
साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को छैटौँ भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।
साप्ताहिक पञ्चाङ्ग लेखनको यस शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र नारायण प्रसाद निरौला रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।
यस शृङ्खलाका लागि चित्रको संकलन सुशिला पौडेलले गर्नुभएको थियो भने समायोजन सोमनाथ लुइँटेल ‘रवि पाल्पाली’ ले गर्नुभएको थियो ।
चित्रपट

सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू
पञ्चाङ्ग ०१
तिमी र म बिच झगडाको चर्चा चलायौ
सम्बन्धा कायम गराउन अर्चा चलायौ
झगडालाई धुप हाल्ने हाम्रो कुसंस्कार
जनता दुषित बनाउन मर्चा चलायौ
आफू जोगिनलाई तिमीले पर्चा चलायौ ।
=================
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”, पाल्पा।
=================
पञ्चाङ्ग ०२
मित्रता जेल होइन ।
कुनै बेमेल होइन ।
साथ साथीत्व सम्बन्ध,
जाल र झेल होइन ।
जिन्दगी खेल होइन ।
=================
✍️आर्त अकुलीन, कैलाली।
=================
पञ्चाङ्ग ०३
१
साथीभाइको हो एकछिनमा झगडा परे एकछिनमा मेल
सँगै पढ्ने र खेल्नेअहिले टाक्कटुक्क भरे एकछिनमा मेल
लामो यात्रा सँगैको हाँसेको खेलेको याद रहिरहने पलको
छ रमाइलो धेरै समय सँगै बस्दा गरे एकछिनमा मेल
ठाकठुक परिरहन्छ कुरा नमिल्दा सरे एकछिनमा मेल।
२
किन हेपेर बोलिनु पर्यो निहुँ देखाई झगडा यहाँ
अब सक्छु मपनि लड्न पाखुरा सेकाई तगडा यहाँ
मिलेमा मिल्ने कुरा नमिले पेल्ने प्रवृत्ति धेरै देखियो
त्यतिकै कमजोरी नसम्झ राख्ने टेकाई भगडा यहाँ
बाल्यकालको शान मेल झेलको रेटाई अखडा यहाँ
=================
✍️जमुना आचार्य, सिन्धुपाल्चोक।
=================
पञ्चाङ्ग ०४
हामीहरू बीच निकै पेला-पेल हुन्थ्यो
ख्यालख्यालैको प्रतिस्पर्धाका खेल हुन्थ्यो
बाल्यकालका ती दिनहरूमा सदैव,
रमाइलो ख्याल ठट्टा जालझेल हुन्थ्यो
कहिले झगडा त कहिले मेल हुन्थ्यो ।
=================
✍️वसन्त अनुभव, दाङ।
=================
पञ्चाङ्ग ०५
साथीत्व हो आधार सानोतिनो कुरामा लड्नु हुँदैन
शक्ति प्रर्दशन गरी तान्नु र अपाच्य भन्नु हुँदैन
सँगै खेल्ने सँगै डुल्ने अनि सधैँ मिलेर पढ्नु पर्छ
एक अर्काेमा ठग्नु हुँदैन, कुलतमा फस्नु हुँदैन
पर्खी तँलाई भनी, भविष्यलाई दाउ रच्नु हुँदैन ।
=================
प्रेम थापा, बागलुङ।
=================
पञ्चाङ्ग ०६
अज्ञानले त्रस्त कुपात्रलाई,
घम्ण्डले ग्रस्त कुपात्रकाई।
माया र अर्ती पनि लाग्छ गाली,
भुजङ्गले मस्त कुपात्रलाई।
अवश्य नै डस्छ कुपात्रलाई।
=================
✍️ नारायणप्रसाद निरौला, काठमाडौँ।
=================
पञ्चाङ्ग ०७
एकताको साथी हामी
नबनाैँ है घाती हामी
झगडा फाइदा छैन
मिलेर नै जाती हामी
बाजेका हाैँ नाती हामी ।
=================
✍️ मधुसूदन प्रसाद घिमिरे, शान्तिनगर,काठमाडाै।
=================
पञ्चाङ्ग ०८
इमान्दारीता हुनुपर्छ निष्पक्षता केलाउदै जाइन्छ भन्छन्
गुणदोष हेरी दुवैमा योग्यताको पुरस्कार पाइन्छ भन्छन्
मुर्खताको पारखी भएर दाजुभाइ एकअर्को चिनिँदैन
समाज चिनाउन आफुमा आत्मविस्वास बल चाइन्छ भन्छन्
सहकार्य सहमति काम गरे दुवैलाई मिलाइन्छ भन्छन् ।
=================
✍️अम्बिका अधिकारी, मोरङ
=================
पञ्चाङ्ग ०९
हर्के र बिर्खे एउटै ठाउँ नगर झगडा
निस्वार्थी बनी घरमा जाउ नगर झगडा
क्राेधले खान्छ दुवैमा हान्छ फाईदा हुँदैन
मिलाई हात कपडा लाउ नगर झगडा
नभुल अब पढ्नमा धाउ नगर झगडा।
=================
✍️सुरेश चन्द्र घिमिरे, तनहु
=================
पञ्चाङ्ग १०
द्वन्द पनि साथी बिच कसरी गरुँ अब
त्यही साथी नबोल्दा कहाँ गैइ मरुँ अब
झगडाको बिउ सानो भएनि मुटु बिझ्छ
बोली बराबर भएमा कता सरुँ अब
