‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २४औँ शृङ्खला सम्पन्न

  • ३० फाल्गुन २०७८, सोमबार २१:१३ मा प्रकाशित
  • काठमाडौ, २८ फागुन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २४ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २४औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    भुक्नेहरू भुकिरहून्, हिड्छु आफ्नै बाटो,
    टन्न भुँडी भरिन्छ, देशभक्तिको साटो।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    जति हसुरे नि नभरिने, कस्तो होला थैलो,
    आमा पनि बेची छाड्यौ, उघारी घरको दैलो ।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    ओढेर देशभक्तिको दोसल्ला बेचेँ माटो,
    मातृभूमि पुरै बेच्न बनाउँदैछुँ बाटो।

    सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [३]
    कार्यकाल सकिएपछि घरदैलोमा आउलास्,
    फेरि यो पल्ट पनि जिताइदेऊ भन्दै धाउलास्।

    म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [४]
    कराउँदै जान्छ काग, पिना सुक्दै जान्छ,
    हुतिहारा नामर्दले भन के पो खान्छ ?

    रामजी लामिछाने
    पोखरा

    [५]
    जता हेर्यो अस्त ब्यस्त छ खान मात्रै सिके,
    स्याल बनी कुर्सी चढे सिंहको दम्भ झिके।

    शंकर कार्की
    थाहा नगरपालिका मकवानपुर।

    [६]
    भुकेर देश चल्ने भए सबै कुकुर राजा हुन्थे,
    राजा हुन नपाएर होला व्यर्थै जाल किन बुन्थे।

    दीपक ठटाल जलन
    खरसाङ

    [७]
    देशभक्ति भन्या कुन चरी हो, रहेछ मात्रै नारा
    टन्न खाइन्छ भरिन्छ भुँडी, लुटेर जनता सारा ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [८]
    धेरै नभर नेता भुँडी, पड्किएला फेरि,
    आफ्नै विकास गर्दैछाै, मार्लान् जन्ताले घेरी !

    गाेपालकृष्ण डंगाेल
    इटहरी, सुनसरी

    [९]
    लुक्ने भुक्ने ढुक्ने कुरा कैले बन्द हुन्छ साथी
    कति भुँडी मात्र भर्दछौ मोज गरेर माथि ।

    गुणनिधि घिमिरे
    पाँचथर

    [१०]
    लुट्ने भुक्ने जुट्ने गर्छन् अधिकतर मात्रा,
    जन्ता र देशलाई भने देखाउँछन् जात्रा ।

    प्रेमकला सिटौला

    [११]
    चिप्लो घस्दै नेताले गाउँमा नआए हुन्छ,
    जन्ताको बिजोग हुँदा कसको मन छुन्छ ।

    तारा घिमिरे
    संखुवासभा

    [१२]
    पत्याउन्नन् तिम्लाई साराले,
    देशभक्तिका खोक्रा नाराले ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [१३]
    अस्तिसम्म थियो तिम्रो झुपडीको बास,
    जनता झुक्याइ जोड्यौ सम्पत्तिको रास ।

    बिके माकजु
    भक्तपुर ।

    [१४]
    सतीले सरापेको देशमा यस्तै हुन्छ,
    भुँडी भर्नेको नामले नै उचाइ छुन्छ ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१५]
    भाषणमा भन्छौ भने छुन्छु म आकाशकै जून,
    जनताको हकहित त देखाउने दाह्रा हुन ।

    Bhushan Jung
    Nepal

    [१६]
    चुनावका बेला मात्र घर घर धाउँछन्
    अरू बेला नेताहरूले मुन्टो लुकाउँछन्।

    सरस्वती श्रेष्ठ
    इटहरी

    [१७]
    देश बनाउँछु भनी जनतालाई ढाँटेर आफ्नै महल बनायौ,
    भो नआऊ यता जनताको सामु तिमी भ्रष्टाचारी ढुङ्ढुङ्ती गनायौ ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१८]
    जनता प्रति नै भेदभाव गर्यौं, अब त कुकुरको दशा हुन्छ,
    चुनाव आउँदैछ नेता ज्यू, भोट मागी चिच्याउँदा कसले सुन्छ।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१९]
    रातो भाले कालो बोको देश बनाउने मन्तर,
    शक्ति राष्ट्रभक्ति भित्र छैन हाम्रो कुनै अन्तर।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [२०]
    जस्ताे गर्याै त्यस्तै बाेल्याै, झुठो भुक्नुसम्म भुक्याै ,
    देश लुटी पुगेन उता हात पसार्दै झुक्याै ।

    प्रद्युम्न चालिसे

    [२१]
    खाऊ घुस गर मोज, रित्तो गोजी भरेर,
    आउँदैन शान्ति यो देशमा, केही गरेर ।

    रिजाल विनोद

    [२२]
    जीवन सबै अर्पण गरेकाे छु नेता बन्नलाई,
    दमनमा राख्छु जनता तिनकै करमा रमाई ।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [२३]
    देशभक्तिको नारा बोकी, जनता उचाली हिड्छौ ,
    कुर्सीको लागि हानथाप गर्दै आपसमा भिड्छौ ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२४]
    निस्वार्थी जति चैँ शहिद भए, स्वार्थी सत्तामा रहे,
    लोभी जति पदमा नै गए, जनताले धेरै सहे ।

