साउदीको दम्माम मा पीडित १५ जना नेपालीलाई प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चद्वारा खाधन्न सामग्री प्रदान।

  • २६ माघ २०७८, बुधबार २१:५९ मा प्रकाशित
  • ९ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा वेस्टर्न ह्युमन रिसोर्स प्रालि मार्फत साउदी आएका १५ जना नेपालीहरु दम्माममा अलपत्र परेपछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने खाधन्न सामग्री प्रदान गरेका छन् ।

    पीडित हरुको बारेमा पिटि अनलाईन मार्फत जानकारी प्राप्त भएपछी नेपाली साझा मन्च साउदीका अध्यक्ष अकल प्रधानको नेतृत्वमा पीडितहरुलाइ भेट गरि समस्या बुझेको थियो। उहाँहरुको समस्या बुज्दा खाद्यान्न लगायतको समस्या रहेको पाए पछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने दाल ,चामल ,तेल मसला ,फलफुल लगायतको सामग्री मन्चको संयोजक अकल प्रधान ,उप संयोजक अन्जान गुभाजु,प्रवासी मिलनको सचिव उदय चौधरीले आज पीडितको रुममा पुगी हस्तान्तरण गरेको छ।

    १५ जना पीडित मध्ये एक देव लामा अल्सरको विरामी रहेको उनको उपचारको लागि दिदिबहिनी समुह साउदिकि अध्यक्ष तुलसी गुरुङको समन्वयमा उपचार गरेको थियो ।
    पीडितहरुको सहयोगमा साथ दिनु हुने काजी गुरुङ (अध्यक्ष ),रबिन्द्र शाह ,उदय चौधरी र ज्ञानु तमु तथा प्रवासी मिलन एकत समाजका सम्पुर्ण टिम ,पीडित बारे जानकारी दिनु हुने पिटि अनलाईन , दिदीबहिनि समुह साउदीकि अध्यक्ष तुलसी गुरुङ र नेपाली साझा मन्चको सम्पुर्ण टिमलाइ नेपाली साझा मन्च ,राष्ट्रिय समन्वय परिवारले आभार प्रकट गरेको छ ।

    Leave a Reply