
काठमाडौ, २८ कार्तिक । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको आठौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
मैले गर्छु हानेजस्तो रोएजस्तो तिमी गर्नु,
तिमी र म मिलिकन पर्छ हैत छारो छर्नु।

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१//
छारो नैत छरेका छौं जनताका आँखाभरी,
नेता तिम्रो मनभित्र बस्ने भैनन् कैल्यै हरी।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
२//
छदम्वेशी दुनियाँ याे सबले नाटक गर्छन्
छुरा धस्छन् पछिल्तिर अघिल्तिर छाराे छर्छन्।
✍️
ताराप्रसाद चापागाई
धुनिबेसी
३//
गर्ने मान्छेले काम नसिकाए नि गर्छु भन्छ,
जस्ले नाटक गरि रहन्छ उहि हिरो बन्छ।
✍️
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३, काभ्रे
४//
नेता बिकासको कुरा गर्दै जनतालाई छारो हाल्छौ
कहिले दलित कहिले जनजाति भन्दै किन टाल्छौ ।
✍️
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
५//
चोरको सरदार चोरै हुन्छ डाकाकोनि डाकै,
नाटक गर्ने छारो छर्ने राम्रा नेता जनताकै!
✍️
विबस पारदर्शी
भद्रपुर न० पा० – २ झापा
६//
विकासकाे छाराे छरि जनता पाराैँ अलमल,
एमसिसिमा कुम्ल्याउँ धन जीवन झलमल।
✍️
शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
७//
रामनामी पछ्यौरा ओढेर कति चल्छ छुरी,
सबै किर्ते उदांगिन जन चेतनाको हुरी!
✍️
भुषणजंग
८//
एघार महिना सुतौं हामी मज्जाले निन्द्रा पुग्नेगरी,
विकास गर्न असार छ नि फिजाइदिउॅं आँखाभरि।
✍️
म्यामराज राई
भोजपुर
९//
ऐनाको घरमा बसी ऐनामै ढुङ्गा हान्छौ,
छारो हाल्दै हाम्राे आँखामा मान्छे किन छान्छौ?
✍️
दीपक ठटाल जलन,खरसाङ,
१०//
जनतालाई लटपट्याएर हाल्यो सबैका आँखामा छारो,
आफैँले गल्ती गरेका हुँदा आज बन्नुपर्यो सबैको तारो!
✍️
प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
११//
जो चोर हुन्छ उसैको ठुलो स्वर देश भरी,
जनता मुक्त हुँने यो रोग बाट कसो गरी?
✍️
सुरेशकुमार पान्डे।दाङ घोराही १८,
१२//
धनको पोको कुम्ल्याउन आफै लागेछन्
चोरको खुट्टा काट भन्दा कता भागेछन्।
✍️
मन्दिरा सेढाई
धादिङ,मलेखु
१३//
भष्टाचार गरी जनतालाई ठग्यो गाउँ गाउँमा,
नेता चिनी अब मुद्दा हाल्नुपर्छ उसको नाउँमा ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
१४//
चोक्टा खान गएकी बूढी मरी झोलमा डुबेर,
सुखको खोजीमा हिड्दा कठै बाटैमा चिप्लिएर ।
✍️
शारदा दाहाल भण्डारी
१५//
सोझा भए जनता साह्रै नेता कमिसन खोर,
विकास नाममा लुटैलुट छ सबै चोरैचोर!
✍️
भगवती दवाडी ,झापा
१६//
रोए जस्तो गर्ने अनि गर्ने कराए जस्तो,
बुझ्नै नसकिने चाल कसैको कस्तो कस्तो!
✍️
ललिता अभागी
सुनकोशी५-सिन्धुली
१७//
भित्र चल्छ मिलेमतो बाहिर पार्छन् नेता ठिक्क,
रस जति बाहिरिदा जनता मान्छ्न् हदै दिक्क ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर,झापा
१८//
देशको के चिन्ता गर्नु आफै हुन्छ समृद्ध नि,
हामी आफ्नो चिन्ता गरौ अनि हौला सुखी पनि!
✍️
कमला देवकोटा, पाल्पा
१९//
हामीले जस्तै गरौं जनता सबै मिलि देशमा,
उन्नति हुन्छ प्रगति हुन्छ छदम्वेशी भेषमा।
✍️
होम प्रसाद
धरान,सुनसरी
२०//
सोझा जनता बेकुफ पार्न लड्नु पर्छ हामी,
जनता लडाई ढुकुटीमा राज हुन्छ दामी ।
✍️
इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
२१//
आँशु आए जस्तो गर्नु दुखे जस्तो गर्नु,
श्वास रोकिए जस्तो गर्नु तर नमर्नु।
✍️
विमुन्स पौडेल
२२//
छारो छर्न सजिलो छैन तिमी भागी हाल्छौ,
देख्न भेट्न हुँदै हुन्न मलाई पूरै गाल्छौ ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ हाल- प्रवास
२३//
झण्डा डन्डा र गुन्डा हामीले प्रयोग गरेको,
देखावटी रूपमा विकासको छारो छरेको ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
२४//
नेताहरुको आफ्नै गीत हुन्छ आफ्नै हुन्छ धुन,
देशका नेताहरु सबै फिल्मी कलाकार हुन!
✍️
बि कुलुङ राई भारत
२५//
छातीमा मुटु मुटुमा माया मायामा तिम्रो नाम,
तिम्रो र मेरो नहुँदा भेट मायाको के छ काम!
✍️
प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम
२६//
नाटक गर्दै छारो छर्नु पर्दैन है जानु ,
घाइते नै छिन् साँचो लिनु मिलिजुली खानु।
✍️
मित्र कुमार आचार्य, काठमाडौं।
२७//
विकास नगरेको होइन गरेका छन् ठाउँमा,
नपत्याए हेर्नुस् सडकमै पोखरी छ गाउँमा !
