साप्ताहिक पञ्चाङ्ग चित्रपटको नवौँ शृङ्खला सम्पन्न

  • १८ चैत्र २०७८, शुक्रबार २३:२२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट : भाग: ०९
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७८/१२/१७

    प्रशिक्षक :
    ————
    सविता के.सी.
    नारायण प्रसाद निरौला

    चित्र संकलक
    —————-
    सोमनाथ लुइटेल ” रवि पाल्पाली”

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।
            हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको नवौँ  शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
      नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग   ०१

    जनताबाट चुनिएर जाने संसद थलो बन्यो
    नेताजती सबै जनताको कसरी गलो बन्यो
    कुर्सी टेबल भाँचि सान बढाएको देखेकैछौँ
    जनता मरेका मर्‍यै छन  नेताको भलो बन्यो
    प्रत्येक  बर्ष  नेताको घरको हेर तलो बन्यो।

    🇳🇵सोमनाथ लुउटेल ” रवि पाल्पाली “पाल्पा।

    पञ्चाङ्ग   ०२

    जनताको अभिमतको अपमान गर्ने थलो भयो
    जनताको कुभलो गरेरमात्र  नेताको भलो भयो
    भनाभन अनि कुर्सी हानाहान सत्ता र भत्ता मात्र
    बेकार भयो जनमत नत  भलो  नत खलो भयो
    जनतालाई झुपडी छैन नेतालाई चै तलो भयो।

    🇳🇵निर्मला सुवेदी,बागलुङ ।

    पञ्चाङ्ग   ०३

    देखेर चाल , नमिठो लाग्छ मनको अमिलो
    सोचेर ध्यान,कस्तो हो ज्ञान तनको अमिलो
    जनता तन्त्र सकिने हो कि शङ्का पो लाग्दछ
    अप्ठेरो पार्ने , कुराले टार्ने पनको अमिलो
    विकृति बढ्दो,लोभले चढ्दो,धनको अमिलो ।

    🇳🇵प्रेम थापा “मन ” बागलुङ ।

    पञ्चाङ्ग   ०४

    नेता पैसाकै लागि सुली चर्न,आउँछन्  बाटोमा
    ब्वाँसोहरू सबै शरीर हर्न,आउँछन् बाटोमा
    हुन्छन्  साना बालिकाहरू बलात्कृत  बिडम्बना
    पुलिस अँध्यारोमा खोली तर्न,आउँछन् बाटोमा
    आमा,ती छोरी कै मलामी झर्न,आउँछन् बाटोमा ।

    🇳🇵प्रदिप नेपाली, पर्वत ।

    पञ्चाङ्ग   ०५

    सत्तामा  पुग्ने  सिँढी बन्दै गए नेताले
    के के नै गर्छु  भनी  भन्दै  गए नेताले
    सदनमा   कुर्सी  हानाहान गर्ने  थलो
    एक आर्काको जरो खन्दै गए नेताले
    कमिसन  रुपैयाँ  गन्दै  गए     नेताले ।

    🇳🇵देवी  कार्की खुलाल, झापा।

    पञ्चाङ्ग   ०६

    जनतालाई भेडा बनाउने थलो पो बन्यो यो।
    पालै पालो दाइँमाड्ने हजुर खलो पो बन्यो यो।
    फेरि नि आउदै छौ रे समृद्धिका नाटक गर्दै।
    बुझ्दै छन् नि  जनता फाँसी दिने गलो पो बन्यो यो।
    हेर्दा हेर्दै सडक छाप तिम्रो तलो पो बन्यो यो।

    🇳🇵गिता अर्याल, नेपालगन्ज बाँके।

    पञ्चाङ्ग   ०७

    नेता हाम्रा सदनमा कुर्सी हानाहान गर्छन्
    चुनावमा गाउँ पसी मान्छे तानातान गर्छन्
    भोट जिती गएपछि फर्किएर हेर्ने हैनन्
    नजानेर हैन फेरी आफैँ जानाजान गर्छन्
    जनहित कर्म गर्न सबै आनाकान गर्छन्

