हुन,
तर नेपाली हरेक चाडले पश्चिमी शैली पायो रे भन्छन्।
आजभोलि त विभिन्न रसका गीत संगीत गायो रे भन्छन्
❤️दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग १८
व्रत बसी नाचेकी छ्यौ मुखमा खै फिँज छैन
सबैको तिज आयो कसैकोमा क्यै चिज छैन
हुने खानेले त मनाँए डकारेर गनाँए
बोटै राखेनन् यसको अब कतै बिज छैन
मर्म चाडको बुझेनन् हेर अब तिज छैन!
❤️पशपती राई, खोटाङ ।
चित्रपट पञ्चाङ्ग १९
दिदीलाई लिन मलाई भोलि जाउँ भन्नू भएको छ।
दिदीले पनि भाई अब छिट्टै आउँ भन्नू भएको छ।
वर्ष दिन भो भेट नभएको मेरी प्यारी दिदी संग,
आमाले दिदीभाइसँगै दर खाउँ भन्नू भएको छ।
नयाँ लुगा ल्याउछु तिमीहरू लाउँ भन्नु भएको छ।
❤️अनुप आचार्य, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २०
यसपालिको तिजमा माइती गएर दर खाउँला नि
दिदीबहिनीहरु सबैजना मिलेर गीत गाउँला नि
दुई दिनको जीन्दगानी हो हाम्रो रमाइलो गर्नुपर्छ
खुसी बाँडेर एक अर्कोको माया र ममता पाउँला नि
नाचगान गरेर रहर पुर्याएर घर जाउँला नि
❤️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २१
तिजमा चाडपर्व छोटो नबनोस् है चेलीबेटीको ।
परम्परा तिज मोटो नबनोस् है चेलीबेटीको ।
उत्साह उमङ्ग हो साना बच्चाहरूको लागि यो तिज ,
सत्य मायाको तिज खोटो नबनोस् है चेलीबेटीको
यसपाली तिजमा फोटो नबोनोस् है चेलीबेटीको ।
❤️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २२
रातो सारी टिका लगाउ प्रिया।
तीजको छनक जगाउ प्रिया।
शुभकामना छ तीजको सबैमा,
अस्वस्थ शरीर भगाउ प्रिय।
सति सावित्री भै ठगाउ प्रिय।
❤️ह्यारिस ह्यारिसन, काठमाडौं ।

