त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

  • १९ फाल्गुन २०७८, बिहीबार २०:४५ मा प्रकाशित
  • १९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थल क्षेत्रमा कमजोर सुरक्षा प्रबन्धको फाइदा उठाउँदै अनाधिकृत व्यक्ति सजिलै छिर्न थालेपछि चारकिल्ला क्षेत्रभित्र तारबार मर्मत तर सरसफाइको काम सुरु गरिएको छ ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोटेश्वर क्षेत्रबाट यस्तो मर्मतको काम थालिएको हो । यो काम विमानस्थललाई घेर्ने सबै क्षेत्रमा गरिने भएको छ । ‘झाडी पन्छाउने र तारबार मर्मतको काम थालेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘यसबाट मानिसहरुको गतिविधिसमेत निगरानी गर्न सहज हुने छ ।’

    अघिल्लो साता काठमाडौंबाट दोहा उड्ने क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा पार्किङ क्षेत्रमै व्यक्ति पुगेर जहाज चढेका थिए । उनी विमानस्थल घेर्न बनाएको पर्खाल नाघेर विमानस्थल क्षेत्र भित्र प्रवेश गरेको पाइएको हो ।

    विमानस्थलको बाहिरी घेरा कुल १० किलोमिटर हाराहारीको छ । यसमा लगाइएको तारबार जिर्ण अवस्थामा पुगेका कारण सुरक्षा चुनौती थपिएको छ ।

    Leave a Reply