
१
वसन्त
रङ्गीचङ्गी फूलहरू
रमाएका सुन्दर पक्षीहरू !
२
वसन्त
बाग मगमगाउँदै
सुगन्धित पुष्प फुलेर !
३
वसन्त
बहार आएको
नव पल्लव हरियाली !
४
वसन्त
ऋतुहरूका राजा
फैलाउँदै खुशी अनन्त !
५
वसन्त
सुन्दर हरियाली
मनमा उमङ्ग अनन्त !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ


आहा!!! सुन्दर शब्द र भावका अब्बल उदकहरु दिज्यू।