दाङ्ग तुलसीपुरबाट लागु औषध सहित तीन युवती र दुई पुरुष पक्राउ

  • १७ पुष २०७८, शनिबार १०:५३ मा प्रकाशित
  • ईलाका प्रहरी कार्यालय तुलसीपुरले लगु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । दुई दिनको अवधिमा ३ युवती र २ जना पुरुष गरी पाँच जनालाई लागु औषध सहित पक्राउ गरेको ईप्रका तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

    ईप्रकाबाट खटिएको प्रहरीको बिशेष टोलीले तुलसीपुर बजार लगायत आसपासका वडा एरियाहरुबाट पुस १५ र १६ गते ५ ग्राम ७१० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ (ख) लाईन बस्ने १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दिपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीय रुद्रमणी पोखैल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं. ७ सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली रहेका छन् ।

    Leave a Reply