
१८ मे २०२२, साउदी अरब ! नेपाल गौरिघाट स्थित Yatra Hr Solution Pvt. Ltd बाट करिब ६ महिना अगाडी साउदीको विभिन्न ठाउँका लागि आएका करिब ८० जना नेपालीहरु खान बस्न र काम नपाएर बिचलित परेका छन् ।
नेपाल बाट आउनेबेलामा मेनपावरले विभिन्न कम्पनीमा भनी ६ महिना अगाडी छुट्टाछुट्टै छुट्याएर पठाइइएका पीडितहरुलाइ ४ महिना काम लगाएको ३ महिनाको स्यालरी दिएको तर ४-५ महिना पछि काम तलब केही नदिएको र बस्नलाइ पनि एउटै रुममा ३०-४० जना कोचेर राखेको पीडितहरुले जानकारी गराएका छन् ।
पीडित नेपालीहरु मध्य ५५ जना जेद्दामा र २५ जना यान्बुमा बिचल्ली परेका छन् ।
नेपाली श्रमिकहरुको साझा चौतारी “साउदी अरेबियामा हामी नेपाली” भन्ने ग्रुप मार्फत जेद्दामा रहेका पीडितहरुको बिचल्लीत अबस्था थाहा पाएपछि यहाँ पीडित भएका नेपाली साथिहरुको बारेमा हिजो थाहा पाएपछि एनआरएनए जेद्दाका क्षेत्रीय अध्यक्ष चेतनाथ निरौलाको समन्वय तथा अनुरोधमा महाबाणिज्य दूतावास जेध्दा कन्सोलेटका प्रेम उपाध्याय सर सहितको टोलिले पीडितहरुमाझ भेटेर सहयोगको लागी आबस्यक कदम अगाडी बढाउने र छिटोभन्दा समस्या समाधान गराउने आश्वसान दिनुभएको कुरा अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।
खानको लागि अतिनै समस्या रहेकोले सुदुरपश्चिमेली नेपाली समाज साउदी अरबका सचिव केशब सिंह धामी र प्रमुख सल्लाहकार बिष्णु तमोली उहाँहरुको दयनीय अवस्था देखि पछी सुदुरपश्चिमेली समाजका साथीहरूले केही दिनका लागि खाधन्न रासन पानी सहयोग गरिएको कुरा साउदी अरेबियामा हामी नेपाली” ग्रुपका प्रमुख एड्मीन चन्द्र चुडालिले जानकारी दिएका छन् ।
चन्द्र चुदाली तथा चेतनाथ निरौलाले एनआरएनए साउदी तथा जेद्दामा रहेका अन्य संस्थाहरुलाई पनि पीडित हरुको सहयोगका लागी अनुरोध गर्दै उहाँहरुको उद्दारको लागि महाबाणिज्य दूतावास जेद्दालाइ अनुरोध गरेका छन् ।
सहयोगको लागि पीडितको सम्पर्क नम्बर 0507183087
मेनपावरको संम्पर्क



This manpower is frot .. me and my friend also this section so all my nepali family and Nepal Government Help!! Coming time 8 month just take to salary 4 month..