    🇳🇵गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका।

    पञ्चाङ्ग   ०८


    निर्वाचन अवधिमा भत्ता दिएर काममा टिकाए जनतालाई
    अोछ्यानमा परेकालाई बोकेरै भएपनि झिकाए जनतालाई
    देशका लागि केही गर्छौं भनेर गएकाहरुको  त यस्तो हालत
    सांसदमै लडेर कुर्सी फोडेर आखिरी के सिकाए जनतालाई
    मिल्नु भन्दा झगडा देखाउनको लागि भोट बिकाए जनतालाई


    हात जोडीजोडी बिन्तीभाउ गरेर  रिझाए जनतालाई
    राम्रो काम गर्न नै नसकेर व्यर्थ बिझाए जनतालाई
    समाजको विकास गर ल भनेर पठाएको तिमीलाई
    तिमीहरूको भोटले के गर्छ भन्दै खिजाए जनतालाई
    युवा बाहिरियो रोजगारी नदिई  गिजाए जनतालाई

    🇳🇵जमुना आचार्य, सिन्धुपाल्चोक।

    पञ्चाङ्ग   ०९

    फाल्नुपर्ने कुहिएको फाेहाेरकाे डङ्गुर हेर
    नालीमा मात्र पाैडने  याे जमात बङ्गुर हेर
    के भन्नु खै, यस्ता नरपशुलाई नेता भनेर
    मातृभूमि नि बेच्ने धनकाे लागि लङ्गुर हेर
    के भा`का कार्यकर्ता फेरि मान्दछन् अंगुर हेर।

    🇳🇵रामराजा के. सी. फर्पिङ, काठमाडौं।

    पञ्चाङ्ग   १०

    संसदमा      हानाहान छ
    टीकटमा     तानातान छ
    सँधै आफ्नाे मान्छे खाेजियाे
    मनपरी      जानाजान छ
    काने खुशी    कानाकान छ।

    🇳🇵म प्र घि, काठमाडौं।

    पञ्चाङ्ग   ११

    देखेँ नाटक आज याे सदनमा,गुण्डा पसे झैँ गरी
    लड्दै छन् किन दम्भले मगजका्े,झिल्ली डसे झैँ गरी
    क्राेधी देैत्य समानका किन भए,नेताहरू देशमा
    मान्छेका हुल भित्र दुष्ट मनकाे,साँढे बसे झैँ गरी
    डुक्री गर्जन गर्न गै रुख चढी,गिर्दै सखेझैँ गरी

    🇳🇵ताेयानाथ सुवेदी, काठमाडौं,काँडाघारी।

    पञ्चाङ्ग   १२

    हरे! दैव  कस्ता भए आज नेता,
    भए पात्र  जाली  सबै राज नेता।
    सधैँ लालसामा निले  राज्यतन्त्र,
    लुटे  देश  सारा  लिई ताज नेता।
    लडेका लडै छन्  चोर बाज नेता।

    🇳🇵 नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   १३

    सुन्दर गाउँ बनाउछु भनी भोटमा जितेर जान्छन्
    आफ्नो स्वार्थमा परेर कुर्सीको बोटमा जितेर जान्छन्
    कस्तो विडम्बना नेतामा परिवर्तन हुनै नसक्ने
    आज एउटा कुरा गर्दै कालो कोटमा जितेर जान्छन्
    जनताको अाँखा छली सबै नोटमा जितेर जान्छन्।

    🇳🇵अम्विका अधिकारी, झापा विर्तामोड।

    पञ्चाङ्ग   १४

    देश विकासमा आनाकान गर्छौ किन?
    अर्काको खुट्टा तानातान गर्छौ  किन?
    स्वार्थका निम्ति नै लडेका छन यहाँ
    कुर्सीका  लागि हानाहान गर्छौ किन
    यसरी कुटपिट मारामार गर्छौ  किन

