
काठमाडौ, ७ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१]
मोबाइल
देखासिकी प्रचलन
केटाकेटीको सेल्फीको रहर !
✍️
गुणनिधि घिमिरे
अमेरिका
[२]
अभाव
बाल मस्तिष्क
सेल्फीकाे माध्यम चप्पल !
✍️
भवानी घिमिरे
सर्लाही ।
[३]
रहर
मनको सेल्फी
चप्पल तस्बिर भाइरल !
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[४]
लहर
सेल्फीको रहर
सर्वत्र गाउँघर शहर !
✍️
अगस्टीन राई
पूर्व सिक्किम, भारत
[५]
चप्पल
सेल्फी मोबाइल
बाल मनको हाल !
✍️
सुमित्रा पोखरेल
काठमाडौं
[६]
बालबालिका
कलिला मुनाहरू
सुन्दर सपनाको परिकल्पना !
✍️
आर्त अकुलीन
कैलाली
[७]
अभाव
गरिबी रहर
चप्पल सेल्फी अभिनय !
✍️
बिबस पारदर्शी
[८]
बालक
आफ्नै पारामा
चप्पल हातकाे इसारामा !
✍️
राेशन पराजुली
धरान।
[९]
चप्पल
सुन्दर इच्छाहरू
बालबालिकाको मनोवृत्ति अभाव !
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[१०]
खुसी
पलपलमा बटुली
बालबालिका परिकल्पनामा परी !
✍️
सविता के.सी.
काठमाडौँ ।
[११]
मन
गरेमा उदार
मिल्छ खुसी आनन्द !
✍️
पद्मा
बाँके
[१२]
बालक
ठुलाको नक्कल
तस्बिर खिच्ने चप्पल !
✍️
वेदना रागी
सुर्खेत साल्कोट
[१३]
बालक
जिज्ञासु स्वभाव
गरिबी र अभाव !
✍️
बालकृष्ण खनाल
टीकापुर
[१४]
बालापन
बिर्सेर दु:ख
खुसीमा जोडिएका तन !
✍️
सरस्वती वली
बर्दिया नेपाल
[१५]
बालापन
प्रविधि माेह
कल्पनामा खुशीका पलहरू !
✍️
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[१६]
बालापन
बिग्रदै अचेल
स्मार्ट फोनको दुनियाँ !
✍️
खेमराज पुरी
कैलाली
[१७]
उमङ्ग
मोबाइलको लहर
बाल मस्तिष्कमा रहर !
✍️
प्रेम थापा “मन”
बागलुङ
[१८]
मनोभाव
बालापनको रहर
समयले दिएको सञ्जाल !
✍️
होम प्रसाद
धरान।
[१९]
चप्पल
बनाउँदै मोबाइल
कल्पनामा हराउँदै बालबालिका !
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[२०]
बालापन
रमाउने रहर
निश्चल गाउँको मुहार
✍️
पुष्पा शायरा
विराटनगर ।
[२१]
बालापन
चप्पलकाे क्यामेरा
कल्पनामा रमाउदैँ बालबालिका !
✍️
श्रद्धा आचार्य
पोखरा
[२२]
विडम्बना
गरिबीका कारण
तिर्खा मेट्दै सेल्फिको !
✍️
मंगला उपाध्याय
[२३]
बालबालिका
निश्चल स्वभाव
चप्पलले खिच्दै फोटो !
✍️
धर्मी शाक्य
बुटवल, रुपन्देही
[२४]
बालबालिका
चप्पलबाट सेल्फी
मेट्दै मनका चाहना !
✍️
सुरेश चन्द्र घिमिरे
[२५]
बालापन
आधुनिक नक्कल
एकतामा खुशीको आफ्नोपन !
✍️
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[२६]
बाल्यकाल
गरिबीमा खुसीयाली
सेल्फी चप्पलले खाली !
✍️
जमुना कायस्थ
पोखरा
[२७]
बालबालिका
नियाल्दै चप्पलमा
मेट्न मनको चाह !
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[२८]
बालापन
रहरको खानी
मेटाउँदै आफ्नो इच्छा !
✍️
चक्र शही
कैलाली
[२९]
इच्छा
राखेर मनभित्र
खुसीले रमाएको क्षण !
