उदक स्रष्टा आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २१ मंसिर २०७८, मंगलवार १३:५९ मा प्रकाशित
  • ✍️ आर्त अकुलीन


    तराई
    सुन्दर तोरीबारी
    वरिपरि मौरीको रसपान !

    स्वार्थ
    सम्बन्धको पतन
    धरातल बिर्सने मानिस !

    भोक
    सुकेको आँत
    चुनौती भोकमरी अभाव !

    अन्धकार
    हाँडीगाउँको जात्रा
    सस्तो आँटोले पखाला !

    बिहान
    उषाको लाली
    कतै पानीको छिटा !

    लालित्य
    बिहानी आश
    भोकाएको पेटलाई गास !

    ग्रहण
    जूनको दाग
    मनमा लुप्त सौन्दर्य !

    स्वदेश
    माटोको सुगन्ध
    हिमाल पहाड तराई !

    कमलासन
    ब्रह्माजीको नामैले
    खुसी भो मन !
    १०
    कमलनाल
    पानीमा तैरिएको
    पात यो फूल !
    ११
    सखरसाला
    सखरमा रमाए
    ज्यान यो जाला !
    १२
    खग्रास
    धमिलो आकाश
    मनमा नमिठो आभाष !
    १३
    मानिस
    सन्तानमा लगाम
    नियतिमा कुकुर अनुपम !
    १४
    औँसी
    सुनसान सडक
    व्यर्थ भुक्ने कुकुरहरू !
    १५
    शिशिर
    जाडोको जोहो
    रुई फुई दुई !

    कैलाली

    Leave a Reply