सहिद परिवार लाई सम्मान कार्यक्रम मधेसी दल द्वारा बिथोल्ने प्रयास, तर पनि कार्यक्रम सफल

  • १५ माघ २०७८, शनिबार २१:५२ मा प्रकाशित
  • सहिद परिवार लाई सम्मान कार्यक्रम मधेसी दल द्वारा बिथोल्ने प्रयास गरे पनि कार्यक्रम सफल सफल भएको छ। मधेस जनविद्रोह समिति द्वारा हरेक वर्ष झै यो वर्ष पनि मधेस आन्दोलनमा सहादत प्राप्त भएका परिवार जन लाई सम्मान २०७३ देखि गर्दै आएका छन् । आज बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा न.५ गण्डक बहुवरीमा कार्यक्रम हुदा जसपा नेपालका वडा अध्यक्ष रामेश्वर साह कलवारले आफै खडा भएर कार्यक्रम बिथोल्न लाई वडा प्रहरी कार्यालय बाट प्रहरी बोलाएर बिथोल्न निर्देशन दिएका थिए। तर प्रहरीले सबै कुरा निरीक्षण गरि केही हस्तक्षेप नगरे पछि कार्यक्रम सफल भएको छ।

    वडा अध्यक्ष कलवारले आफू सर्वोच्च बुझेर म जे गरे सबै नियम नै हो भन्ने धाक देखाउदै संचारकर्मी संग नै बाझेका थिए, म संग सोधेर यहाँ समाचार संकलन गर्न आएको भने प्रश्न गरेका थिए। कार्यक्रम विथोल्न लाई आफ्नो समकक्षी लाई लगाएर अगाडी सारेका थिए।

    जनप्रतिनिधि भनेको जनताको प्रतिनिधित्व गर्ने हो तर जनताका लागि ज्यान गुमाएका सहिद परिवार लाई सम्मान कार्यक्रम नै बिथोल्नु भनेको धेरै कुराको संकेत दिएको हो। वडामा कुनै कार्यक्रम गर्न लाई वडा अध्यक्ष संग सोधेर गर्नु पर्छ र सार्वजनिक ठाउँमा विना सोधी कुनै किसिमको कार्यगर्न नमिल्ने भनी धाक देखाएका थिए।

    वडा अध्यक्ष कलवारले विकासको नाममा ५० वटा रुख लाई नष्ट गरि आफ्नो नाम कमाउन लाई आज पनि कार्यक्रम बिथोल्न अध्यक्षको सोच रहेको मजविसका केन्द्रिय सदस्य अजय पटेलले बताए। पटेलका अनुसार हामीले पर्यावरण संरक्षणका लागि बृक्षारोपन गरेका थिए तर वडा अध्यक्ष कलवारले अरुले केही नगरोस नत्र भने अरुको नाम हुन्छ भन्ने संकिर्णसोचले ग्रसित भएर त्यो जेसिबी लगाएर सबै वृक्ष नष्ट गरेको बताए।

    सहिद परिवार द्वारा सहिदको नाम अमर रहोस भन्ने सोचले बृक्ष लगाउन जादा वडा प्रहरीकै सामु आफ्नो धाक देखाउदै लगाउन नदिएको हो। अध्यक्षले मधेसी दल मध्ये जसपा नेपालको भएर मात्र यस्तो गरेको हो किनकी उनकै पार्टीका बन मंत्री भएर पार्टीको धाक देखाउदै लगाउन नदिएको केस पटेलले बताए। कार्यक्रम कोभिडको कारण लगाइएको नियम भित्र १०-१५ जनाको सहभागितामा मात्र गरिएको थियो।

    Leave a Reply