
पञ्चाङ्ग चित्रपट
========
दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०४
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०४/१५
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
सुशीला पौडेल
चित्र संकलन
—————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”

शुद्धीकरण
————–
सोमनाथ लुइटेल
भवानी घिमिरे
समायोजन
————-
दुर्गा आचार्य & भवानी घिमिरे
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको तेस्रो अभ्यासमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
आज साउन पन्ध्र अर्थात खिर खाने दिन भएकोले हाम्रो परम्परा अनुसार १/१ पञ्चाङ्ग लेख्न अनुरोध गर्दछु ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौं ।
पञ्चाङ्ग साहित्य समाज नेपाल
परिवार ।
चित्रपट पञ्चाङ्ग ०१
स्वाद मिठो खाँदै खिरको लिनु
शीतलता नदि तिरको लिनु
साउनको महिमा संस्कृतिमा
खिरको नमिठो पिरको लिनु
आशिष् तिहारमा शिरको लिनु ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग ०२
सबैले श्रावणकाे पन्ध्रमा नै मीठाे खिर खाने हाे
त्यसमा हाल्ने मरमसला बजारबाट लाने हाे
हुन त दुधकाे खिर खान कहिले तीताे हुन्छ र
मीठाे खीर खान महाकालीकाे साहूखर्क जाने हाे
सहीकुराे यही नै छ मेराे कुरा सबैले माने हाे
💢नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर
चित्रपट पन्चाङ्ग ०३
आफ्नै जमिनको चामलमा खिर बनाउन पाए
आफ्नै गाई पालेर दुधमा खिर बनाउन पाए
खीरको मिठासको आनन्द पनि बेग्लै हुन्थ्यो होला
विदेशिएको छोरोसितै बसेर खिर खान पाए
साउन पन्ध्रमा खिरको उत्सव मनाउन पाए ।
💢देबकि के.सी. बिरगंज ।
चित्रपट पञ्चाङ्ग ०४
खिर जस्तै मिठो बोली बोल मायालु
मन भित्र कुरो के छ खोल मायालु
हाने मर्छ बोले टर्छ जिन्दगानीमा
आऊ मायासँग माया घोल मायालु
शु भ – का म ना छ गाउँ टोल मायालु ।
💢गुणनिधि घिमिरे खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ हाल काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०५
साउन पन्ध्र सबैले नै भ्याएर मनाउ
दुःख सुख हामीले खिर खाएर मनाउ
हातमा हात समाइ साथमा साथ गर्दै
माया र प्रेम आपसमा लाएर मनाउ
सबैको मन र मुटुमा छाएर मनाउ।
💢सुशीला ढकाल अधिकारी ‘श्री’
काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०६
आमाको नजिकमा बसेर खिर पकाएर खाइन्छ,
दुध र भात भनेर भाइलाई छकाएर खाइन्छ।
सबैभन्दा मीठो परिकारमा दुधबाट बन्ने खिर,
बैनीले धेरै सक्तिन खिर खान फकाएर खाइन्छ,
यति मीठो छ खिर भाँडोको सबै सकाएर खाइन्छ।
💢होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०७
आज आमाले पकाएको खिर खाएर जाने।
धेरैटाढा छु तर लामो बाटो धाएर जाने।
श्रावण पन्ध्र हो परम्परा देखि खिर खाने,
सबै परिवारको साथ,माया पाएर जाने।
धान रोपेर बेलुका हिलो लाएर जाने।
💢दुर्गा आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग ०८
साउन पन्ध्र मिठो खिर पकाएर खुवाउने भयो
असार पन्ध्रलाई दहि चिउराले सुहाउने भयो
युवाहरू आधुनिक नृत्य पार्टीमा बेफुर्सद हुन्छन्
विकृति बढे नेपालीको मनलाई रुवाउने भयो
अनादरताले संस्कृतिलाई नै कुहाउने भयो।
✍️💢 अच्युत घिमिरे-भुटान बाट 🇧🇹
चित्रपट पञ्चाङ्ग ०९
झर्को नमानी सबैले माने चलन हाम्रै हो
शिवलाई जल बोकी लाने चलन हाम्रै हो
सनातनी धर्म हाम्रो संस्कार-संस्कृति राम्रो
साउन पन्ध्रमा खिर खाने चलन हाम्रै हो
तीजमा चैँ दरखान जाने चलन हाम्रै हो।।
💢अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
चित्रपट पञ्चाङ्ग १०
०१
