साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ६० सम्पन्न

  • २ श्रावण २०७९, सोमबार १९:४४ मा प्रकाशित
  • काठमाडौ, ३२ असार । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    social media

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    साप्ताहिक तस्बिरमा उदक अभ्यास शृङ्खला – ६०

    [१]
    कष्टकर
    सामाजिक जीवन
    दयनीय प्राकृतिक अवस्था !
    ✍️
    गुणनिधि घिमिरे
    अमेरिका

    [२]
    पुल
    नहुँदाको पिडा
    छाती भयो चिरा !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [३]
    अश्रुपात
    अदृश्य आर्तनाद
    पीडामा मुस्कुराउने जीवन !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [४]
    यात्रा
    कठिन बन्यो
    नदिमा पुल नहुँदा !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [५]
    डोल्पा
    भाषणमा विकास
    कस्ले दिन्छ निकास ?
    ✍️
    रमा पन्त
    पाल्पा

    [६]
    चाहाना
    हुँदैछ पूरा
    रहन्न केही अधुरा !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा हाल मलेसिया

    [७]
    नेपाल
    पहाडी मुलुक
    विकास नारा कुरूप !
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [८]
    संरक्षकत्व
    कष्टकर पार
    एम्बुलेन्सको गति हतार !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [९]
    आवश्यकता
    अदूरदर्शिताको परिणाम
    तुइनमा झुण्डेको फर्सी !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर कैलाली हाल अष्ट्रेलिया केनबेरा।

    [१०]
    भूगोल
    यस्तै परिवेश
    सङ्कटमा परेको देश !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलालि

    [११]
    उद्धार
    पहिले आफ्नो
    अनि बल्ल अरूको !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [१२]
    एम्बुलेन्स
    हवाई उडान
    देश समृद्धिको बाटोमा !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [१३]
    पुल
    शासकको पेटमा
    मोटर आकास मार्ग !
    ✍️
    बालकृष्ण खानाल
    टीकापुर कैलालि

    [१४]
    कौवा
    विकासका नारा
    सिनो खोज्ने पारा !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१५]
    विकास
    नहुँदा विवेक
    बच्ने उपाय अनेक ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [१६]
    हद
    झल्काउने तस्बिर
    सरकारी उदासिनता उपेक्षा ।
    ✍️
    राम बहादुर चौधरी
    कैलाली।

    [१७]
    उत्साह
    कष्टकर जनजीवन
    धरापमा सुविधाको प्रयास !
    ✍️
    बिबस पारदर्शी

    [१८]
    नेपाल
    समृद्धिकाे नारा
    हेर बिजाेग सारा !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [१९]
    यातायात
    सुविधाको अभाव
    सामान ढुवानीमा कठिनाइ !
    ✍️
    सुशीला पौडेल

    [२०]
    दुर्दशा
    वास्तविकता झल्काउने
    नेताहरू तालु टल्काउने !
    ✍️
    इश्वरी आधिकारी
    लमजुङ

    [२१]
    एम्बुलेन्स
    बिरामीको सहयात्री
    आफैँ तुईनकाे भरमा !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [२२]
    बिनाकाम
    मन्त्री निष्काम
    कहिले जाला घाम !
    ✍️
    नारायणप्रसाद निरौला

    [२३]
    विकास
    एक्काइसौँ शताब्दी
    एम्बुलेन्स अझै तुइनमा !
    ✍️
    गोपाल पौडेल

    [२४]
    सकस
    जीवन भरसक
    ठाउँ ठाउँमा फरक !
    ✍️
    अबोध निर्मल
    कैलाली

    [२५]
    अप्ठ्यारो
    पहाडी बाटो
    गाडी कुद्न समस्या !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [२६]
    विकराल
    जनताको बेहाल
    नेतालाई बजेट मालामाल !
    ✍️
    कल्पना पहाडी
    सिन्धुली

    [२७]
    एम्बुलेन्स
    बिरामी बोक्ने
    आफैँ झुन्डियो आज !
    ✍️
    चक्र

    [२८]
    डोल्पा
    भौगोलिक विकटता
    राज्यको चरम उपेक्षा !
    ✍️
    देबकी के.सी.
    दक्षिणकाली,काठमाडौं

    [२९]
    विकास
    नेताको आँगनमा
    जनताको तड्पाइ खोलानालामा !
    ✍️
    नारायण कोइराला
    तानसेन पाल्पा

