
साउदी अरब को राजधानी रियादस्थित एउटा कम्पनीमा कार्यरत गोर्खा का अविनाश कार्कीको हिजो दिउँसो हृदयघातबाट मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार मृतक अन्दाजी २७ वर्षीय अविनाश चार वर्षदेखि सो कम्पनीमा कार्यरत थिए भने दोस्रोपटक नेपाल छुट्टीमा जाने तरखरमा थिए।
सोही कम्पनीमा कार्यरत उनका साथी खिम ओलीका अनुसार यसपटक उनले विहे गरेर आउने तयारी गरेका थिए ।
खिम भन्छन् विडम्बना…. मान्छेले आफूले सोचेजस्तो कहाँ हुँदोरहेछ र आफ्नै अगाडि साथीले ज्यान गुमाउन पुग्यो ।
छिटो भन्दा छिटो लासलाई घर फर्काउन सकियोस् भन्दै उनी आफैंले दूतावासका कर्मचारीलाई सम्पर्क गरी जानकारी गराइसकेको बताउँछन् ।

