नव वर्षको अवसरमा टुक्का लेखन अभ्यास शृङ्खला सम्पन्न; सयौँ टुक्का सर्जकको सहभागीता

  • १ बैशाख २०७९, बिहीबार १६:३४ मा प्रकाशित
  • काठमाडाैँ,
    टुक्का साहित्य समाजकाे आयाेजनामा नयाँ वर्षकाे पूर्वसन्ध्यामा २०७८ चैत ३० गते शुुभ कामना आदान प्रदान तथा नयाँ वर्ष २०७९ “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३५” सम्पन्न भएकाे छ । 
    टुसास का अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०० टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम टुक्का पाठशालामा सञ्चालन भएकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले नयाँ वर्षकाे शुभकामना तथा नयाँ वर्ष सम्बन्धी उत्कृष्ट टुक्का कविताहरू सिर्जना गरेका थिए । 
    विश्वभरमा विक्रम सम्वत् लाई आधिकारिकता दिएकाे देश नेपाल मात्र हाे । 
    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईंले नयाँ वर्ष २०७९ काे पावन अवसरमा देश विदेशमा रहनु हुने टुक्काकार, टुक्का प्रेमी, साहित्यकार लगायत सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे । 

    अभ्यासका क्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू

    [१]
    दिन महिना वर्ष बित्याे नयाँ साल लाग्याे
    केही गर्ने उत्साह साथ अझै जाेस जाग्याे ।
    ✍️ ताराप्रसाद चापागाई

    [२]
    नव वर्ष यहाँ आयाे उनासी साल रूपमा
    श्रष्टा स्वागत गर्दैछौं हर्षाेल्लास उमङ्गमा ।
    ✍️ डा. देवी पन्थी
    बिराटनगर 

    [३]
    प्रत्येक पल्ट नयाँ वर्ष नयाँ उत्साह दिने
    खुशी शुभकामना साटी नयाँ उमङ्ग लिने ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।

    [४]
    आउँछन् जान्छन् वर्ष सम्झनाको छापहरू,
    लेखा जोखा हुन्छ दुःख सुखका रापहरू।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही-१८

    [५]
    दिन त्यहीँ, रात त्यहीँ, साल नयाँ आऊँछ
    न भेटिएको मायालुले झन् माया लाउँछ।
    ✍️ पदमा शर्मा आँचल
    कालचिनी, प.बंगाल । 

    [६]
    दु:ख सुख गरेर यो साल यसै बित्यो
    अब आउने सालले हामीलाई जित्यो।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड।

    [७]
    आऊ नयाँ वर्ष कोकिल जस्तै बनि साराको मन हर्दै
    सुरिलो धुनमा बाजा नित्य बजाई गानाको लय छर्दै।
    ✍️ शारदा दहाल
      संखुवासभा ।

    [८]
    हरेक वर्ष आइरहने नयाँ वर्ष फेरि आयो
    गाउँ शहर सबैतिर हर्षोल्लास उमंग छायो ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [९]
    हाम्रो खुसीको चाड यहाँ आयो 
    नेपाली मनमा आनन्द छायो ।
    ✍️ नीमा भोटिया भोटिया 
    जलढक्का /कालेबुङ

    [१०]
    बिगतका दिनहरू महामारी , डर भएन कहिल्यै राम्रो ,
    अब आउने नयाँ सालमा सुख शान्ति बनोस् है जीवन हाम्रो ।
    ✍️ बुद्धिमान चौधरी 
    कनकाई नगरपालिका ४ झापा ।

    {११]
    नयाँ वर्षको हार्दिक हार्दिक शुभकामना 
    विकृति नफैलियोस् पूरा बनुन् मनोकामना ।
    ✍️ जमुना आचार्य 
    सिन्धुपाल्चोक।

    [१२]
    नयाँ वर्षले बालोस् सुख, शान्ति, समृद्धि र वैभवको उज्ज्वल दीप ।
    यो देश उठाउन जन जनले लगाउन् ज्ञान, बुद्धि, विवेक  सीप।
    ✍️ डम्बर थामी ‘अनुपम’               
      कालिन्चोक गा.पा. -६, दोलखा।

    [१३]
    आऊ आऊ नयाँ वर्ष खुसी बाेकी आऊ
    दुख ,कस्ट ,संकट सब का दुर लाऊ।       
    ✍️  प्रेम कला चापागाईं ( सिटौला )
    मेचीनगर १२ धाइजन झापा ।

