उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • २५ जेष्ठ २०७९, बुधबार २१:२८ मा प्रकाशित
  • १
    तिमी
    संसार मेरो
    दु:ख सुखको साहारा !

    २
    अभाव
    सङ्घर्ष जीवनको
    कहिले पूरा नहुने !

    ३
    रूपको
    नगर घमण्ड
    मन सफा हुनुपर्छ !

    ४
    विश्वास
    अनगिन्ती सपना
    सफल जिन्दगीको यात्रा !

    ५
    कहानी
    तिम्रो मेरो
    अधुरो प्रेम जीवनको !

    ६
    स्वास्थ
    जीवन आधार
    सबैभन्दा ठुलो सम्पत्ति !

    • दुर्गा आचार्य, मोरङ

    Leave a Reply