साउदी अरबको ताबुक क्षेत्रमा हिजो बिहान भएको दुर्घटनामा
एकजना नेपालीको मृत्यु भएको छ।
स्रोतका अनुसार बिहान काममा जाने बेला सडक दुर्घटनामा परी दाङका कमल बस्नेतको मृत्यु भएको हो।
प्राप्त जानकारीअनुसार दुर्घटना पश्चात शवलाई कहा र कुनअवस्थामा राखीएको छ भन्ने जानकारी नभएको बताइएको छ।
महबाणिज्यदुताबास जेद्दाका अनुसार मृतक कमल बस्नेतको बारेमा दूतावासलाई जानकारी भएकातापनि कम्पनीको सम्पर्क नम्बर नभएको ले अहिलेसम्म प्रक्रिया अगाडी बढेको छैन
।
यद्यपि कोही कसैलाई मृतक कमल बस्नेतको कम्पनीको बारेमा वा व्यक्तिगत तर्फबाट चिन्नु हुन्छ भने वहाँको राहादानी वा कम्पनीको सम्पर्क नम्बर उपलब्ध गराउन सम्बन्धित सबैलाई महबाणिज्यदुताबास जेद्दाद्वारा आग्रह गरिएको छ।