✍️
दुर्गा आचार्य
मोरङ
[३०]
जमाना
सेल्फीको आयो
रमाउँदै बच्चा चप्पलमा !
✍️
सुशीला पौडेल
[३१]
बालापन
गरिबीको कहर
सेल्फीमा रमाउने रहर !
✍️
वासुदेव ज्ञवाली
पाल्पा,तानपा-१
[३२]
चाहना
भावको बिम्ब
देखिन्छ अभावमा ठोक्किएर !
✍️
पशपती राई
खोटाङ
[३३]
तृष्णा
तृप्तिको साधन
सडकमा रमाउँदै गरिबी !
✍️
कण्ठ राजगिरी
टीकापुर कैलाली हाल अष्ट्रेलिया ।
[३४]
बच्चा
मनका सच्चा
खेल्न चप्पलै अच्छा !
✍️
मानन्धर रमेश
[३५]
चाहना
बाल उत्साह
खुसी प्राप्तिको उपाय !
✍️
शारदा आचार्य
ललितपुर !
[३६]
केटाकेटी
प्रविधि मोह
मेट्दै मनको रहर !
✍️
वसन्त अनुभव
घोराही, दाङ
[३७]
बहाना
प्रविधि विना
नक्कल गर्ने चाहना !
✍️
ताेयानाथ सुवेदी
काँडाघारी
[३८]
बालापन
खुशीको लहर
पुग्छ मनको रहर !
✍️
इश्वरी अधिकारी
लमजुङ।
[३९]
बालबालिका
रमाउने उमेर
सेल्फी खिच्ने रहर !
✍️
सीता पाण्डेय मरासिनी
रेसुङ्गा, ९- गुल्मी
[४०]
बालापन
चाहना अनेक
मनभित्र कुण्ठित रहर !
✍️
बुद्धिप्रसाद लामिछाने
कैलाली
[४१]
रहर
बालापनको सपना
भविष्यको उज्यालो बिपना !
✍️
सरस्वती श्रेष्ठ
रुपन्देही बुट्वल।
[४२]
बालापन
प्रविधि धन
हुन्छ अधम चाहना !
✍️
भगवती दवाडी
झापा
[४३]
बालापन
खुसी मन
चाहिंदैन महङ्गो खेलौना !
✍️
शिव खनाल जीवम
रुपन्देही
[४४]
बालापन
चञ्चल निश्चल
उमङ्गले भरिएको मुहार !
✍️
धनमाया चौधरी
कैलाली
[४५]
बालापन
नक्कल बहाना
मेट्दै प्रविधिको चाहना !
✍️
नुमा खालिङ किरात
[४६]
झेल
बच्चाहरूको खेल
सुहाउने सानो छउन्जेल !
✍️
घनश्याम पौडेल
पोखरा
[४७]
कोपिला
सेल्फीमा जोशिला
अँध्यारो चिर्ने दियाला !
✍️
कल्पना पहाडी बराल
सिन्धुली
[४८]
बाध्यता
आहा रमाइलो
खुसी देखिए बालबच्चा !
✍️
नारायण कोइराला
तानसेन पाल्पा
[४९]
सुन्दर
बालापनका रहर
स्वतन्त्र पंक्षी उडान !
✍️
हिमाल अम्मै
घोडाघोडी कैलाली
[५०]
अभिनय
सन्तुष्ट मन
स्वप्निल मनको रहर !
✍️
समुन्द्रा शर्मा
इटहरी
[५१]
रहर
सुन्दर बाल्यकाल
सेल्फी खिच्ने अभिलाषा !
✍️
कविता आचार्य
कैलाली
[५२]
बालापन
उत्साहमय जीवन
आधुनिक संसारको मोह !
✍️
मिलन के. सी.( थापा)
पोखरा
[५३]
खुशी
उत्साहित समय
एक अर्कामा साटासाट !
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[५४]
रहर
फोटो खिच्न
चप्पल बन्यो क्यामरा !
✍️
तेजप्रसाद खनाल
लमही दाङ।
[५५]
बालक
सेल्फी रहर
माेबाइल बन्याे चप्पल !
✍️
प्रद्युम्न चालिसे

