
समर्पण रम्जान,
१३ मार्च २०२२,दमाम,साउदी अरब । साउदी अरबको दम्माममा खान समेत समस्यामा परेका ८ जना पीडित नेपाली श्रमिकहरुलाइ २ हप्तालाइ पुग्ने गरि एनआरएनए साउदीले खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
६ महिना अगाडी नेपालको wisdom Human resource Pvt. ltd बाट हेभी ड्राइभर कामका लागि आएका ८ जना नेपालीहरु अलपत्र परेका, खान समेत नपाएको र सहयोगको लागि अनुरोध आएपछि एनआरएनए साउदिले तत्काल खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
पीडित ड्राइभरहरुले नेपाली राजदूताबासका स्थानीय जन सम्पर्क अधिकारी नारायण पास्वान लाई पासपोर्ट बितरणको क्रममा आफुहरुलाइ रोजगारदाता कम्पनीले अलपत्र बनाएर राखेको कारण भोक भोकै बस्नुपरेको पिडा सुनाएर खानाको ब्यबस्थापन गरिदिन आग्रह गरे बमोजिम म्यान पावर कम्पनी वाट सोधभर्ना हुनेगरी तत्काल खाधन्न सामग्री उपलब्ध गराउन गैर आबासिय नेपाली संघ साउदी अरबको अध्यक्ष डमर कुमार यादव, उपाध्यक्ष रबिना अर्याल, गैर आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका मध्य पुर्ब सह संयोजक राजेन्द्र अर्याल र नेपाली राजदुतावासका जन सम्पर्क अधिकारी श्री नारायण पासवानको संयुक्त टोलि पीडितहरुलाइ भेटेर दुई हप्तालाई पुग्ने खाधन्न उपलब्ध गराएको हो ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार पीडित श्रमिकरूलाइ स्वदेश फिर्ती , न्याय र क्षतिपूर्ति दिलाउन हुनका लागि सरोकारवालाहरु तथा नियोग सङ्ग एनआरएनए साउदिले जोडदार माग गरेको छ ।



