साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खला शनिबार सम्पन्न

  • १४ बैशाख २०७९, बुधबार ०८:२९ मा प्रकाशित
  • काठमाडौ, १० बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४३ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    मिल्दासम्मन् अधिकार र प्यार,
    कुरा बिग्रे भन्दियो बलात्कार ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    भन्छौ बिहे गर्छु पक्कै, अप्ठ्यारो नमान,
    सँगै लान्नौ भने मलाई, त्यता नतान ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [२]
    स्वार्थ पूरा हुँदासम्म नाच्दै मुजुर,
    केही छैन् लुट्न बाँकी गर्दछु उजुर ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी

    [३]
    मिल्दा सुरा सुन्दरी सबै मिलायो,
    कस्तो रैछ दिल भुकम्पै दिलायो ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [४]
    सतायो उही पुरानो रोग बल्झेर मरेको,
    सोच्दासोच्दा यो ज्यान गलेर सिकिस्त परेको।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [५]
    हाेस कहाँ हुन्छ र ? रमझम गरुन्जेल,
    टुसाउँछ अनि झाङ्गिन्छ याे स्वार्थकाे खेल।
    ✍️
    मित्र उराठी गाैतम
    तिलाेत्तमा-२

    [६]
    आज कुरो मिलाएर राती, हामी सँगै सुतौँला,
    कसैको नजर पर्यो भने, उजुरीमा जुटौँला।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी

    [७]
    मन मिलेसम्म त भयो दुई जनाको प्यार,
    अलि खटपट के भयो भनी दियो बेकार।
    ✍️
    राम रावल सागर
    कैलाली

    [८]
    तिम्रो प्यार पुगेन् मेरो छेउमा आऊ,
    मान्छे म हजुरकै हो नमान्नु झ्याऊ ।
    ✍️
    अनिल प्रसाद यादव
    रूपन्देही

    [९]
    मन मिले त्यही कुरा हुन्छ मुजुर,
    नमिले त्यही कुरामा दिन्छन् उजुर।
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [१०]
    पहिले पहिले त भन्यो निश्छल प्यार,
    पछिबाट भन्यो त्यसलाई बलात्कार ।
    ✍️
    दीपक ठटाल जलन,
    खरसाङ।२३.०४.२२

    [११]
    मन मुटु मिलुन्जेल हुन्छ घरबार ,
    जब मन भर्छ तब खोज्छन् अधिकार ।
    ✍️
    बुद्धिमान चौधरी
    क . न. पा. ४ झापा

    [१२]
    यो सामाजिक ढाँचा फितलो हुँदै गयो,
    इमान धर्म आफैँ औषधि जस्तो भयो।
    ✍️
    सुरेशकुमार पान्डे
    घोराही उप महानगर पालिका१८ दाङ।

    [१३]
    मनको चरी नफस्नु है जालमा,
    फसी गए निस्कनु एक तालमा ।
    ✍️
    पुष्पशायरा
    बिराटनगर ।

    [१४]
    कुरा मिलुञ्जेल प्रेममा नानाथरी सबै नै हुने,
    कस्तो खेल जब मन टाढिन्छ पिडित बनी रूने।
    ✍️
    शंकर कार्की,
    थाहा ३मकवानपुर।

    [१५]
    जिउनकाे लागि परिश्रम गर्नु,
    अल्छी बनेर भाेकभाेकै नमर्नु।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [१६]
    बाचा र कसम खाइ हातै ताने,
    गल्ती भएपछि अदालत जाने ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१७]
    हेप्नसके धन भए मोज अहङ्कार,
    दिमाग खराब भएमा भो अत्याचार ।
    ✍️
    चुडामणि देबकोटा
    सिमरा बारा

    [१८]
    सुन न प्यारा बज्दैन एक हातले ताली,
    मायामा फेरि धोका भए म निस्कौँला जाली ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१९]
    महिलाको पर्दा तानी रमाउने बानी,
    आफ्नै स्वास्नी बेश्या भन्दै अर्काकी छ रानी।
    ✍️
    पौडेल विमुन्स
    पोखरा कास्की

    [२०]
    नशामा फूलको सट्टा चढाउॅंछु जवानी,
    चोखिन खोजे, तिमी हुन्छौ पहिले खरानी।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [२१]
    आफ्नाे स्वार्थकाे लागि गरिन्छ यहाँ प्यार,
    सब लुटिएपछि के खाेज्नु अधिकार ।
    ✍️
    प्रेम कला चापागाईं (सिटाैला)
    मेचीनगर १२ झापा