    🇳🇵आर्मित्मा थापा मगर, स्याङ्जा।

    पञ्चाङ्ग   १५

    सरकारी   सम्पत्तिको    दुरुपयोग  गरे नेताले
    जनताले   गरेको   विश्वास भरोसा हरे नेताले
    यस्तो पाराले खै कहिले होला र देशको उन्नति
    आफ्नो र आफन्तजनहरूको खल्ती भरे नेताले
    हाम्रा भनी आफन्तहरुमा नभाको काम छरे नेताले।

    🇳🇵सुमित्रा पोखरेल काठमाडौं।

    पञ्चाङ्ग   १६

    जोड्नु जानेनन् नेताले फोर्नु मात्र जाने
    बाँड्नु  जानेनन् नेताले सोर्नु मात्र जाने
    कुस्तीका अखडा बनाए सदनलाई
    चल अचल सम्पत्ति जोर्नु मात्र जाने
    ढुकुटीबाट नेताले चोर्नु मात्र जाने।

           🇮🇳अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   १७

    चुनाव को बेला के के न गर्छु भन्दै हिंड्छन नेता
    सदनमा पुगेर पार्टीको खोइरो खन्दै हिँड्छन् नेता
    जनताको आँखामा छारो हालेर जहिले तहिले
    आफ्ना मान्छे माथि चढाउने सिडी बन्दैछन् नेता
    देश बेचेर खनखनी रुपियाँ पैसा गन्दैछन् नेता।

    🇳🇵सरस्वती श्रेष्ठ इटहरी।

    पञ्चाङ   १८

    सिन्को पनि नभाँच्नेले,,कुर्ची भाँची देखाएका
    बानेश्वर  सभा  हल,,,,शक्ति साँची देखाएका
    आफू पनि नबनाउने,,,,,बनेको  नि भत्काउँने
    जङलका बाँदरले ,,,,,,,,कला नाची देखाएका
    बौलाएका जनावर,,,,,किन बाँची देखाएका।

    🇳🇵लक्ष्मी प्रसाद मिश्र, लमजुङ।

    पञ्चाङ्ग   १९

    जनताको मतबाट ठूलो भयौ पुग्यौ याे ठाउँमा  ।
    भुँडी बढेकाेछ अझ तिम्रो विकासकाे याे नाउँमा।
    झुटकाे खेती गरी आश्वासन बाँड्न पछि नपर्ने
    झेलकाे  व्यूह रचेका हौ  कुर्सी पाउने  याे  दाउमा ।
    तिमीले हिजो दिएको वाचा अधुरै छ याे गाउँमा ।

    🇳🇵भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   २०

    नेताकाे चिलाएकाे टाउकाेमा चुट्दैछन् आज
    कामकाे जिम्मेवारी पुर्याउन फुट्दैछन् आज
    दु:ख गरी सदनकाे कुर्ची फुटाल्न पठायाैँ
    फाटेका मनलाई मिलाउन खुट्दैछन् आज
    असल विवेकी सभ्य नेता नै जुट्दैछन् आज !

    🇳🇵सुरेश चन्द्र घिमिरे, लमजुङ।

    पञ्चाङ्ग  २१


    कार्यकर्ता बनाएर जनतालाई खेलाउँछन् बरै
    आज हुन्न भोलि पक्का भन्दै अड्काई झेलाउँछन् बरै
    यस्तै हुन् दौरा सुरुवाल र कोट लगाउनेहरू त
    मौका पाएका बेला दाईँमा गोरु झैँ रेलाउँछन् बरै
    ठाउँमा पुग्छन् वाचाबन्धन भुलेर सेलाउँछन् बरै ।

