
१.
मानव
भगवानको वरदान
बन्ने कर्मले महान !
२.
कर्णाली
सुन्दरताको धनी
सयौं अमुल्य चिजहरु !
३.
नेपाल
सुन्दर भुमी
यसैमा नालायकको जन्म !
४.
राष्ट्र
सिध्याउने खेल
भ्रष्टाचारी नेता धेरै !
५.
सपना
अमुल्य उपहार
सबैको होस् बराबर !
६.
उदक
उत्कृष्ट रचना
हृदयको धेरै कल्पना !
७.
समृद्धि
हासिल अवश्य
सदैव कर्म मेहनत !
८.
विगत
आँखा अगाडि
देख्नु छ पछाडि !
९.
विकास
चौतर्फी एकनास
आओस् जोश जाँगर !
१०.
मायामा
धोका उपहार
मुटुमा छुराको धार !
११.
निर्माण
सबैको सोचमा
बनाउन सके बलियो !
१२.
श्रृङ्गारले
भरिपूर्ण नारी
पापी आँखाहरुको नजर !
१३.
हिउँदमा
अत्याधिक जाडो
चिसोबाट जोगिन आवश्यक !
१४.
प्रिया
मनकी मान्छे
तिम्रै माया अथाह !
१५.
फुलबारीमा
फुल्दै फुलहरु
बिना कुनै भेदभाव ।
✍️ बिक्रम तिरुवा सलिन
तिला गाउँपालिका ३ कुडारी जुम्ला