साप्ताहिक उदक अभ्यासको ३२औं शृङ्खला सम्पन्न; ८३ जना उदक स्रष्टाहरूको सहभागीता

  • १० पुष २०७८, शनिबार १९:२५ मा प्रकाशित
  • काठमाडौ, १० पौष। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३२ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    photo : social media

    तस्बिरमा उदकका सहभागी सर्जकहरू

    १//
    बाध्यता
    दुखको भारी
    अविरल जीवन यात्रा!
    ✍️
    राजाराम रत्गैंया अमौरा कैलाली

    २//
    उदक :
    अतुलनिय
    निस्वार्थ माया
    कर्तब्यपथमा आमाको हृदय !

    ✍️उर्मिला पन्त पाण्डेय, ज्ञानेश्वर , काठमाण्डौँ

    ३//
    आमा
    श्रद्वाकि देवी
    जीवन दिएर बँचाउने!
    ✍️
    राेशन पराजुली,धरान।

    ४//
    आमा
    ममताकी खानी
    संघर्षको अमिट कहानी !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ५//
    पद्धति
    मेरो देश
    सन्तानको भविष्य आमा!
    ✍️
    गुणनिधि घिमिरे #पाँचथर

    ६//
    आमा
    संघर्षरत प्राणी
    ममताकी विशाल खानी!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी

    ७//
    आमा
    लगाएको भार
    ममताकाे अथाह सागर!
    ✍️
    भवानी घिमिरे

    ८//
    आमा
    गर्छिन् संघर्ष
    आफ्नो सन्तानको लागि !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    ९//
    आमा
    दुईतिर भारी
    ममताले भरिएको फूलबारी !
    ✍️
    सविता के.सी., काठमाडौँ ।

    १०//
    जिन्दगी
    उकाली ओराली
    पीडा मिश्रित जिम्मेवारी !
    ✍️
    आर्त अकुलीन, कैलाली

    ११//
    काँधमा
    जिम्मेवारी बाेकेर
    संघर्षरत जिन्दगी नारीको!
    ✍️
    सावित्री अधिकारी

    १२//
    ममता
    आमाको स्नेह
    मायाको न्यानो स्पर्श!
    ✍️
    केशब न्यौपाने, नुवाकोट

    १३//
    भारी
    शारिरीक भन्दा
    मानसिक ठूलो जिम्मेवारी!
    ✍️
    घनश्याम पौडेल

    १४//
    आमा
    ममताकि खानी
    कर्मसँगै कर्तब्य बाेध!
    ✍️
    सुरेशचन्द्र घिमिरे

    १५//
    नारी
    लिन्छन् जिम्मेवारी
    लक्षिन भित्र्याउने सवारी!
    ✍️
    इश्वरी अधिकारी

    १६//
    आमा
    पिठ्युमा भारी
    सन्तानको शितल छहारी!
    ✍️
    बलराज गिरी
    कैलाली

    १७//
    संघर्ष
    बाँच्न बाध्यता
    धर्तिमा एकमुठी श्वास!
    ✍️
    कण्ठराज गिरी
    क्यानवेरा अष्ट्रेलिया

    १८//
    जननी
    ब्रम्हाण्डमै अतुलनीय
    माया जिम्मेवारी निस्वार्थकाे!
    ✍️
    मुना दाहाल

    १९//
    अामा
    मायाकी खानी
    भाग्य विधाता जननी!
    ✍️
    अाेम प्रकाश मदुवा, कैलाली

    २०/
    स्त्री
    अपार शक्ति
    अटुट मायाको खानी!
    ✍️
    राम बहादुर चौधरी, मनकामना, गोरखा।

    २१//
    आमाको
    नाम्लो माथमा
    जिम्मेवारी बोकेर काँधमा!
    ✍️
    बालकृष्ण खनाल

    २२//
    परिवार
    आफ्नै संसार
    चलाउनु छ घरवार!
    ✍️
    कृष्ण जोशी,
    मेरिलायन्ड, अमेरिका

    २३//
    आमा
    ममताकी खानी
    दायित्व ,व्यवहार संरक्षण!
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    २४//
    जीवन
    जीउनु छ
    पीडको भारी बोकेर!
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती -३,काभ्रे

    २५//
    वाध्यता
    दाउराकाे भारी
    आमा बच्चाकाे पियारी!
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर।

    २६//
    नारी
    ममताकी खानी
    बुझ्ने सधैं जिम्मेवारी!
    ✍️
    सुधा बाँस्कोटा ढकाल

    २७//
    सन्तान
    आमाको जिम्मेवारी
    यथार्थ जीवनको भारी!
    ✍️
    विनय तामाङ /भक्तपुर

