
उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको दशौँ शृङ्खला सम्पन्न भएको छ ।
उक्त उदक वाचन कार्यक्रमको प्रमुख अतिथि साहित्यकार बालकृष्ण खनालले कवि र माझीको कहानी बताउँदै नेपाली साहित्यमा उदयमान काव्यिक विधा उदकको संरचनागत अवधारणाको जानकारी लिएर उदक लेख्न जाने सहज हुने विचार राखेर उदकको उज्ज्वल भविश्यको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उदक वाचन कार्यक्रमको दशौँ शृङ्खलामा विशिष्ट अतिथि पञ्चाङ्ग विधाका प्रवर्तक साहित्यकार सोम लुइटेलले कार्यक्रममा उदक यात्रीको सहभागिताका साथै काव्यिक विधाअन्तर्गतको उदकलाई सफलताको शिखरमा लैजान सामुहिक साहित्यिक एकताको आवश्यकता भएको गहन धारणा राख्नुभएको थियो ।
सो कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय बाछिटा प्रतिष्ठानका अध्यक्ष साहित्यकार खगेन्द्रप्रसाद बस्यालले कार्यक्रममा वाचन गरिएका उदकहरू भावगत विचारले माथि पुगेका र समग्र उदकहरू सबल र सफल भएको धारणा राख्नुभएको थियो ।
दशौँ साप्ताहिक उदक वाचन कार्यक्रममा उदक यात्री प्रेम थापा, लक्ष्मी बस्याल, सुमित्रा पोखरेल, केशब न्यौपाने, पुष्प राना, सरस्वती श्रेष्ठ ( रुपन्देही ), बादल वियोगी गुरूङ, सुरेशचन्द्र घिमिरे, वसन्त अनुभव, रोशन पराजुली, प्रद्युम्न चालिसे, कमला देवकोटा, पुष्पा सायरा, रमा पन्त, सविता केसी, सरस्वती वली राना, निर्मला सुवेदी, उर्मिला पन्त, गुणनिधि घिमिरे, लक्ष्मी प्रसाद मिश्र, नवराज भट्ट, घनश्याम पौडेल, कविता आचार्य, देवेन्द्र शाक्य, धर्मी शाक्य, जमुना कायस्थ लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष आर्त अकुलीनले उदकको सैद्धान्तिक अवधारणाको बारेमा जानकारी गराउँदै उदकमा पहिलो पङ्क्तिमा रहेको एक शब्दले परिचय, दोस्रो पङ्क्तिमा रहेका दुई शब्दले व्याख्या र तेस्रो पङ्क्तिमा रहेका तीन शब्दले निष्कर्ष दिनुको साथै उदक काव्यिक विधाको लघुतम रूप भएकोले काव्यिक भावका साथै आन्तरिक संरचनामा जोड दिन अनुरोध गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका अध्यक्ष तथा काव्यिक विधा उदकका प्रवर्तक साहित्यकार आर्त अकुलीनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उदक साहित्य समाज नेपालको महासचिव हिमाल अम्मैले गर्नुभएको थियो ।
सम्पुर्णलाई हार्दिक बधाई आउँदो दिनमा अझै निखारिरेर जावस् सफलताको
शिखर चुन्दै संसार भरी चाँडै नै उदक फैलिन सकोस् शुभकामना ।