सम्झदाँ झरेको आँसु केके मा भरुँ अब ।
=================
✍️पद्मा रिजाल, बाँके कोहलपुर
=================
पञ्चाङ्ग ११
नगर्नू भाइ कल शत्रुले दाउ खाेज्छ
खाेजेर मर्म त्यही अघिकाे घाउ खाेज्छ
भाइ फुटेकाे बेला गवार लुट्छ भन्छन्,
भाेकमरीकाे बेला महङ्गाे भाउ खाेज्छ,
पापी छ याे दुनिया डुबाउन नाउ खाेज्छ।
=================
✍️चन्द्रावती अधिकारीले, बाँके कोहलपुर
=================
पञ्चाङ्ग १३
साथीमा सानो निउँ देखाई पेलापेल नगर
ख्याल ख्यालै आपसमा रिसाउने खेल नगर
साथी भएका जिन्दगीभर चाहिने सम्बन्ध हो
जिस्किएर नराम्रो शब्दको जालझेल नगर
सधैँ मिल्नुपर्छ तर कहिल्यै बेमेल नगर ।
=================
✍️दुर्गा भट्टराई, मोरङ
=================
पञ्चाङ्ग १४
एउटै गाउँका साथी हौ हेर गर्नु हुन्न झगडा
एक आपसमा मायाले बेर गर्नु हुन्न झगडा
एउटै विछ्यौनामा सुत्दा अवश्य लात लाग्न सक्छ
आगो र पानी बन बरु धेर गर्नुहुन्न झगडा
यसो अरूले नी भनेको टेर गर्नु हुन्न झगडा ।
=================
✍️सरस्वती श्रेष्ठ, इटहरी
=================
पञ्चाङ्ग १५
भाईहरू झगडाले नास गर्ने हन्छ
सधैँ खाए बगडाले गाँस भर्ने हुन्छ
गाँस बास कपासमा बाधा पर्न सक्छ
मौका पारी तगडाले आस मर्ने हुन्छ
सानोतिनो जगडाले बास टर्ने हुन्छ ।
=================
✍️गुणनिधि घिमिरे, पाँचथर
=================
पञ्चाङ्ग १६
आपसमा मिल्नुपर्छ लडाइँ गर्नु हुन्न बाबू
मनमा ईर्ष्या डाहा प्रतिशोध भर्नु हुन्न बाबू
मिलनसार बन्नुपर्छ, ज्ञान सिक्ने ज्ञान दिने
सन्देशमा कुसंस्कार कुरीति छर्नु हुन्न बाबू
खराब आचरण विष तुल्य पर्नु हुन्न बाबू ।
=================
✍️सविता के.सी. , काठमाडौं
=================
पञ्चाङ्ग १७
छिनमै रिसाउने छिनमै खुसी हुने बानी हाम्रो
केही सिक्नका लागि हुनुपर्छ लगानी हाम्रो
किन गर्नु तेरो मेरो बेकार हो रिस राग साथी
झैझगडा हैन मित्रता बन्नुपर्छ आँखाको नानी हाम्रो
कृष्ण र सुदामाको जस्तो बन्नुपर्छ कहानी हाम्रो।
=================
✍️निर्मला सुवेदी, बागलुङ।
=================
पन्चाङ १८
बच्चा चलेको निहुँमा बसाइँ सर्थे बुबा आमा
एकछिनमा मिल्थे बाझ्थे छक्क पर्थे बुबा आमा
खेल्दा खेल्दै नराम्ररी कुटाई खान्थे साथीसँग
साथी भेला पारेको देख्दा गाली गर्थे बुबा आमा
कहिले त बिगार गर्दा बिगो भर्थे बुबा आमा ।
=================
✍️तारा घिमिरे, संखुवासभा।
=================
पञ्चाङ्ग १९
जुट्नु र फुट्नु नियतिकाे खेल भन्छन्
सधैँ अरूले मात्र गर्छ झेल भन्छन्
मिलेर बाँज्नु पनि जिन्दगी हुन्छ रे
एक्लाे बाँच्न परे त जानू जेल भन्छन्
यहाँ कमजाेरलाई त पेल भन्छन् ।
=================
✍️रामराजा के. सी.
फर्पिङ, काठमाडौं
=================
पञ्चाङ्ग २०
सुख दु:खमा साथ दिई सँगै रुनुपर्छ
वशमा ल्याउन उसकाे मन छुनुपर्छ
बहाना बनाउन कुनै जरुरत पर्दैन
मनकाे दाग सबै साबुनले धुनुपर्छ
सम्बन्ध दिगो बनाउन इच्छा हुनुपर्छ ।
=================
✍️श्रद्धा आचार्य , पोखरा
=================
पञ्चाङ्ग २१
कलह साथी बिच कहिले हुनु हुन्न
झगडा कसरी भयो भनी रुनु हुन्न
पहिले नै बिचार गर्नु पर्छ साथीमा
दु:खमा साथिलाई बोलिले छुनु हुन्न
साथीको बिचार जानी -जानी धुनु हुन्न ।
=================
✍️सुशीला पौडेल, काठमाडौं
=================
पञ्चाङ्ग २२
धेरै फुर्ती किन किन यहाँ लाउँदै बस्न थालिस्
मुक्का हान्ने कपट मनले धाकले डस्न थालिस्
तेराे भन्दा मजबुत ममा बाजुले काम गर्छ
हेर्लास् भन्दै अझ किन दुवै हात नै कस्न थालिस्
धेरै जाली कपट मनले पिर्न गै खस्न थालिस्
=================
✍️ताेयानाथ सुवेदी
=================


पञ्चाङ्ग अनुरागी सम्पुर्णमा हार्दिक बधाई व्यक्त गर्दछु ।
पञ्चाङ्ग अनुरागी सम्पुर्णमा हार्दिक बधाई व्यक्त गर्दछु ।