महेन्द्र शाहद्वारा तुलसीपुरको मेयरमा उम्मेदवारी दर्ता।

  • १२ बैशाख २०७९, सोमबार ००:५४ मा प्रकाशित
  • तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा मालेका महेन्द्र शाहले उम्मेदवारी दिएका छन्।
    उनीसँगै उपमहानगरपालिकाको मेयरमा पहिलो दिन तीन जनाको उम्मेदवारी परेको छ ।

    आईतबार नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका जया घर्तीले मेयरमा उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।

    त्यस्तै उपप्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका दमबहादुर छन्तयाल र स्वतन्त्रबाट सुशिल नेपालीले उम्मेदवारी दिएका छन् ।

    सीपी मैनालीका विश्वासपात्र महेन्द्र शाह नेकपा मालेका बैकल्पिक पाेलिट ब्युरो सदस्य हुन भने पहिलो
    संविधानसभा चुनावमा नेकपा मालेको तर्फबाट दाङमा बलियो उपस्थिति जनाउन सफल भएका थिए।

    Leave a Reply