पिएनसीसी द्वारा प्रवासी संग डाक्टर” को ७औ श्रृंखला जुलाई१७मा गर्ने।

  • ३० असार २०७९, बिहीबार ००:२७ मा प्रकाशित
  • पिएनसीसी द्वारा प्रवासी संग डाक्टर” को ७औ श्रृंखलामा पेट तथा कलेजोसम्बन्धी समस्याहरुको रोकथाममा केन्द्रित रहने ।

    प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी श्रावण १गते अथार्त जुलाई १७मा प्रवासी संग डाक्टर” को ७औ श्रृंखलामा पेट तथा कलेजोसम्बन्धी समस्याहरुको रोकथाममा केन्द्रित रही कार्यक्रम सञ्चालन हुने भएको छ।

    आगामी कार्यक्रममा बिर तथा नर्भिक अस्पतालमा आफ्नो सेवा दिँदै आउनुभएका कलेजो तथा पेट विशेषज्ञ डाक्टर पुकार थापा द्वारा कलेजो तथा पेट सम्बन्धी समस्या तथा त्यसको सामाधानबारे सल्लाह सुझाव लगायत विशेष छलफल हुने पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।

    पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा पनि यो समस्या देखिँदै आएको छ । आजभोलि कलेजो बिग्रिएर अस्पताल आइपुग्ने ५० प्रतिशतभन्दा बढीको कारण मदिराको अत्याधिक सेवन नै हुने गरेको पाइन्छ । केही वर्षअघिसम्म ५० –६० वर्षको उमेरका मदिरा सेवनकर्तामा देखिने यो समस्या अहिले कतिपयको ३५ मै र धेरैको ४० वर्षमा देखिन थालेको छ । त्यसैले मदिराका कारण कलेजो बिग्रिएर अस्पताल पुग्नेको चाप बढ्दै गएको छ ।

    पछिल्लो दशकमा नेपालीह्रूको खानपान शैलीमा परिवर्तन आएको छ । अझ युवावर्गमाझ मदिराको कुलत अत्याधिक बढिरहेको छ । यसले कलेजो रोगको समस्या निम्त्याइरहेको छ । कुनै समय भाइरल हेपाटाइटिस (बी र सी) र अन्य कारणले कलेजो बिग्रिने समस्या धेरै रहेकोमा पछिल्लो समय मदिराका कारण कलेजो क्षति बेहोरेका बढी छन् ।

    खासगरी खाडी मुलुक साउदी कतार यूएईको तापक्रम अत्यधिक बढी भएको र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको खानपानमा त्यती ध्यान नपुर्याउने भएकोले पनि यस्ता समस्याहरु बढ्दै गएको विशेषज्ञ डाक्टरहरुको ठम्याई रहेको छ।

    तसर्थ प्रवासी नेपाली समन्वय समितिले यी यावत कुराहरुलाई ध्यानमा राख्दै विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको स्वास्थ्यमा आउने समस्या न्यूनीकरण हेतु यो कार्यक्रम गर्न लागेकाले प्रवासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भइदिन पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो ।

    कार्यक्रम नेपाली समयअनुसार साँझ ७:३०हुनेछ ।

    जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom

    आईडी 28 97414063 पासवर्ड:- pncc

    Leave a Reply