तेलको मूल्य उच्च हुँदा साउदी अरामकोको नाफा १२४ प्रतिशतले बढ्यो

  • ७ चैत्र २०७८, सोमबार १०:१९ मा प्रकाशित
  • काठमाडौं । साउदी अरेबियाको तेल कम्पनी साउदी अरामकोले आइतबार सन् २०२१ को आम्दानी रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्ट अनुसार कम्पनीले यो वर्ष खुद नाफा दोब्बरभन्दा बढी ११० अर्ब डलर कमाएको छ । कच्चा तेलको उच्च मूल्य, बलियो रिफाइनिङ र केमिकल मार्जिन, र यसको रसायन व्यवसायका कारण सन् २०२१ मा सन् २०२० को तुलनामा १२४ प्रतिशत बढी नाफा कमाएको कम्पनीले जनाएको हो ।

    सन् २०२० मा कोरोना भाइरको महामारी उग्र बिन्दुमा रहेका बेला अरामकोले ४९ अर्ब अमेरिकी डलर नाफा कमाएको थियो । यस वर्ष अर्थात् सन् २०२१ मा ११० अर्ब अमेरिकी डलर नाफा कमाएको कम्पनीले जनाएको हो । यो समाचार आएसँगै आइतबार ४ प्रतिशतले अरामकोको सेयर बढिसकेको छ ।

    महामारी शान्त भएपछि सन् २०२१ को मध्यपछि बढ्दो मागका कारण कच्चा तेलको मूल्य वृद्धिले नाफा बढी गर्न फाइदा पुगेको कम्पनीले जनाएको छ । अहिले रुसले युक्रेनमाथि आक्रमण गरेका बेलासमेत कच्चा तेलको मूल्य बढेको छ ।

    Leave a Reply