नेपाली साहित्यका प्रयोगवादी विविध नव प्रविधाहरूको भेला सम्पन्न

  • २३ जेष्ठ २०७९, सोमबार २०:५४ मा प्रकाशित
  • नेपाली साहित्यका प्रयोगवादी नव प्रविधाहरूको भेला शनिबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सञ्चालित उक्त भेलामा नेपाली साहित्यमा नवप्रयाेगकाे रुपमा जन्मिएका विभिन्न प्रयाेगवादी विधा /प्रविधाहरूका प्रणेताहरूको सहभागीता रहेको थियो । भेलामा सहभागी साहित्यकारहरूले सङ्गठित भएर सहकार्य गर्दै नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्नु पर्ने भनाइ राखेका थिए । साथै भेलाले आगामी दिनमा साहित्यिक प्रविधाहरू आयात होइन निर्यात गर्नु पर्ने भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो ।

    मिश्रणवादका प्रवर्तक बरिष्ठ साहित्यकार डा.घनश्याम परिश्रमीकाे प्रमुख अतिथ्य र मिश्रणवाद तथा गजलकाे विकल्पकाे रुपमा चारु, राग, विराग का प्रवर्तक डा.देवी पन्थीकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा सञ्चालन टुक्का कविता प्रविधाका प्रवर्तक ताराप्रसाद चापागाईंले गर्नु गर्नु भएकाे थियाे । त्यसै गरी सुसेली प्रविधाका प्रवर्तक दुर्गा अधिकारी भमरकाेटेले प्राविधिक संयाेजन गर्नु भएकाे थियाे ।

    भेलामा निम्न प्रणेताहरूको उपस्थिति रहेकाे थियाे ।

    प्रमुख अतिथि -डा.घनश्याम न्यौपाने परिश्रमी( मिश्रणवाद!)
    सभाअध्यक्ष- डा. देवी पन्थी (चारु/ राग/ विराग )
    संयाेजक- ताराप्रसाद चापागाई (टुक्का कविता)
    प्राविधिक संयाेजक -दुर्गा अधिकारी भमरकाेटे (सुसेली)
    जनार्दन अधिकारी धड्कन  – (खाेरिया)
    विनाेद नेपाल -(छेस्का)
    सीता बिष्ट कार्की-( षड्ऋतु)
    छायादत्त न्याैपाने- (साइनाे )
    डा.सीता सुवेदी -(साइनाे )
    बालकुमार क्षेत्री- (साइनाे )
    गिरिराज डल्लाकाेटी – (काेपिला )
    पुस्कर अथक रेग्मी – (शीत /त्रिशूल )
    साेमनाथ लुइटेल रवि – (पञ्चाङ्ग)
    सुशीला पाैडेल – (पञ्चाङ्ग )
    शिवकुमार रेग्मी – (जुनेली)

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डा. परिश्रमीले मिश्रणवाद विकृति हाेइन सुकृतिकाे लागि हाे । हाल साहित्यमा उदाइ रहेका नव प्रविधाहरूकाे प्रयाेग बारेमा पनि मिश्रणवादमा उल्लेख भएकाे हुँदा मिश्रणवाद र नव प्रविधाहरू विचमा आपसी सम्बन्ध रहेकाे जानकारी गराउनु भएकाे थियाे।

    त्यसैगरी कार्यक्रमका सभा अध्यक्ष डा.देवी पन्थीले विदेशी प्रविधाहरूकाे विकल्पमा विभिन्न स्वदेशी प्रविधाहरू जन्मिएर हुर्कदै गरेकाे अवस्थामा नेपाली प्रविधाहरू आपसमा सहकार्य गर्दै सक्षम सवल र सङ्गठित  भएर अगाडि बढ्नु पर्ने भन्दै बहर बिनाकाे गजल हुन नसक्ने र बिना बहरमा लेखिएका सिर्जनाहरूलाई चारु, राग, विराग का रुपमा प्रयाेग गर्दै यसकाे विस्तार हुँदै नेपाल तथा भारतमा समेत लाेकप्रिय भई सकेकाे जानकारी गराउनुकाे साथै नेपाली भाषा साहित्यमा जन्मिएका विभिन्न प्रविधाहरू आपसी सहयाेग गर्दै आफ्नाे बाटाे खनेर अगाडि बढ्दै बिस्तारै विश्व साहित्यमा सामाज्य स्थापना गर्न सकिने कुरामा जाेड दिनु भएकाे थियाे ।

    कार्यक्रम संयाेजक समेत रहेका टुक्का कविता प्रविधाका प्रवर्तक ताराप्रसाद चापागाईले नेपाली साहित्यमा जन्मिएका सबै प्रविधाहरुकाे सहकार्यले अापसमा सबल बन्दै उच्चस्तरकाे नेपाली साहित्य सिर्जना गरि साहित्यिक प्रविधाहरू आयात हैन निर्यात गर्ने याेजनाका साथ सहकार्य गर्दै अगाडि बढ्न आव्हान गर्दै नेपाली साहित्यमा जन्मिएकाे नव प्रविधा टुक्का कविता काे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