अरूकाे गाेठमा बसेर दुध दुहेर जाने भाे ।
झरीकाे रातमा खरकाे छानु चुहेर जाने भाे ।
डालोमा छैन चामलको गेडाे खल्तीमा नपैसा ,
कसरी मनाउँ खिरकाे चाड तुहेर जाने भाे ।
गरिबकाे शिर साहुकाे अघि नुहेर जाने भाे ।
०२
कसैलाई आज मिठाे खिर छ यहाँ ।
कसैलाई धेरै दुःख पिर छ यहाँ ।
हुनेखाने र हुँदा खाने बीचकाे याे ,
असमानताकाे घाेच्ने तीर छ यहाँ ।
सत्ताधारीकाे त उच्च शिर छ यहाँ ।
💢भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ११
खान त हुन्थ्यो पक्कै खिर दुध भएन
साह्रै लाग्छ मनमा पिर दुध भएन
गाई भैँसी नपालेर किन हुन्थ्यो दुध
सपना थियो बन्ने धीर दुध भएन
समस्या भो साह्रै गम्भीर दुध भएन ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
चित्रपट पञ्चाङ्ग १२
✍️✍️
सहयोगार्थ मन मिले घरमा खिर खुवाइ हुन्छ
टेडामेडा सबैजनामा शरमा पिर रुवाइ हुन्छ
चित्त नबुझेमा आपसको सल्लाह पो मिठो सार्थक
जोहो गरिराख पोको आमै! पछि नीर कुवाइ हुन्छ
खेप्दै सँहदै बस्दा कालान्तरमा वीर सुवाइ हुन्छ ।।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १३
चामल र दूध पाक्दा खिर बन्नेछ ।
हतार कत्ति नगर्नू धीर बन्नेछ ।
गुलियो अनि मसला ठीकै हाल्नु है ,
धेरै पकाएमा पनि झीर बन्नेछ ।
अड्कलेर खानु नत्र पीर बन्नेछ ।
💢घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग १४
कि बाेलाउनु कि त आउनु खिर खान आज ।
बाटाे खर्च ल्याउनु यमुना तिर जान आज ।
पर्वहरु सुरु भए यहाँ सद्भावका खानी ,
हाम्रा मिठा रसिला पर्वकाे छ है सान आज ।
मादलु मुरलीले गाउनु पर्छ गान आज ।
💢मिना देवकोटा, लालबन्दी, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १५
मेरो आँखाबाट आँसु रसाएको छ आज।
विगतको सम्झनाले सताएको छ आज।
आमाले दिएको खिरको यादले मलाई,
मेरो दिलको धड्कन बढाएको छ आज।
विगतले आकर्षित गराएको छ आज।
💢सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १६
खिर खाएर बर्षाले गालेको फाल्नुछ
मिठो नमिठो रहर पालेको फाल्नुछ
खिरले असार र साउनको पानी सोस्छ
दु:ख पीडालाई नै टालेको फाल्नुछ
बिसंगति जरैबाट थालेको फाल्नुछ ।
💢संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग १७
दाजुभाइले पकाएको खिर खाने हाे
माइती घरमा म आज साँझ जाने हो
घुम्दै फिर्दै आयाे फेरि चाडपर्व यहाँ
छाेरा, छाेरीहरुले आज जान माने हाे
भुईमा लत्रिन्छ नि सारी माथि लाने हाे ।
💢सहयात्री शोभा अर्याल, रुपन्देही १४ बुटवल ।
चित्रपट पञ्चाङ्ग १८
श्रावण बनेर आँखा, वर्षिनु हुन्न कहिल्यै।
पीडा बनेर जीवन, खर्चिनु हुन्न कहिल्यै।
नियति यस्तो ठान्ने ,कायर नबनोस कोही,
सुखद भविष्य खोज्न तर्किनु हुन्न कहिल्यै।
आफैसँग निराश भई तर्सिनु हुन्न कहिल्यै ।
💢गोपाल कुमार मैनाली
नमस्कार ।
चित्रपट पञ्चाङ्ग १९
*******
साथी हाे आज घरैमा जान्छु म त
काजु ,पेस्ता , नरिबल लान्छु म त
साउन पन्ध्र ~~ खीर खाने पर्व हाे
परिवारसँगै बसी ~~ खान्छु म त
सानो परिवार सुखी ठान्छु म त ।
✍️💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
चित्रपट पञ्चाङ्ग २०
साउन पन्ध्र खिर खाने दिन हो।
सबै जना जम्मा हुन् जाने दिने हो
संस्कार, संस्कृति बचाउनु पर्छ,
कोसेली आफ्नोकोमा लाने दिन हो।
भेट्नको लागि हानेफाने दिन हो।
💢ह्यारिस ह्यारिसन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २१
साउन महिनामा खिर खानु पर्छ
साउने पर्वमा माइत जानु पर्छ
चेलिबेटी जम्मा हुँदै रम्ने दिन हो
आमाबाबुलाई उपहार लानु पर्छ
पन्ध्रको मीठो मीठो खान गानु पर्छ।
सीता कडेंल सापकोटा, चितवन ।