    [१४]
    खपेर सास्ती अनेकौं  बित्यो वर्ष आज 
    ल्याओस् उमंग नयाँ बर्ष ले हामी माझ ।
    ✍️ सुर्यमणि रेग्मी 
    चितवन ।

    [१५]
    पुरानो वर्षमा भए गरेको गल्ती छोडेर 
    नया वर्षमा जुटौं लागौं आफु आफै मोडेर ।
    ✍️ बिके माकजु , 
    भक्तपुर ।

    [१६]
    नयाँ उत्साह नयाँ उमंग भरियोस्
    नयाँ वर्षले सबैमा नयाँ जागर छरियोस् ।
    ✍️ श्रीशा खडगी 
    ललितपुर । 

    [१७]
    नव वर्ष बाँसुरीको मीठो धुन जस्तै होस
    सबैको जिन्दगीमा भरियोस उमङ्ग जोस।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ  ।

    [१८]
    वसन्त ऋतुसँगै फूलहरूले बास्ना छर्दै,
    आयो फेरि नयाँ वर्ष मनमा उमङ्ग भर्दै।
    ✍️ कोकिला चौधरी 
    बाँके ।

    [१९]
    भोकालाई भोजन र नाङ्गोलाई बस्त्र बनोस् नयॉ वर्ष 
    दिनदुखीको मन यसले हर्न सकोस् उमंग र हर्ष ।
    ✍️ इन्दिरा देवकोटा 
    कपिलवस्तु ।

    [२०]
    आजभन्दै भोलीभन्दै फेरि नयाँसाल आयो,
    बितेका ती  क्षण बिर्सी नयाँ उमङ्गले छायो।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा ।

    [२१]
    आयो नयाँ वर्ष फुलोस् फलोस् सबै मनको चाहाना 
    हर्ष उमङ्गले छाइ रहोस् सदा गर्दछु  कामना ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया।

    [२२]
    बितेका ती बाधा अर्चना हरूलाई भुल्दै, नयाँ वर्ष मनाउने गरौं
    एक आपसमा मिलिजुली हामी,उल्लास हौसला पूर्ण चाहना भरौं ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ।

    [२३]
    नव वर्ष  मगमगाइ सुगन्धले  अमृत छर्दै  झुपडीमा आऊ
    दीन दुःखीका ती घाउहररूमा शीतल अनि जडी मल्हम लाऊ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    नवलपरासी वर्दघाट सुस्तापुर्व।

    [२४]
    नयाँ उर्जा लिएर आओस् याे नयाँ वर्षले,
    सारा  जगत गद्गद हाेस्  उमङ्ग हर्षले ।
    ✍️ मित्र उराठी गाैतम,अमरपुर- गुल्मी 
    हालः तिलाेत्तमा न पा -२, रुपन्देही

    [२५]
    नयाँ  वर्षमा सबैले खुसीयाली छाउनु
    देश भक्ति गीत सबै मिलेर सधैँ गाउनु।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे 

    [२६]
    दुख पीडा भुलेर, नयाँ वर्ष, घर घरमा आअाेस्
    खुसियाली बोकेर सधैँभरि,मन मनमा, छाओस्।
    ✍️  राम रावल सागर
    अत्तरिया-कैलाली

    [२७]
    नयाँ वर्ष आएछ, भँवरा डुल्दैछन् फुल्दैछन् कोपिलाहरू,
    अल्छी पनि मेहनती बनोस् जस्तो छन्, मौरी र कमिलाहरू।
    ✍️ अनिल खग्रास

    [२८]
    आहा! साथी हो नयाँ साल फेरि घुमेर आयो,
    गाउँ सहर दुनियाँ खुसीको महोल छायो।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली 
    झापा ।

    [२९]
    नयाँ सालमा धर्ति अाकाश मानिस उहीँ छन्
    पात्राे मात्र फेरिने हाे थपिन्छ दुख पीडा झन् ।
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी 
      कालेबुङ ,दार्जिलिङ भारत

    [३०]
    दिन महिना बर्षको सबै अमन चैन भाग्यो 
    टुक्का लेखी नाम राख्ने याे मनमा उत्साह जाग्यो ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौ । 

