
१.
असार
सुगन्धकाे पर्व
राेपेर गर्विलाे जीवन !
२.
पन्ध्र
मिठाे सुवास
हिलाेमा धानकाे पाँजाे !
३.
सुगन्ध
हिलाे माटाेमा
राेप्न धानकाे प्रबन्ध !
४
राेपार
हिलाे खेतमा
धानकाे पाँजाेमा जीवन !
५.
हली
असारे पुरुष
जाेतेर माटाेमा सम्मान !
६.
वर्षा
खुसीकाे आषाढ
सुगन्धले माटाे हर्षित !
७
बादल
सृष्टिकाे आँचल
गर्जेर झरिलाे जीवन !
८.
किसान
माटाेकाे मुहान
राेपेर कर्म महान !
९.
प्रकृति
राेपेर कर्म
बचाइ जीवन धर्म !
१०.
प्रकृति
मूल धर्म
उज्यालाे युगकाे प्रस्तावक !
- राेशन पराजुली, धरान

