साप्ताहिक उदक लेखन शृङ्खलाको ४३औँ भाग शनिबार सम्पन्न

  • ५ चैत्र २०७८, शनिबार २३:३९ मा प्रकाशित
  • काठमाडौ, ५ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    होली
    खुसी उमङ्ग
    खेलेर विविध रङ्ग !

    वसन्त अनुभव
    घोराही, दाङ

    [२]
    होली
    रङ्गहरूको पर्व
    जताततै छ हर्ष !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.वा-३,काभ्रे

    [३]
    होली
    सातै रङ्ग
    मिलिजुली खेली दङ्ग !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [४]
    होली
    मायाको रङ्ग
    ईश्वरको अंश सँग !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [५]
    फागु
    रङ्गीन हाेली
    खेलाैँ माया घाेली !

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    [६]
    होली
    पर्व रङ्गको
    चौतर्फी खुसी उमङ्गको !

    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [७]
    होली
    खुसीको उत्सव
    रङ्गको अनुपम पर्व !

    आर्त अकुलीन
    कैलाली

    [८]
    हाेली
    रङ्गहरुको उत्सव
    वसन्त ऋतुकाे आगमन !

    श्रद्धा आचार्य
    पोखरा

    [९]
    रङ्ग
    फागु पूर्णिमा
    रातो पहेँलो शरीरमा !

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१०]
    होली
    रमाइलो पर्व
    सबैले गरौँ गर्व !

    नारायण कोइराला
    तानसेन पाल्पा।

    [११]
    हाेली
    हाेलिका दहन
    खुशी रङ्ग अंकमाल !

    नवराज भट्ट

    [१२]
    ढुरहेरी
    दिल खुस
    रंगीन सारा बस्ती !

    सागर कुस्मी `संगत´
    कैलारी ८ कैलाली

    [१३]
    होली
    रङ्गको पर्व
    रङ्गीन आत्मिक सम्बन्ध!

    राजाराम रत्गैंया अमौरा
    कैलाली

    [१४]
    झोली
    केही नबोली
    भन्दैछन् ह्यापि होली !

    दुर्गा अधिकारी भमरकोटे ।

    [१५]
    होली
    मनपेट खोली
    रङ्ग दलेर उज्याली !

    पुष्पशायरा । बिराटनगर ।

    [१६]
    फागु
    रङ्गको पर्व
    मिलिजुली मनाआौ हर्ष !

    गोपालप्रसाद पौड्याल
    विराटचोक, मोरङ

    [१७]
    हाेली
    मैत्रीपूर्ण खेल
    सात रङ्गकाे मेल !

    टिकाराम जोशी

    [१८]
    हाेली
    रङ्गकाे पर्व
    असत्य माथिकाे बिजय !

    गिरी बलराज

    [१९]
    होली
    मनभरिको खुशी
    रङ्ग छर्ने उत्साह !

    अम्बिका अधिकारी

    [२०]
    रङ्गको
    उत्सव होली
    मनाऔँ दिल खोली !

    मंगला उपाध्याय

    [२१]
    रङ्ग
    आपसी सम्बन्ध
    गाढा बनाउने कार्य !

    भवानी घिमिरे
    सर्लाही

    [२२]
    होली
    वसन्तको उमङ्ग
    खेलौँ सौहार्दले रङ्ग !

    सन्तु खत्री
    काठमाडौँ

    [२३]
    होली
    मनको भाव
    रङ्गीन जीवनको प्रतिबिम्ब !

    शिव खनाल जीवम

    [२४]
    होली
    दिल खोली
    मनाऔँ रङ्ग दली !

    धनमाया चौधरी कैलाली

    [२५]
    होली
    रङ्ग घोली
    दलेर गयो नबोली !

    पशपती राई
    खोटाङ

    [२६]
    खासमा
    होलीको उल्लासमा
    उमङ्ग साथीत्वको आभासमा !

    प्रेम थापा ” मन ” बागलुङ

    [२७]
    होली
    वर्षमा एकदिन
    पवित्र रङ्गको संसार !

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [२८]
    होली
    असत्य माथि
    सत्यको जित भएको !

    संझना कुसुम

    [२९]
    होली
    रङ्गको वर्षा
    उमङ्गका साथ खेलिने !

    खेमराज पुरी कैलाली

    [३०]
    हाेली
    रङ्गहरूकाे पर्व
    सम्बन्ध कायम राख्ने !

    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    [३१]
    होली
    खुसीको रङ्ग
    सारा नेपालीमा उमङ्ग !

    बादल गुरुङ’वियोगी’

    [३२]
    रङ्ग
    मन चङ्ग
    शिशिरको भो आगमन !

    कण्ठराज गिरी
    टीकापुरकैलाली हाल अष्ट्रेलिया

    [३३]
    होली
    फागु पुर्णिामा
    रङ्गहरूको पर्व मनाइने !

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [३४]
    होली
    मीठो बोली
    खेलौँ रङहरू घोली !

    वासुदेव ज्ञवाली
    पाल्पा तानसेन -१

    [३५]
    हाेली
    रङ्गहरुकाे पर्व
    सभ्यता संस्कारमा गर्व ।

    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [३६]
    पूर्णिमा
    रमाऔँ होलीमा
    विकृति हटाई संस्कृतिमा !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौं

    [३७]
    सप्तरङ्गी
    होलीको आगमन
    वसन्तले फेर्यो रङ्ग !

    सरिता काफ्ले
    कोहलपुर बाँके

    [३८]
    फागुमा
    रङ्गको उमङ्ग
    सत्यको विजयले दङ्ग !

    सुमित्रा पोखरेल
    काठमाडौं

    [३९]
    होली
    उमङ्ग घोली
    खेल्यौ रङ्गको लोली !

    बिबस पारदर्शी
    झापा भद्रपुर,

    [४०]
    होली
    सांस्कृतिक पर्व
    नेपाली पहिचानमा गर्व !

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४१]
    जीवन
    रङ्गीन कल्पना
    रङ्गाउने पुरा बिपना !

    जमुना कायस्थ
    पोखरा

    [४२]
    रङ्ग
    हाेलीमा दङ्ग
    फागु मनाइयो उमङ्ग !

    प्रद्युम्न चालिसे

    [४३]
    होलीमा
    रमाउ हामी
    सबै मिलेर लोलीमा !

    सुशीला पौडेल

    [४४]
    होलीले
    उदकको बोलीले
    सातै रङ्गको गोलीले !

    सविता के.सी.

    जय उदक ! जय साहित्य !!

    Leave a Reply