    [३१]
    टिकटिक गर्दै घडीको आवाजले दिनौंदिन काट्यो
    भित्तेपात्रो पल्टाउँदा पल्टाउँदै नयाँ साल पो साट्यो।
    ✍️ रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [३२]
    नयाँ जोस जाँगर बोकेर आओस् नवीन वर्ष ,
    नहोस् आलस्य कहिल्यै जन जनमा बढोस् हर्ष।
    ✍️ भगवती दवाडी 
    दमक. झापा ।

    [३३]
    नयाँ सालको वर्ष चक्र घुमीफिरी आइ,
    खुसी लाग्यो शुभकामना व्यक्त गर्न पाइ।
    ✍️ अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [३४]
    रङ्गीबिरङ्गी फूलको बिचमा वसन्तको ॠतु लिई आयो नयाँ वर्ष 
    खुशी सँगै रङ्गीन बनेर व्यस्त मस्तको कामना ,सधैँ  छाओस हर्ष ।
    ✍️ टिकाराम पुन टिपु
    सल्यान छत्रेस्वरी -२

    [३५]
    नव वर्षले उत्साह ल्याओस्
    सबैमा जाेस जाँगर छाओस् ।
    ✍️ शर्मिला खतिवडा 
      विर्तामोड, झापा ।

    [३६]
    मेराे आँपको डालीमा बस्छे कोइली चरी
    घरी माथि घरी तल गर्दै खान्छे मञ्जरी।
    ✍️ गणेश तिमल्सिना गति
      धनुषा 

    [३७]
    नव वर्षसँगै हर्ष आयो
    खुसीले केही राहत पायो।
    ✍️ श्रेस्ठ परिक्रमा
    धरान-१५, सुनसरी ।

    [३८]
    नयाँ वर्षले सबको मनमा खुसी ल्यायो
    हामीले केही गराैँ भन्ने हिम्मत पलायो।
    ✍️ रत्ना पुन मगर 
    रुकुम पश्चिम्

    [३९]
    आएछ रे, नयाँ  वर्ष किन मान्नु हर्ष 
    आयु पनि छोटिदैछ भन्ने हो निष्कर्ष ।
    ✍️ दस्ता कौशिक
    पाँचथर।

    [४०]
    खुसीको सन्देश बोकेर आओस,
    यो वर्ष सबै तिर शान्ति छाओस। 
    ✍️ राजेन्द्र बस्नेत रप्तार
      जुनिचाँदे-५, जाजरकोट।

    [४१]
    सहज रहोस् जीवनयात्रा उमंगको बहार आओस् 
    सुख शान्ति समृद्धिले वजनदार त्याे टावर पाओस्।
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा। 

    [४२]
    छर्दै  ओठमा  खुसी  मनमा हर्ष 
    फेरि आएको छ आज नयाँ वर्ष ।
    ✍️ बादल गुरुङ’वियोगी’

    [४३]
    अठहतर सालसँगै भागाेस् कुविचार कुबुद्धि
    नयाँ वर्षले सबैमा छाओस्  पूरा जाँगर र सुद्धी ।
    ✍️ निरज काेइराला
    बेलका १ उदयपुर

    [४४]
    उर्जा हिम्मत प्रेरणा जे छ सबै बोकेर आओस्
    सबैको भलो सङ्कट मुक्त नववर्षले छाओस् ।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत।

    [४५]
    जाने वर्षकाे तितामिठा ती धेरै यादहरूलाई संगाल्दै,
    स्वागत गराैँ नयाँ वर्षलाई नयाँ सपनाहरू अंगाल्दै ।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [४६]
    पुरानोलाई बिदा गरिए सँगै, नयाँ वर्षलाई स्वागत गरिन्छ 
    कुनै परिवर्तन ल्याउन सकेन भने, असमञ्जसमा परिन्छ।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ 
    कौशलटार, भक्तपुर ।

    [४७]
    छातीमा रोपिएका अनगिन्ती पीडा नयाँ वर्षले हटाओस् ,
    फूलको मालामा सिउरिएर सबै नेपालीलाई जगाओस् !
    ✍️ शरद प्रधानाङ्ग, 
    विराटनगर’-७

    [४८]
    नयावर्षमा हरेक जन जनमा सुख शान्ति छाओस्
    देश हाक्ने ड्राईभरहरु माझमा सद्बुद्धि पलाओस् ।
    ✍️ रुपा गौतम 
    बारा ।

