‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान रोक

  • ७ माघ २०७८, शुक्रबार २०:३३ मा प्रकाशित
  • काठमाडौं। सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ।

    गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै माघ १० गतेदेखि लागू हुनेगरी भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाइएको जनाएको छ।

    बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जनाएका छन्।

    Leave a Reply