    सुसेली प्रविधाका प्रवर्तक दुर्गा अधिकारी भरकाेटेले परम्पारगत रुपमा संस्कृतमा रहेकाे त्रिपदीलाई आधार मानेर प्रयाेगवादी नव काव्यिक विधा सुसेली नेपाली साहित्यमा जन्म भएकाे जानकारी गराउँदै आपसी सहकार्यले नव प्रविधाहरूलाई विश्वव्यापी रुपमा फैलाउन सहज हुने कुरामा जाेड दिनु भएकाे थियाे ।

    खाेरिया प्रविधाका प्रवर्तक जनार्दन अधिकारी धड्कलनले खाेरिया प्रविधाकाे बारेमा जानकारी गराउँदै । यसलाई ५० काे दशकमा नै प्रयाेग गर्ने प्रयास गरिएकाे तर पछि मात्र यसकाे खाेज अनुसन्धान गर्दै सिद्धान्तहरू तयार गरेर प्रयाेगमा ल्याएकाे जानकारी गराउनु भयाे ।

    छेस्का प्रविधाका प्रवर्तक विनाेद नेपालले छेस्का प्रविधाकाे बारेमा जानकारी गराउँदै  च्वास्स घाेचे झैँ चाेटिलाे ३ हरफकाे साहित्यिक सिर्जना भएकाेले यसकाे नाम छेस्का भनेर राखिएकाे र यसकाे सैद्धान्तिक अवधारणा सहितकाे पुस्तक तयार भएर आई सकेकाे समेत जानकारी गराउनु भयाे ।

    साइनाे प्रविधाका प्रवर्तक छायाँदत्त न्याैपानेले साइनाे प्रविधाकाे बारेमा जानकारी गराउँदै नेपाली साहित्यमा जन्मिएकाे नव प्रविधा भएता पनि याे अङ्ग्रेजी, हिन्दी, मलेसियन, संस्कृत लगायत धेरै भाषाहरूमा फैलिई सकेकाे जानकारी गराउनु भयाे । साइनाे वाङ्मय प्रतिष्ठानकी अध्यक्ष डा.सीता सुवेदीले तथा महासचिव बालकुमार क्षेत्रीले साइनाे प्रविधाकाे जानकारी गराउदै साइनाेलाई विश्वव्यापिकरण गर्ने कार्य भई रहेकाे जानकारी गराउनु भएकाे थियाे ।

    षड्ऋतु प्रविधा की प्रवर्तक सीता बिष्ट कार्कीले नव प्रविधा षड्ऋतुकाे बारेमा जानकारी गराउदै यसरी सङ्गठित भएर अगाडि बढ्ने कुराले अझ धेरै हाैसला बढेकाे कुरा जानकारी गराउनु भयाे ।

    काेपिला प्रविधाका प्रवर्तक गिरिराज डल्लाकाेटीले नेपाली साहित्यमा जन्मिएकाे काेपिला प्रविधाकाे जानकारी गराउनुकाे साथै यसमा प्रयाेग हुने पात, मुना, काेपिता, डाली, बाेट र बगैचाकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

    शीत तथा त्रिशुल प्रविधाका प्रवर्तक पुष्कर अथक रेग्मीले शीत प्रविधाकाे जानकारी दिँदै शीत साधकदेखि शीत इश्वरसम्मकाे जानकारी गराउँदै नेपाली साहित्यमा जन्मिएकाे नव प्रविधा शीत छाेटाे समयमा अरब हुँदै यूराेपसम्म पुगेकाे जानकारी गराउनु भएकाे थियाे ।

    पञ्चाङ्ग प्रविधाका प्रवर्तकद्वय साेमनाथ लुइँटेल रवि तथा सुशीला पाैडेलले वेद तथा गीतामा प्रयाेग भएका श्लाेकहरू झैँ ५ पाउका कविताहरूलाई आधार मानेर प्रयाेग गर्दै पञ्चाङ्ग लेखन सुरुवात भएकाे भन्दै पञ्चाङ्गमा प्रयाेग हुने पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग लगायत विविध कुराहरूकाे जानकारी गराउनुकाे भएकाे थियाे ।

    जुनेली प्रविधाका प्रवर्तक शिव कुमार रेग्मीले जुनेलीकाे जानकारी गराउँदै जुनेली प्रविधा ३/२/३/२ अक्षर गरेर चार हरफमा लेखिने अर्थात्मक र अभिप्रासलाई दोस्रो र अन्तिम पङ्तीमा विशेष जोड दिएर लेखिने नेपाली साहित्यमा जन्मिएकाे नव काव्यिक प्रविधा भएकाे जानकारी गराउनु भएकाे थियाे ।

    भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रम बेलुका ७:३० बजेदेखी करिब ३ घण्टासम्म सञ्चालन भएकाे थियाे । 

    Leave a Reply