    २८//
    आमा
    निस्वार्थ प्रेम
    गर्छिन् पुरा जिम्मेवारी!
    ✍️
    धनमाया चौधरी कैलाली

    २९//
    आमा
    जिम्मेवारी मायामा
    अथक सौम्य कायामा!
    ✍️
    प्रेम थापा

    ३०//
    आमा
    सन्तानको मुख
    हेर्न चाहन्छिन् सुख!
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ३१//
    आमा
    मेरो भगवान
    सदा आँखाको नानी !
    ✍️
    बिन्दु पौडेल, दाङ

    ३२//
    सौम्य
    कायाको ममता
    असिमित हेर दायित्व !
    ✍️
    कमला देवकोटा, पाल्पा

    ३३//
    आमा
    ममताको खानी
    बचाउँछ बालकको जिन्दगानी!
    ✍️
    देवेन्द्र राज शाक्य

    ३४//
    कर्तव्य
    निष्ठा अपरम्पार
    माताको ममता असीमित!
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    ३५//
    जननी
    रमेकी धर्तिमा
    आफ्नो सन्तानको मोहमा!
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    ३६//
    जननी
    सन्तानकी भगवान
    माया ममताकी खानी ।
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    ३७//
    आमा
    सन्तानको हितमा
    हिड्दै मरिहत्ते गरि!
    ✍️
    सुशीला पौडेल

    ३८//
    कहानी
    आमाको ममता
    फूलेको हाम्रो जीन्दगानी!
    ✍️
    हिमाल अम्मै घोडाघोडी कैलाली

    ३९//
    आमा
    धर धर्तीको
    रुप शक्ति दुर्गाको!
    ✍️
    मित्र कुमार आचार्य,काठमाडौं ।

    ४०//
    आमा
    ममताकी खानी
    जन्मभुमिकी निस्वार्थ दानी!
    ✍️
    टिकाराम पुन टिपु
    सल्यान छत्रेश्वरी २

    ४१//
    अामा
    ममताकी खानी
    सन्तानकी मायाकी रानी!
    ✍️
    इन्दिरा ज्ञवाली

    ४२//
    जननी
    सन्तानको माया
    मुटुको हरेक धमनी!
    ✍️
    पशपती राई खोटाङ

    ४३//
    अामा
    सन्तानकाे जिम्मेवारी
    थाक्दिनन् बाेकेर भारी!
    ✍️
    रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    ४४//
    नारी
    आमाको जिम्मेवारी
    पिठ्युंँमा बाध्यताकाे भारी ।
    ✍️
    नारायण प्रसाद उपाध्याय , कैलाली

    ४५//
    जननी
    ममताको खानी
    मायामा भुलेको पीडा!
    ✍️
    चेत राज जैशी
    हाल UAE.

    ४६//
    आमा
    निस्वार्थ प्रेम
    सन्तान मुटुको ढुकढुकी!
    ✍️
    प्रभादेवी पौडेल
    चितवन

    ४७//
    मातृवात्सल्य
    जिम्मेवारी बाेध
    मातापिता पूज्य सर्वमान्य!
    ✍️
    खड्गबहादुर गुरुङ बुटवलबाट ।।

    ४८//
    आमाको
    अचम्मको माया
    सन्तानप्रती छैन छाँया!
    ✍️
    बिक्रम तिरुवा सलिन
    जुम्ला

    ४९//
    जिन्गी
    उभरखाभर दिन
    प्रभाव ओ अभाव!
    ✍️
    सागर कुस्मी, कैलाली

    ५०//
    आधुनिक
    प्रविधिको प्रयोग
    मान्छे भड्काउने अवस्था!
    ✍️
    नारायण कोइराला
    युएई

    ५१//
    आँखामा
    आँसु रोकेर
    हिड्छौँ दु:ख पोखेर
    ✍️
    श्री लिम्बू आङ्बुहाङ पाँचथरे

    ५२//
    संसार
    जननी भगवान
    आमाको माया अपरम्पार!
    ✍️
    रिता खराल,रुपन्देही

    ५३//
    आमा
    ममताकी खानी
    दुनियाँ जगतकै दानी!
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ५४//
    अदृश्य
    काँधमा जिम्मेवारी
    सबैभन्दा महान आमा !
    ✍️
    कविता आचार्य, कैलाली

    ५५//
    रुचि
    ममताको सुरुचि
    अामा हुन्छिन् पौरखी।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    ५६//
    आमा
    पीडा सहेर
    लालनपालन गर्दछिन् हेर!
    ✍️
    धर्मी शाक्य

    ५७//
    माता
    निभाउनु पर्ने
    कर्तब्य बोधको गाथा!
    ✍️
    नुमा खालिङ्ग राई
    ईटहरी – 2 सुनसरी
    हाल – साईप्रस

