टुक्का अभियन्ता केशवप्रसाद ढकाल ‘प्रीतबीज’का दोहाेरी टुक्का कविताहरू

  • २० जेष्ठ २०७९, शुक्रबार ०५:५६ मा प्रकाशित
  • केटी:
    मेरो दिल तिमीले जलाई,
    गयाै टाढा छाेडेर मलाई।
    केटा:
    धनविना घर नै चलेन,
    भनेकै थ्याै चुलो नि बलेन ।
    केटी:
    खाेले सिस्नु खाएको नि राम्रो ,
    सँगै बस्ने जिन्दगी हाे हाम्रो ।
    केटा:
    आउनेछु म घर फर्केर,
    बस बस मायालु पर्खेर ।
    केटी:
    चिन्ता छ नि मायालु नहुँदा ,
    कस्ले भन्छ नराेऊ म रुँदा ।
    केटा:
    तिमी मुख नपार अँधेराे,
    टाढैबाट सम्झना छ मेरो ।
    केटी:
    बैँसवेला जाने भाे लाै खेर,
    फेरि पछि घुम्दैन उमेर ।
    केटा:
    फिर्छु अब तिमी म जमाैँला ,
    धैर्य गर मायालु रमाैँला ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    One thought on “टुक्का अभियन्ता केशवप्रसाद ढकाल ‘प्रीतबीज’का दोहाेरी टुक्का कविताहरू

    1. हार्दिक आभार याे साथकाे लागि

    Leave a Reply