पञ्चाङ्ग साहित्य समाज पाठशाला अभ्यास शृङ्खलाको बत्तिसौँ भाग सम्पन्न

  • १३ जेष्ठ २०७९, शुक्रबार ०९:०० मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- बत्तिसौँ भाग (३२)

    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
    मिति:- २०७९/ ०२/१०
    ………………………………………….
    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================

    अनुप्रास र स्थायी :- आफू खुशी

    अक्षर संख्या १२ देखि २० सम्म

    ======================

    पञ्चाङ्ग १

    अहिले मानिस् केटा केटी चित्त बुझेपछि जात हेर्दैनन् ।
    उत्पत्ति हुँदा जात भातका कुरा थिएन भात हेर्दैनन् ।
    स्वायम्भु मनु र सतरुपा महारानी पहिलाे श्रृष्टि हाे
    धनी र गरिबीकाे खाडल् छ तर रुपैया खात हेर्दैनन्
    मन मिलेपछि साना गल्ती क्षम्य हुनेले मात हेर्दैनन्।

    ✍️ मधुसूदन प्रसाद घिमिरे

    अभ्यास २

    एक्काइसौँ शताब्दीमा पनि आज जात चलेन हजुर
    मानिस त एकै होनि तर किन भात चलेन हजुर
    परम्परादेखिको जरो गडेको उखेल्न गाह्रो भएको
    मुखले भनेर के भो ? दलितको हात चलेन हजुर
    सम्भ्रान्त भनिनेको बिचमा हाम्रो बात चलेन हजुर ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग ३

    कसैको यादमा आँसु खसाइ रात बिताएको हल्ला सुनेँ
    जीवनदेखि हार खाएपछि बात बिताएको हल्ला सुनेँ
    हजार दुःख आएपनि दिलभित्र दबाएर राख्छु भन्थ्यौ
    आज एक हुनै लाग्दा पराईसाथ बिताएको हल्ला सुनेँ
    आफूलाई निर्दोष नपाउँदा जात बिताएको हल्ला सुनेँ ।

    ✍️अम्विका अधिकारी
    झापा विर्तामोड ।

    पञ्चाङ्ग ४

    जीवन यात्रा कठिन भन्दै रात सम्झेर हिँडेको बेला
    बारेर भोकै मुटुमा पीडा भात सम्झेर हिँडेको बेला
    माटोको माया देशको शिर उच्च छ हेर सगरमाथा
    जूनको हाँसो फूलको खुसी पात सम्झेर हिँडेको बेला
    मनको बाँध फुटेको हुन्छ घात सम्झेर हिँडेको बेला ।

    ✍️ आर्त अकुलीन, कैलाली।

    पञ्चाङ्ग ५

    उहिले उहिले बिवाहमा टपरालाई पात चाहिन्थ्यो
    भोकाएका जन्तीलाई एक टपरी दालभात चाहिन्थ्यो
    आजभोली सजिलो छ जातपात दालभात बराबरी
    केटा केटी लगन जुराएर एकैखाले जात चाहीन्थ्यो
    बिहे गर्ने साईतलाई दिउँसो होइन रात चाहिन्थ्यो॥

    उहिले रक्सी कोही पिउँदैनथे मात लाग्थ्यो नानीहरू
    माया प्रीति लव गर्दा पनि धेरै बात लाथ्यो नानीहरू
    आजभोली सजिलो छ अरे त डेटिङ गयो लव गर्यो
    कर्के आँखा लायो भने दोषै दोष खात लाग्थ्यो नानीहरू
    बिहेलाई कुरा छिन्न झण्डै भर रात लाग्थ्यो नानीहरू।

    मनमा माया गाढा छ मेरो मायालु जात पात चाहिन्न
    भोकको बेला गुन्द्रुक ढिडोले हुन्छ दालभात चाहिन्न
    पिरती गाँस्नु रमाएर बाँच्नु जीवनको मेरो लक्ष हो
    खान लाउन पुगे ता भई हाल्छ पैसाको खात चाहिन्न
    म आफू एक्लै बाँच्न सकुँला कसैका स्वार्थी हात चाहिन्न ।

