
१
असार
मनसुनी झरी
पर्याे समस्या देशभरि !
२
असार
मानाे राेप्ने
मुरी फल्ने मङ्सिर !
३
असार
हिलाेमा प्यार
खुशी छन् राेपार !
४
असार
हली गोरु
पसिना झर्ने तरर !
५
असार
धानकाे खेती
हाम्राे मुख्य बाली !
६
असार
आकाशे खेती
किसान बसे पिरी !
७
असार
माैका छाेपी
किसान गर्छन् खेती !
८
असार
ग्रीष्म ऋतु
प्रचण्ड गर्मीको आस !
- प्रद्युम्न चालिसे, भक्तपुर

