
१.
घरदैलो
पार्टीका कार्यकर्ता
गुनासाे विकासकाे माग !
२.
तालमेल
कमजाेर खुशी
पार्टीमा चर्काे विरोध !
३.
निर्वाचन
खर्चिलाे प्रणाली
कार्यकर्ता परिचालन कठिन !
४.
मतदाता
दिग्भ्रमित मनस्थिति
पार्टीपिच्छे तानातानकाे अवस्था !
५.
परिणाम
बहुमतकाे कदर
निष्पक्ष कार्यसम्पादनकाे आशा !
६.
आमसभा
मान्छेकाे भीड
बाटाेखर्च खानपीनकाे व्यवस्था !
७.
भाषण
हवादारी कुरा
बाेलेकाे भएन पूरा !
८.
भ्रष्टाचार
गलत विचार
नियम विपरीत सम्पत्ति !
९.
दूरदर्शिता
भविष्यकाे परिकल्पना
विकास कार्याेजनाकाे छनौट !
१०.
समृद्धि
जीवनस्तरमा परिवर्तन
देशकाे चौतर्फी विकास !
नवराज भट्ट
महेन्द्रनगर