    [२२]
    पियार हो भन्दै गला पो समायौ,
    जननीको ‘उपमा’ कसरी पायौ?
    ✍️
    अनिल खग्रास
    पर्वत

    [२३]
    माया पिरती गाँसेर फोटो खिँचेको गाला टाँसी,
    स्वार्थ पूरा गरी विनाकारण छोडी भाग्यौ हाँसी ।
    ✍️
    भगवती दवाडी
    दमक झापा

    [२४]
    स्वार्थ मिलेमा सबैकुरा नसाेचेकाे बन्छ,
    नभएमा केही पूरा आराेप झुट्टा भन्छ ।
    ✍️
    रामकृष्ण दुवाडी

    [२५]
    प्यारो हुन्छ भाँडो पकाएर खुवाउन्जेल भात,
    पत्रु बन्नेछ जब त्यो बदलिन्छ उसको जात ।
    ✍️
    होम प्रसाद
    धरान, सुनसरी

    [२६]
    उर्लेर आउरे खोला बगरमा,
    अचेल बैँस बिक्दैछ शहरमा ।
    ✍️
    जि कुमार गौतम
    भद्रपुर-१ पृथिविनगर झापा

    [२७]
    सोचविचार राम्रो लिनु नै ठूलो कुरा,
    भव्य महल छोडी हिड्नु बुद्धि अधुरा।
    ✍️
    सुरेखा चाम्लिंग
    -भक्तपुर

    [२८]
    चुनाव आयो एक अर्कामा रिस नदेखाऊँ,
    जसले जिते नि दुखीलाई चोट नपुराऊँ ।
    ✍️
    तारा घिमिरे

    [२९]
    सस्तो भएछ तिम्रो प्यार भनिदे भैगो बलात्कार,
    मासियो मायाको संस्कार धोका प्रेमको उपहार ।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान कालेबुङ्ग,भारत।

    [३०]
    आफैँले भन्याै मेराे राजा गराैँ आज प्यार,
    फेरि किन गुहार माग्छ्यौ भन्दै बलात्कार ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [३१]
    मिलेमा सबै लुट्छौ खल्तीनै रित्याइलिन्छौ,
    बलात्कार केस त भन्यौं प्रमाण के दिन्छौ ?
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [३२]
    मिल्दासम्म त मनपरी,
    नमिलेपछि भुलगरी ।
    ✍️
    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [३३]
    जे भए नि स्वीकार्ने आफ्नो अनुकुल परेमा,
    नत्र मुद्दा नै हालिदिने दायाँबायाँ गरेमा ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३४]
    मन मिले माेज गर्ने,
    नमिले इज्जत हर्ने !
    ✍️
    गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [३५]
    लेनदेन मिले लटरम्म,
    मन फाटे बलत्कारसम्म !
    ✍️
    इन्दिरा देवकोटा

    [३६]
    सहमतिमा गरे मोजमस्ती प्यार,
    बिमतिमा भैदिए हुन्छ बलत्कार !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [३७]
    स्वार्थ मिलेमा आहा ! क्या मज्जाकाे हाँसखेल ,
    धक्का लागे मान सान खानामा जालझेल ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३८]
    पानीमाथि बनेका छन्, ओभानु आज जो जति,
    देश खाने गभारोको, बनेको छैन् रे ओखती।
    ✍️
    रामशरण न्यौपाने
    भक्तपुर

    [३९]
    काम देखाउने जालमा सजिलै परे,
    भुँडी भर्न अझैँ खानमा अगाडि सरे ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४०]
    मन मिल्दा हुन्छ नै हाँसी खुशी सधैँ बारबार,
    आफू जित्न नसकेमा भन्छन् चाहियो अधिकार ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [४१]
    के के उल्का जादू छ मायामा,
    माया गर्दा परिन्छ छायामा ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [४२]]
    म मर्दाको मलामी तिम्रो बिहेको जन्ती बनोस्
    हाँसीखुसी होऊन् सारा तिम्रो जोडी वाह भनोस् ।
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी”
    कालेबुङ ,दार्जिलिङ

    [४३]
    जीवनभर साथ दिन्छु, फकाएर मार्यौ,
    स्वार्थ पूर्ति गरेर वाह ! अन्तै डेरा सार्यौ ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    ✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️

    Leave a Reply