    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [२५]
    सधैँ राष्ट्रभक्तिको जपेर मूल मन्त्र,
    देशमा मच्चाउनु पर्दछ लूट तन्त्र ।

    बिबस पारदर्शी
    भद्रपुर – २ ( झापा )

    [२६]
    देशभक्ति गफ मात्रै हो चुनाव जित्नलाई,
    त्यसपछि आफ्नो बाटो, के रह्यो र बित्नलाई ।

    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [२७]
    देश दुख्यो जनता दुखे तिम्लाई के को वास्ता,
    झोला भर भुँडी भर तिम्ले चट्ट खाइ नास्ता ।

    शान्ता निरौला
    पाँचथर ( कन्याटार)

    [२८]
    डलरले भर्यौ भुँडी भयौ मालामाल,
    पछि भुँडी फुटी होला भ्यागुताको चाल ।

    बेदु न्यौपाने
    💕काठमाडौ

    [२९]
    दु:ख मनाउ झैँ लाग्यो सुन्दाखेरि देशभक्तिको नाम,
    सबै शोषक भ्रष्टाचारी जन्मे कस्ले गर्ने राम्रो काम ।

    जि कुमार गौतम भद्रपुर -१
    (पृथिविनगर) झापा

    [३०]
    जनताको बजार भाउले डँडाल्नो सेक्ने हो कति,
    नेताले मन्त्री बनेर सत्तामा बसे झन् हुन्छ खति ।

    भगवती दवाडी
    झापा

    [३१]
    अब चाहीँ फेर्नुपर्दछ आफू हिॅड्ने बाटो,
    देश विकास गर्नुपर्छ भुॅडी भर्नु साटो ।

    सरस्वती श्रेष्ठ

    [३२]
    बहकाउँछु जनताकाे मन, मेरै भुँडी हेर्दै,
    चुनावी नारा घन्काउँछु, खाएको कसम फेर्दै।

    प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [३३]
    खोजी गरेर सजाय दिनुपर्छ भ्रष्टाचारी,
    देश सफा गरेर फोहोर फालौँ है बिचारी ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३४]
    चुनाव आउँदा जनता चिन्छन् नत्र बिर्सी जान्छन्,
    भ्रष्ट्रचारी चोर नेता सधैँ देश लुटेर खान्छन् ।

    ललिता अभागी
    सुनकोशी५-सिन्धुली

    [३५]
    देशभक्ति भन्ने कुरा नारा मात्रै हुन जान्छ,
    जसले सक्छ उसैले मिलाई मिलाई खान्छ ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [३६]
    गरेर आफै गल्ती कसलाई दोष दिउँ अरु,
    बुद्धि पुराई समयमा नै सचेत बन्छु बरु ।

    माहादेव भट्ट
    दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन बैतडी

    [३७]
    भुक्ने कुकुर भुकिरहन्छ छोड्दैन हात्तीले चाल,
    छोडिदेऊ नानाथरि सबैकुरा खानुपर्छ माल ।

    कमला देवकोटा
    पाल्पा

    [३८]
    जनतालाई कुकुर भन्छन् चुतिया हुँडारहरू,
    यस्ता घिचुवा सबै मर्नुपर्ने, भुँडी फुटेर बरू ।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३९]
    चिप्लाे घसी बाेलिदिन्छु, नेता भनुन् धन्न ,
    भुँडी भर्छु बसी बसी हसुरेर टन्न ।

    रामकृष्ण दुवाडी
    पाेखरा

    [४०]
    भ्रष्टाचारी अनि दलाल हुँदा शान्ति छैन देशमा,
    नेपाली जनता रमाउने गर्छ सजिए भेशमा ।

    संझना कुसुम

    [४१]
    जनताका पसिनामा सधैं कति गर्छौं हो मोज,
    तिम्रा दिन गए अब नेताज्यु लुक्ने ठाउँ खोज ।

    दुर्गा भट्टराई
    मोरङ

    [४२]
    सहयोग लिनेमा भनि जनताको नाम सोचिन्छ
    नाम तिम्रो देखाएर पैसा आफ्नो खातामा कोचिन्छ।।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४३]
    झुकिरहून् परचक्री भुली आफ्नै देशकाे माटाे,
    सबै जन मिलाैँ चुनाबमा देखाऔँ तेर्साे बाटाे ।

    निरज काेइराला
    बेलका १ हालः इटहरी

    [४४]
    आफू भलाे जगत भलो टन्न भर आफ्नाे भुँडी,
    बाँकी रहे जनतालाई खाओ भन बाँडीचुडी ।

    रामकृष्ण रिजाल
    बागलुङ

    [४५]
    जति विरोध गरेपनि नडराउने बानी,
    कमाइयो कालो धन मस्त भयो जिन्दगानी ।

    मनोहरी पौडेल
    नवलपुर ,गैडाकोट १

    [४६]
    तिमी जस्तै बाठो जनता,अब छैनन् लाटो,
    खाकाे तिम्रो भुडी फुटाई खुवाउँछन् माटो ।

    रामप्रसाद पुरी
    ऐसेलुखर्क २ खोटाङ

    [४७]
    गरेनन् काम कोही, देश पछाडि पर्यो,
    खै कुन नेताले यहाँ राम्रो काम गर्यो ।

    अनिल प्रसाद यादव
    रुपन्देही हाल पाल्पा

    ✡️✡️ जय टुक्का ! जय साहित्य !!✡️✡️

    Leave a Reply