उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू

  • २३ जेष्ठ २०७९, सोमबार २१:०४ मा प्रकाशित
  • १.
    वर्षा
    वर्षे झरी
    जताततै बाढी उर्लिएको !

    २.
    वर्षा
    सिमसिमे झरी
    कोदो बाली रोपाइभरि !
    ३.
    वर्षा
    किसानको पर्व
    अन्न फलाउने गर्व !

    ४.
    वर्षा
    किसानको काम
    बाली लाउने हतार !

    ५.
    वर्षा
    सर्वत्र पानी
    डर त्रासमै जिन्दगानी !

    ६.
    वर्षा
    हिलाम्मे बगर
    लपक्क भिजेको माटो !

    ७.
    वर्षा
    असारे झरी
    जताततै उर्लिएका खहरे !

    ८.
    वर्षा
    किसानी माटो
    रोप्न तयार आँठाे !

    ९.
    वर्षा
    खोलामा घर
    सधैँ जोखिमको डर !

    १०.
    वर्षा
    सुकुम्बासी बस्ती
    नित्य रातमा गस्ती !

    • दुर्गा भट्टराई, मोरङ

    Leave a Reply