साउदी अरबमा आफ्नो कम्पनी बाहेक अरु कुनै पनि कम्पनीमा काम गरेको पाइएमा १०,००० जरिवाना र ५ वर्ष सम्मको प्रतिबन्ध।

  • ९ श्रावण २०७९, सोमबार ००:०६ मा प्रकाशित
  • साउदी अरब सरकारले श्रमिक कानुनमा थप कडाई गर्दै कुनै पनि अर्को कम्पनी वा प्रतिष्ठानमा आफ्ना कामदारलाई काम गर्ने अनुमति दिएमा‌ वा काम गर्न पठाएको पाइएमा सो कम्पनीलाई १०,००० साउदी रियाल जरिमाना का साथै पाँच वर्षसम्म अरु कामदार थप गर्ने सुविधाबाट वञ्चित गरिनुका साथै स्थानीय सञ्चारमाध्यममा उसकै खर्चमा नाम सार्वजनिक गर्ने व्यवस्था समेत गरिएको छ ।

    जरिवानामा सो कम्पनीका प्रबन्ध निर्देशकलाई एक वर्षसम्म कैद पनि समावेश छ र उनी विदेशी भए साउदी अरबबाट देश निकाला हुनेछन्।

    सबैलाई मक्का र रियादका क्षेत्रहरूमा ९११ र बाँकी क्षेत्रहरूमा ९९९ नम्बरमा फोन गरेर त्यस्तो कुनै घटना पत्ता लगाएमा आवास, काम र सीमा सुरक्षा नियमहरूको उल्लङ्घन गर्नेहरूलाई रिपोर्ट गर्न सबैलाई आग्रह गरेको छ।

    Leave a Reply