    [३०]
    आश्चर्य
    अनौँठो दृश्य
    लाग्दैछ किन अप्रिय !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३१]
    जीवन
    कष्टकर जीउन
    अनेक तरहका उपाय !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [३२]
    बुझाई
    पीडामा बाँचेका
    डोल्पालीको मर्म दर्दनाक !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [३३]
    डोल्पालिमा
    खुशी छाउँला
    भेरी तार्दै एम्बुलेन्स ।
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [३४]
    तुइन
    विकासकाे नमुना
    तुइन विस्थापितकाे गफ !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर

    [३५]
    भूगोल
    गर्दै उकालीओराली
    अनियन्त्रित जीवन खेल !
    ✍️
    कमला देवकोटा , पाल्पा

    [३६]
    जीवन
    राखेर धारमा
    गर्नुपर्ने कष्टकर यात्रा !
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३७]
    जीवन
    उतार चढाव
    यात्रा हो यात्रा ।
    ✍️
    सागर कुस्मी,
    कैलाली

    [३८]
    साधन
    साध्य नभएको
    आफैँ साधनको साहारामा !
    ✍️
    चक्र आलेमगर (लाफा)
    केलाली बौनिया

    [३९]
    चीत्कार
    सहनै कठिन
    जिउँदो छ एम्बुलेन्स ।
    ✍️
    गोपेन्द्र रिजाल
    पाँचथर ।

    [४०]
    भेरी
    नउर्ल तिमी
    जाँदैछु दुर्गम बस्तीमा !
    ✍️
    मंगला

    [४१]
    यातायात
    भाैगाेलिक कठिनाइ
    विकटको मर्म दर्दनाक !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [४२]
    विकास
    जनताकाे आस
    नहुने भुमरीमा निकास !
    ✍️
    दुर्गा तामाङ
    संखुवासभा

    [४३]
    दूरदृष्टि
    कठिनाई सङ्घर्ष
    आवश्यकता एम्बुलेन्स सर्वत्र !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [४४]
    सङ्कट
    ठाउँ विकट
    अपेक्षा विकास निकट !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [४५]
    झुन्डिएर
    तर्ने गाडी
    विकास गर्ने गफाडी।
    ✍️
    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    [४६]
    देखियो
    यात्रा पहाडको
    राजस्वको चरम दुरुपयोग !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [४७]
    यातायात
    विकासको पुर्वाधार
    कठिनाइ समस्याका खात !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [४८]
    विडम्बना
    कथा मार्मिक
    छैन विकास सम्भावना !
    ✍️
    शारदा आचार्य
    लालितपुर !

    [४९]
    विकट
    बाटोको असुविधा
    डोल्पाको कष्टकर जीवन !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [५०]
    नेपाल
    सानो देश
    सुदुरमा खै देश ?
    ✍️
    पशपती राई
    खोटाङ

    [५१]
    एम्बुलेन्स
    हेर्दैछु चित्रमा
    कठै विकट बस्तीमा !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [५२]
    रहर
    जीवनकाे बाध्यता
    परिस्थिति दुर्गम निराशा !
    ✍️
    सबिन नेपाल
    झापा

    [५३]
    एम्बुलेन्स
    नदिको किनारा
    कठिन परिस्थितिको सामना !
    ✍️
    रिता खराल
    रुपन्देही

    [५४]
    तुइन
    पुलको अभावमा
    नदी माथिको जीवन !
    ✍️
    सरस्वती

    [५५]
    आस
    देश विकास
    निराश कोही विलास !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५६]
    विकटता
    पुलको अभाव
    नेता मन्त्री मालामाल !
    ✍️
    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [५७]
    नारा
    कागतमा सिमित
    दुर्दशा नेत्रहीन सरकारको !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [५८]
    गिज्याएर
    सम्वृद्धिको उपहास
    नाक खुम्चिएर दुर्दशा !
    ✍️
    प्रेम

    [५९]
    सपना
    धोका घात
    पापीहरूकाे भिड जमात !
    ✍️
    राेशन पराजुली
    धरान।

    [६०]
    एम्बुलेन्स
    बिरामीकाे सहारा
    हुँदैछ भेरीकाे आहारा !
    ✍️
    केशव
    गाेरखा

    [६१]
    जीवन
    आशाको दीप
    बाँच्ने रहरमा एम्बुलेन्स !
    ✍️
    सविता के.सी.
    काठमाडौँ

    One thought on “साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ६० सम्पन्न

    1. सुन्दर उदकहरू , हार्दिक बधाई साथै मेरो उदकलाई स्थान दिनु भएकोमा आभार व्यक्त गर्दछु ।

    Leave a Reply