टुक्का अभियन्ता समुहकाे २ दिने विशेष प्रशिक्षण तथा कार्यशाला गाेष्ठी सम्पन्न

  • ३० चैत्र २०७८, बुधबार ०५:०६ मा प्रकाशित
  • २९ चैत,
    १० बुदे कार्ययोजना तय गर्दै टुक्का अभियन्ता समूहको २ दिने कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा उक्त गोष्ठी २०७८ चैत २८ र २९ गते भर्चुअल माध्यमबाट सम्पन्न भएकाे हो । टुसासका संस्थापक सल्लाहकार तथा टुक्का अभियन्ता अरुण नदी खत्रीकाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा ताराप्रसाद चापागाईं, अरुण नदी खत्री, म्यामराज राई, हाेमप्रसाद न्याैपाने, रामशरण न्याैपाने, राजेशराज गड्तौला, बेदु न्याैपाने, रामकृष्ण दुवाडी, जमुना आचार्य, वसन्त अनुभव, अनिल खग्रास, रचना शर्मा प्रतीक्षा, पुष्पा सायरा, लक्ष्मी श्रेष्ठ, भगवती दवाडी, सुरेशकुमार पान्डे, चिरञ्जीवी ढकाल, अच्युत घिमिरे, केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सहयात्री शाेभा अर्याल, रिजाल विनोद, दुर्गा भट्टराई समेत २२ टुक्का अभियन्ताहरूकाे सक्रिय सहभागीता रहेकाे थियाे ।

    २०७८ भदाै १७ गते गठन भएकाे टुक्का अभियन्ता समूह लघुत्तम नव काव्यिक विधा टुक्का कविताकाे उन्नयनमा विशेष सक्रिय टुक्काकारहरूकाे एउटा समूह हाे ।

    कार्यक्रमकाे उदघाटनकाे क्रममा प्रमुख अतिथि अरुण नदी खत्रीले छाेटाे समयमा लाेकप्रिय बन्न सफल भएकाे नयाँ काव्यिक विधा टुक्का काे संरक्षण र सम्बर्धनमा सबै एकजुट भएर लाग्नु पर्ने भन्दै कार्यक्रम भव्य रुपमा सफल हाेस भन्ने कामना गर्नु भएकाे थियाे।

    कार्यक्रमकाे पहिलाे दिन टुक्का अभियन्ता बिच टुक्का लेखन तथा विभिन्न बिषयहरूमा छलफल भएकाे थियाे भने दाेस्राे दिन हालसम्मकाे कार्यमुल्याँकन तथा आगामी कार्ययाेजना बारे छलफल हुनुकाे साथै १० बुदे कार्ययाेजनाहरू तयार गरीएकाे थियाे।

    कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता हाेम प्रसाद न्याैपानेले बढी सक्रिय रुपमा टुक्का लेखन अभियानमा भाग लिने सर्जकहरूकाे पहिचान गरेर प्राेत्साहन गर्नु पर्ने भन्दै २ दिने कार्यक्रममा उत्साहपुर्वक सहभागी भई कार्यक्रम सफल भव्य रुपमा सफल बनाउनु हुने सम्पूर्ण टुक्का अभियन्ताहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

    One thought on “टुक्का अभियन्ता समुहकाे २ दिने विशेष प्रशिक्षण तथा कार्यशाला गाेष्ठी सम्पन्न

    1. हार्दिक बधाई छ समस्त टुक्का सर्जकहरूलाई !

    Leave a Reply