    [४९]
    सबैको मुहारमा खुसी छाओस् हर्षको 
    शुभकामना सम्पूर्णमा नयाँ वर्षको।
    ✍️ आर्मित्मा थापा मगर
    स्याङ्जा ।

    [५०]
    हृदय देखि नयाँ वर्षको सम्पूर्णमा शुभकामना,
    सुख समृद्धि हरेक घर छाइरहोस् यहि चाहना।
    ✍️ शर्मिला श्रेष्ठ 
    भैंसेपाटी,ललितपुर।

    [५१]
    यति न छ नवीन वर्षको शुभकामना जन-जनमा
    मान्छे त पुरानै हो तर शुद्घ विचार आओस मनमा।
    ✍️ बि.कुलुङ
    ( दार्जिलिङ )

    [५१]
    दुई हजार उनासी साल नयाँ वर्ष आयो
    हर्षोल्लास उमङ्गको सुन्दर दिन उदायो
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका ।

    [५३]
    सबैको मन मनमा बोकेर खुसी अनि हर्ष,
    छुट्टै जोस र उमङ्ग लिएर आयो नयाँ वर्ष।
    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती, धादिङ नेपाल।

    [५४]
    वासन्ती पल्लवले मीठो स्वागत गर्यो,
    हरियाली नयाँ साल उमङ्गको पर्यो।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [५५]
    दुई  हजार उनासी सालकाे नयाँ यस वर्षमा
    सबैले जीवन बिताउन सकुन् खुशी र हर्षमा ।
    ✍️ तिला लेकाली 
    बेलबारी, माेरङ्ग 

    [५६]
    नयाँ वर्ष उन्नतिको प्रतिक बनेर आइदेऊ
    चराहरूको चिरबिरमा शान्ति धुन गाईदेऊ।
    ✍️ रश्मि रिमाल 
    झापा । 

    [५७]
    घुमीफिरी फेरि पनि नयाँ  वर्ष आयो
    वसन्तको उल्लास यो हराभरा छायो ।
    ✍️ कमला  देवकोटा
      पाल्पा । 

    [५८]
    नयाँ वर्ष उनासी घरआँगनमा आयो 
    बसन्तको बहार सँगै खुसियाली छायो ।
    ✍️ तारा घिमिरे 
    संखुवासभा।

    [५९]
    आज देख्छु जताततै मानिसमा हर्ष,
    भाेली कतै हुने हाे कि फुस्सा नयाँ वर्ष ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [६०]
    फर्कि आउछ नयाँ वर्ष लिएर हर्ष
    त्यसै जान्छ जीवन गर्दा गर्दै सङ्घर्ष।
    ✍️ जित बुढाथोकी छन्त्याल 
    म्याग्दी, हाल- बेलायत।

    [६१]
    नयाँ वर्षमा राम्राे हाेस्
    कसैकाे भाग्य नभागाेस् । 
    ✍️ अरुण नदी खत्री
    काठमाडाैँ ।

    [६२]
    पुराना वर्षलाई बिर्सदै नयाँ वर्षमा सरौ,
    गर्न नसकेका अपुरा काम अब पूरा गरौ।
    ✍️ होम प्रसाद नेउपाने 
    धरान ।

    [६३]
    नयाँ साल नयाँ भएर आओस्
    कोरोना सोरोना यी सबै जाओस् ।
    ✍️ रुद्र राज श्लोक 
    दार्जिलिङ

    [६४]
    सुख,शान्ति,समृद्धिले साथ नछोडोस्
    गरिबी र अशान्तिले नाता नजोडोस।
    ✍️ मन्दिरा सेढाई 
    मलेखु, धादिङ ।

    [६५]
    कतिपय हारजित बेहोर्दै सुख दुःख पाए
    वर्षको अन्तिम दिन भने खुसीयाली मनाए।
    ✍️ जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [६६]         
    स्वागत छ तिमीलाई नयाँ वर्ष,
    लिएर आउ उमंग अनि हर्ष ।
    ✍️ अम्बिका गिरी 
    विराटनगर

    [६७]
    मनमा छाएको धेरै हर्ष,
    आयो फेरि पनि नयाँ वर्ष।
    ✍️ सहयात्री शाेभा अर्याल 
      रुपन्देही  १४ बुटवल