    सरर आए नेताजीका टोली मागेर गए भोट पनि
    बाटोमा झाल, साँघुरो त्यो पथ, च्यातेर गए कोट पनि
    सङ्घर्षको मैदानमा एक भोटको लागि पनि चाप्लुसी
    चुनावपछि बिर्सिएछन् मनमा रहेनछ खोट पनि
    भोट माग्न मात्र सम्झिने जनताको त भुले चोट पनि ।

    🇳🇵सविता के.सी. काठमाडौं।

    पञ्चाङ   २२

    देशमा  चुनावको  लहर आएको छ
    गोप्य  मतदान गर्न रहर लाएको छ
    आफ्नो  मताधिकार  सदुपयोग  गर्दै
    छुट्टै किसिमको यहाँ माहोल छाएको छ
    नेता कार्यकर्ता गाउँ र बस्ती धाएको छ

    🇳🇵तारा घिमिरे, संखुवासभा।

    पञ्चाङ्ग    २३

    जनताले भोट दिए बिकास होला भनी!
    अशिक्षा, बेरोजगारी निकास होला भनी!!
    भत्ता खान्छौ जनताले कर तिरेको पैसा !
    कस्ले सोच्यो आफ्नै घरको मिजास होला भनी
    संसदमा लडाईंको विभास होला भनी !!                                                        
    🇳🇵मिथिला अधिकारी, मकवानपुर हेटौडा।

    पञ्चाङ्ग   २४

    नेपालीहरुको बिश्वासको अपमान गर्ने ठाउँ भयो ,
    जनताको कुभलो गरेरमात्र नै नेताको नाउँ भयो।
    कुर्सी हानाहान,रमिता देखाए सत्ता मा भत्ता खानेले,
    किन गर्यौ हामीले मतदान न देश न त गाउँ भयो,
    जनताहरुको पसिनामा नेताहरु  तर्ने नाउँ भयो।

    🇳🇵दुर्गा आचार्य, मोरङ्ग।

    पञ्चाङ्ग   २५

    नाटक हेर सदनमा कस्ता     भए नेता
    देशको काम गर्छु भनी सस्ता भए नेता
    कस्तो बिड़म्बना हेर   गणतन्त्र भएको
    चुनावको बेलामा हेर्दा जस्ता भए नेता
    सदनमा पुगेपछि  नै त्यस्ता भए नेता।

    🇮🇳सीता देवी, लखिमपुर आसाम भारत।

    पञ्चाङ्ग   २६

    बुझेनन् कहिल्यै भलाे मृत्तिकाकाे
    निमाेठे जहल्यै गलाे मृत्तिकाकाे ।
    भयाे   कष्ट   सारै   बगे अश्रुधारा
    लुटाए  सबै त्याे थलाे मृत्तिकाकाे
    ढलाए कठै त्याे तलाे मृत्तिकाकाे।

    🇳🇵चन्द्रावती अधिकारी,  कोहलपुर  वाँके

    पञ्चाङ्ग   २७

    देशको  बिगार्ने काम गर्यो नेताले
    भ्रष्टाचार गरि खल्ती भर्यो नेताले
    सदनमै  कुर्सी    हानाहान गर्दछौ
    नैतिकताबाट   सधैँ   झर्यो नेताले
    आफ्नैलाई मात्र दाम छर्यो नेताले ।

    🇳🇵सुशीला पौडेल, काठमाडौं।

    पञ्चाङ्ग   २८

    कुर्सी तानातान र हानाहानमा जुटे नेता
    दल भित्रिभत्रै गुट बन्दी बन्यो फुटे नेता
    सत्ता मोह मात्रै यिनको जनको गाँस खोसी
    देशको मुहार के फेर्थे धन नै लुटे नेता
    जनताको  पीरमर्का  नबुझेर टुटे नेता

    🇳🇵सरिता काफ्ले कोहलपुर बाँके।

    One thought on “साप्ताहिक पञ्चाङ्ग चित्रपटको नवौँ शृङ्खला सम्पन्न

    Leave a Reply