    ५८//
    आमा
    जिम्मेवारी बहन
    सन्तानलाई प्रेमिल भाव!
    ✍️
    खेमराज पुरी कैलाली

    ५९//
    माता
    हरेक सन्तानमा
    माया ममता समानता!
    ✍️
    बिके माकजु, भक्तपुर ।

    ६०//
    आमा
    ममताकी खानी
    संघर्षको लामो कहानी !
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही, बुटवल

    ६१//
    मातृत्व
    दृढ सहनसिलता
    अनि महत्वपूर्ण जिम्मेवारी!
    ✍️
    गृष्मा पौड्याल
    टोकियो जापान

    ६२//
    आमा
    असीम दायित्व
    सम्हाल्दै अपार जिन्दगी!
    ✍️
    रमेश प्रभात

    ६३//
    सन्तानको
    लालनपालनमा समर्पित
    ममताकि खानि आामा!
    ✍️
    मंगला उपाध्याय
    बारा कलैया १

    ६४//
    मातृत्व
    काँधमा जिम्मेवारी
    थाक्दिनन् संघर्ष गरि!
    ✍️
    श्रद्धा आचार्य , पोखरा

    ६५//
    बाध्यता
    पारिवारिक अबस्था
    झेल्नुपर्ने अनाहकका समस्या!
    ✍️
    रामकृष्ण दवाडी

    ६६//
    आमा
    बोक्दै भारी
    श्रृष्टिकाे पक्का जिम्मेवारी!
    ✍️
    चन्द्रावती अधिकारी

    ६७//
    आमा
    सन्तानको जिम्मेवारी
    सहेर बोझ कठैबरी!
    ✍️
    सरस्वती श्रेष्ठ

    ६८//
    भारी
    फूलको थुङ्गा
    आमाको कर्तव्य पथमा!
    ✍️
    समुन्द्रा शर्मा

    ६९//
    बालक
    बनतरुल आहार
    आमालाई सास्ती अपार!
    ✍️
    जमुना कायस्थ, पोखरा

    ७०//
    माता
    जिम्मेवारीको बोझ
    सन्तानको भविष्य निर्माता!
    ✍️
    जीवन न्यौपाने

    ७१//
    आमा
    काधँमा जिम्मेवारी
    सुखी सन्तुष्ट छोराछोरी!
    ✍️
    सुमित्रा पोखरेल

    ७२//
    चिसो
    बाचौँ बचाऔँ
    मानव वस्ती जोगाऔँ!
    ✍️
    अबोध निर्मल, कंचनपुर

    ७३//
    जननी
    सन्तानकाे माया
    कर्तव्य पथमा सदासर्वदा!
    ✍️
    लता पौड्याल निरौला

    ७४//
    धरतीमा
    स्वर्गीय आनन्द
    आमाको ममतामयी साथ !
    ✍️
    टीकाराम जाेशी, टीकापुर

    ७५//
    आमा
    कठिन परिस्थिति
    सामना गर्न तत्पर !
    ✍️
    अस्मिता राउत, सोलुखुम्बु

    ७६//
    आमा
    सन्तानको माया
    प्राणभन्दा पनि प्यारो!
    ✍️
    रमा पन्त
    पाल्पा

    ७७//
    मातृत्व
    सन्तानका लागि
    प्राण भन्दा प्यारो!
    ✍️
    विष्णुदीप सङ्कल्प
    भक्तपुर

    ७८//
    प्राण
    राख्दै दाउमा
    जननी सन्तानका लागि!
    ✍️
    बिमला आठपहरिया राई – धनकुटा

    ७९//
    सजिलो
    बन्ने जीवन
    मात्र आमाको मायाले!
    ✍️
    पुष्पाशायरा । बिराटनगर ।

    ८०//
    अामा
    मायाकी खानी
    खप्छिन् सबै हैरानी!
    ✍️
    ताेयानाथ सुवेदी

    ८१//
    आमा
    पृथ्वीको जन्मदाता
    दु:खमा सुखको आभास!
    ✍️
    मिलन के.सी.(थापा)पोखरा

    ८२//
    मातृत्व
    आमाको जिम्मेवारी
    सर्वत्र उनको दायित्व!
    ✍️
    तिला लेकाली!

    ८३//
    आमा
    धरती सदृश
    सदा हृदयकी खानी!
    ✍️
    गोपालप्रसाद पाैड्याल
    विराटचोक, मोरङ

    जय उदक! जय साहित्य!!

    0 thoughts on “साप्ताहिक उदक अभ्यासको ३२औं शृङ्खला सम्पन्न; ८३ जना उदक स्रष्टाहरूको सहभागीता

    Leave a Reply