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग ६

    जमना हेर्दा माया बसे मन मिले जात हेर्नु हुँदैन,
    त्यसैले होला रगत रातो सबैको हात हेर्नु हुँदैन ।
    परम्परागत कुरामा आकलन गर्दै हिँड्दा खेरि ,
    अबत यहाँ धनी गरिब पैसाको खात हेर्नु हुँदैन,
    मानिससँगै गल्ती हुन्छन् नजानेर मात हेर्नु हुँदैन।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग ७

    नेताहरूको दलैपिच्छे जात हुँदो रहेछ बाबै
    आफ्नो दुनो सोझ्याउन परेमा घात हुँदो रहेछ बाबै
    मानिसको स्वाभिमान किनबेच गर्नेलाई थाहा हुन्छ
    किनबेच गराउने तत्वको खात हुँदो रहेछ बाबै
    हो लाई होइन बनाउने तातो भात हुँदो रहेछ बाबै ।

    ✍️सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग ८

    दुःखीकाे जीवन चरम गरिबी एक यहीँ नै जात हाे
    पसिना बेची पाल्दैछु जहान यहाँ जुटाउने भात हाे
    कहिलेसम्म चल्नेछ सरकार देश तिम्रो याे चालामा
    निराश छन् जनता अहिले समृद्धि हुने मात्र बात हाे
    चुलिँदै गयाे महङ्गी अति दिनदिन ऋणको त खात हाे ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग ९

    पहिले पहिले जवानीमा रक्सीको मात लागेको बेला
    नचाहादा नचाहादै नि कसैसित बात लागेको बेला
    प्रेम भन्ने कुरा रमाएर गाँस्नु पो जीवनको सार हो
    यहाँ त गाउँ शहर चारैतिर कुराको खात लागेको बेला
    गाह्रो रहेछ बाँच्न यहाँ त स्वार्थका हात लागेको बेला ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।

    पञ्चाङ्ग १०

    काम गरेरै खाने समयमा किन हेरिन्छ जात यहाँ
    विश्व साँघुरिएको छ किन बेचैन मान्छेको खात यहाँ
    बोल्नेको पिठो बिक्छ सहजै सोझो हेरेको हेर्यै जमाना
    सोर्स र फोर्स लाग्नेको मात्र सुनिश्चित सबै बात यहाँ
    विपन्नताको घरमा किन पाक्न सक्दैन त भात यहाँ।

    किन गर्ने ठाउँ पुगेपछि चढ्छ सबैलाई मात यहाँ
    दिनमात्र अाफ्नो विपरीत परिश्रमीलाई रात यहाँ
    समय अनुकुल परिणाम राख्न मुस्किल सबैलाई
    मुस्किल छ रूखलाई खाना बनाउन विना पात यहाँ
    छायाँ पियारो सर्वशक्तिमान हुन्छ मानव हात यहाँ ।

    ✍️जमुना आचार्य
    सिन्धुपाल्चोक।

    पञ्चाङ्ग ११

    साथदिन्छु बाँचुन्जेली भन्दै समाउने मेरै हात थियाे
    संसारमा नभएका मिठामिठा पिरतिकाे वात थियाे
    सम्झन्छु हरेक पलहरू, सँगै खाएका कसम पनि
    थाहै थिएन नि मन भित्र लुकेकाे अन्तरघात थियाे
    उनकाे ताेड्न नाता मसँग,अन्त्यम बहाना जात थियाे ।

    ✍️रामराजा के.सी.
    फर्पिङ, काठमाडौं ।

    पञ्चाङ्ग १२

    आमाको जस्तो काखको माया कहाँ पाइन्छ
    सितल र छाहारीको छाँया कहाँ पाइन्छ
    माया गरेर मात्र ऋण तिरिन्छ कसरी ?
    सदैव जिन्दगीभर दायाँ कहाँ पाइन्छ
    मलाई ममता भर्ने काया कहाँ पाइन्छ ।

    ✍️निर्मला सुवेदी, बागलुङ ।

    पञ्चाङ्ग १३

    चन्चले मन यता उता सर्दा सर्दै सकिने भो
    यो जिन्दगी हाम्रो दुखेसो गर्दा गर्दै सकिने भो
    भोलि गर्छु भन्दा भन्दै,औंला नुगाई गन्दा गन्दै
    अभावको अनेक गर्त भर्दा भर्दै सकिने भो
    आँखाबाट आँशुकै भेल , झर्दा झर्दै सकिने भो ।

    ✍️प्रेम थापा “मन” बागलुङ ।

    Leave a Reply