    [६८]
    दु:ख कष्ट जति भएपनि यी ओठ सदा हाँसोस्
    यो सृष्टिको अन्तिम पलसम्म मेरो देश बाँचोस् ।
    ✍️ रिजाल विनोद 
    बेलबारी ०२ मोरङ

    [६९]
    नयाँवर्ष नूतन हुन्छ भन्ने सोच घाती भयो
    चुनाव हुँदा सधैँभरी भ्रष्ट नेता माथि गयो।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर

    [७०]
    नयाँ वर्षको हार्दिक शुभकामना हजुरलाई 
    समृद्ध हाेस् जीवन सदा सर्वदा सुखीयाली छाई । 
    ✍️ ओमकुमारी बन्जारा
    काठमाडाैँ । 

    [७१]
    मेरा नराम्रा बानीहरू सबै छाेड्छु 
    नयाँ सालमा पाइला अगाडि माेड्छु। 
    ✍️ साधना पाैडेल
    रगनी-१, ओखलढुङ्गा । 

    [७२]
    नौलो उमङ्ग लिएर नयाँ वर्ष अायो
    चारैतिर हर्षअनि खुसियाली छायो।
    ✍️ अम्बिका कोइराला 
    धुनिवेशी ६ धादिङ

    [७३]
    बिहानीको किरण बनेर नयाँवर्ष आयौ,
    गुराँससँगै पालुवा फक्राई वसन्ती छायौ ।
    ✍️ काजी तामाङ ग्याबा
    चैनपुर-४, संखुवासभा ।

    [७४]
    जताततै उमङ्ग छाओस् कतै आँसु नझरोस्,
    नव वर्षमा कसैलाई वाधा आई नपरोस् ।
    ✍️ वसन्त अनुभव 
    घोराही, दाङ ।

    [७५]
    दिन महिना हुँदै यस वर्षकाे पात्राे पनि पल्टियाे ,
    नव वर्षमा सबै मिलेर बाल्नु पर्छ शान्तिकाे दियाे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [७६]
    नयाँ सालले खुशी देओस सबका घर घर
    नत दुख होस न पीडा होस नत कुनै डर ।
    ✍️ कर्ण दयाल
    मेलौली नगरपालिका ७ , बैतडी ।

    [७७]
    गर्नु सबैले आफ्नो अनि आफन्तको ख्याल
    उमङ्गमय बनोस् तपाईंको नयाँ साल।
    ✍️ रचना माेक्तान यात्री
    काभ्रे । 

    [७८]
    नयाँ वर्ष याे सुख, शान्ति , समृद्धि लिएर आओस,
    सबैकाे घरमा हर्ष, उल्लस र उमङ्ग छाओस ।
    ✍️ रिना याेल्माे 
    दार्जिलिङ्ग 

    [७९]
    आफ्नो कर्तव्य पूरा गरेर आयो 
    नयाँ वर्षले सबैमा खुसी छायो।
    ✍️ साहित्य प्रेमी श्री लिम्बू `प्रयासी´ 
    पाँचथर ।

    [८०]
    फूल फक्रे झैँ फक्रिएर रहेास सबैकाे यो जगतमा मन
    नव वर्षको शुभकामना स्वरुप दिन्छु म यही ठुलो धन। 
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं , बानेश्वर

    [८१]
    फेरि सुनौलो आशाको किरण लिई सबेर,
    आयो नयाँ वर्ष घरआगनमा आज हेर !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर-२, झापा ।

    [८२]
    सबैको मनमा छरेर हर्ष,
    खुसी बोकेर आयो नयाँ वर्ष।
    ✍️ लालिमाया मगर 
    प्युठान ।

    [८३]
    नयाँ वर्ष आऊ सारा जनको दु:ख कष्ट हर्दै 
    सुख शान्ति ,उत्साह अनि  उमङ्ग सबैमा छर्दै ।
    ✍️ दुर्गा भट्टराई 
    मोरङ

    [८४]
    आलस्य त्यागी नयाँ सालमा लम्कौँ बोकेर जोस र जाँगर
    राखेर होस् कर्म गर्रौँ भेटिन्छ प्रगतिको अथाह सागर ।
    ✍️ मिसु श्रेष्ठ 
    काँडाघारी , काठमाडौं ।

    [८५]
    काफल पाक्याे काेइली बाेल्याे उमङ्गले वनमा ,
    याे नव वर्ष सुखद बनाेस्  कष्ट नहाेस् तनमा ।
    ✍️ रामकृष्ण रिजाल 
    बा न पा १३, बागलुङ ।

    [८६]
    शुभेच्छा याे मेराे पनि हजुरकाे जस्तै ,
    नयाँवर्ष मनाउँ है पीडा भुली मस्तै ।
    ✍️ रामकृष्ण दुवाडी
      पाेखरा ।

    [८७]
    सदा सुखी स्वस्थ रहनु मेरो यौटै छ चाहना,
    दुई हजार उनासीको हार्दिक शुभकामना ।
    ✍️ गोपाल कृष्ण डंगोल
    भोजपुर, प्रदेश १

    [८८]
    हरेक नव वर्षमा, अशुभ नेतृत्वको गर्नु परेको छ सामना,
    अहिलेको नव वर्षमा पनि,टक्र्याउँदछु सबैमा शुभकामना।
    ✍️ प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [८९]
    यो नयाँवर्ष सबैका हर्ष बढेर जानेछ,
    नेताले भ्रष्ट नगर्ने  सर्त सुम्पेर लानेछ ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु ६ नवलपुर ।

    [९०]
    पालुवाले हराभरा प्रकृतिको लीला
    बोल्नुपर्छ अब भने कन्दराका शिला।
    ✍️ महेन्द्रमान बलामी
    फर्पिङ्ग, कनठमाडाैँ । 

    [९१]
    साथ दिने र साथ छोडिदिने दुबैलाई छ अथाह माया
    हर्ष मा नै बितोस यो साल, सफलता बनोस तिम्रो  छाया ।
    ✍️ सुमिना तिमल्सिना
    भक्तपुर ।

    [९२]
    घुमेर आउछ जान्छ पात्रोमा साल
    देशमा बद्लेन दीन दुखीको हाल।
    ✍️ बिके मुखिया
    दार्जिलिङ्ग ।

    [९३]
    चारैतिर सुख र शान्ति छाओस्
    मैला, कुविचार हटेर जाओस्
    ✍️ प्रशान्ति राई 
    सामसिङ्ग खासमहल कालेबुङ ।

    [९४]
    भरियोस् जिन्दगी खुसी र हर्षले
    सुखशान्ति ल्याओस् यो नयाँ वर्षले।
    ✍️ लक्ष्मण समीर, 
    बर्दिया ।

    [९५]
    खुसी  उमङ्ग  बाँडौँ  हामी  हर्षमा
    सुख र शान्ति छाओस् नयाँ वर्षमा।
    ✍️ बिना रोका
      घोराही दाङ्ग।

    [९५]
    १.
    आफ्नै बगैंचामा बगोस पसिना फलोस न्यायी मजदुरी 
    नयाँ वर्षको अवसरमा शुभकामना छ मुरीमुरी।
    ✍️ भूषण जंग
    ललितपर हाल अष्ट्रेलिया ।

    [९६]
    उमंग छाओस्,स्वच्छ रहोस् ,सदैव मनका भावना 
    व्यक्त  गर्दछु सबैमा  नयाँ वर्षको  शुभकामना।
    ✍️रिता खराल
    रुपन्देही

    [९७]
    जिन्दगी हरपल अनेक दु:खको गर्छ सामना
    पिडा लुकाउँछ र बाँड्छ मनले मंगल कामना।
    ✍️ कुमार थापा (उमेश गौरीगाउँले)
    निजगढ ९ बारा

    [९८]
    सुख दुख जिन्दगी उस्तै हो सधैँ भरी गर्नु पर्छ सामना 
    सबै इच्छा चाहना पूरा हाेस् नयाँ सालको शुभकामना ।
    ✍️ नवीन जाेशी
    कैलाली ।

    [९९]
    सम्पूर्णमा नव वर्षको शुभकामना
    टुक्का लेखनमा फैलियाेस् है राम्राे पना ।
    ✍️ रघु न्याैपाने
    पाेखरा ।

    [१००]
    छाअाेस् सबको मनमा खुसी हर्ष,
    रङ्गिन बनोस् जीवन नयाँ वर्ष।
    ✍️ पारस भट्ट प्यासी
    मेलौली दुई बैतडी ।

    >> जय टुक्का! जय साहित्य!! << 

    Leave a Reply