✍️
भुपेन्द्र राना मगर धादिङ
२८//
भाैतिकवादी दुनियाँमा छ धनै प्याराे,
आँखा छल्न मानिसको छर्नै पर्ने छाराे ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
२९//
हाने जस्तो किन गर्नु हान्नै पर्ने रहेछ अब,
सक्दैनौ है छारो छर्न सबै शिक्षित हुन्छन् तब।
✍️
धनुष न्यौपाने
गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
हाल – सुर्खेत
३०//
आँसु भित्र हाँसो खोज्ने नियति छ हाम्रो,
छातीभरी पीडा बोकी हाँस्ने यत्न राम्रो!
✍️
सूर्य मणि रेग्मी
चितवन
३१//
सामान्य कुरा भो अभिनय गर्नु र छारो छर्नु,
बिर्सेकाछौ तिमीले पर्छ पछि खाली हात मर्नु!
✍️
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।
३२//
सहिरन्छन् यी जन्ताहरूले जे जे गर्छौ गर?
मोजमजा यिनैलाई नफापेको कहाँ छर।
✍️
ईशहाक हुसैन
सिमरा उ.म.न.पा. १४ २ नं.प्रदेश जि. बारा
३३//
दुष्मनी वा बैरभाव देखावटी गर्नु,
सत्ता भत्ता लिनु अनि आफ्नै भुँडी भर्नु।
✍️
रामजी लामिछाने
३४//
आफै बोक्सी अनि आफै झाँक्री बन्नुहुन्छ नेता,
काला कर्तुत जे गरेनी खाँट्टी हजुर सेता !
✍️
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
३५//
मिलिजुली खानु पर्छ,खाउँ छानी छानी,
टन्न भराैं भुँडी ,देश आफ्नै पेवा ठानी ।
✍️
मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल: बुटवल
३६//
चित्त कत्ति नदुखाऊ नानाथरी भनी,
राम्रो काम गर्नुपर्छ सत्यनिष्ठ बनी ।
✍️
रत्ना पुन मगर
रुकुम पश्चिम्
३७//
लाटो देशको गाँडाे आज तन्नेरी पाे भयाे ,
बजेटजति लुँड्यायाे र छाराे छरी गयाे !
✍️
रामकृष्ण दुवाडी
पाेखरा
३८//
जानेर पनि नजाने गरी हान्छन् नि छारो,
गरुन् अरु जेसुकै आफुले नपार गारो !
✍️
मन बहादुर पुन मगर
आठविसकोट न.पा ८ रुकुम पश्चिम
३९//
दुश्मन भएपछि छिमेकीले हमला गर्याे,
भर्खर पलाउदैथ्यो विश्वास ठहरै पर्यो।
✍️
भावना मञ्जु
विराटनगर -३/बुद्ध चाेक
४०//
रुन्छौ आफै हाँस्छौ आफै नाटक गरि गरि,
सिमा बेच्यौ नदी बेच्यौं कहाँ छ तिम्रो हरि?
✍️
दुर्गा आचार्य
मोरङ
४१//
नानाथरी मन्तव्यमा गाली वर्षाउँछन्,
पाँचतारेमा कक्टेल ताली पड्काउँछन्!
✍️
मनोहरी पौडेल
गैडाकोट १ नवलपुर (वसुपू)
४२//
देशका नेताहरू देश बिकाश गर्छौ भन्दै जनताका आँखामा छारो छर्छन्,
दुखी ती जनताबाट कर उठाई राजस्वको मोजगरि आफ्नै भुँडी भर्छन् ।
✍️
बेदु न्यौपाने काठमाडौ
४३//
खुट्टा तान्नेको के कमी हजुर अहिलेको जमानामा यहाँ,
जति नै नुहाइधुवाई गरेपनि नेता साधु हुन्छ कहाँ?
✍️
नीमा छिरिङ्ग भोटिया
जलढक्का /कालेबुङ
४४//
मतलबी रहेछ दुनियाँ सबैलाई उहीँ धन प्याराे,
कुम्ल्याउछन् ढुकुटी गर्दै देखावटी हाली आँखामा छारो।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
४५//
धर्म संस्कृति बेच्यौं कृत्रिम द्वन्द्व देखाएझैं गरी,
छारो हान्दै जनताका आँखामा आफ्नै भकारी भरी।
✍️
दुर्गा भट्टराई
मोरङ
४६//
बिकाशको नाममा जनताका आँखामा छारो छर्छौ,
भाषण मात्रै ठुला गरेर सधै आफनै पेट भर्छौ।
✍️
निर्मला शाही ठकुरी
दैलेख, हाल दार्जिलिङ
४७//
यी जनतालाई भ्रम छरी मूल्य धेरै बढाउने,
विरोध आयो भने जम्मा पाँचमा दुई घटाउने ।
✍️
श्रीकृष्ण शर्मा पोखरा
४८//
म चोर्दछु तपाई थुने जस्तो गर्नु,
म निस्कन्छु तपाईं अलिपछि सर्नु।
✍️
लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
४९//
स्वार्थी यो जमाना होकि मान्छे हो पापी,
जानीजानी विश्वास लुट्ने कस्ता घाती ।
✍️
तारा घिमिरे संखुवासभा
५०//
बाँड्याे ठूलो आश्वासनकाे झूठाे पाेका ,
लियाे भाेट जनतालाई दियाै धाेका।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर ,कटुञ्जे सु न पा ५
५१//
नेताज्यूले देश समृद्ध बनाउने सपना देख्ने,
आसेपासे ती झोले पत्रकारले बढाएर लेख्ने !
✍️
रामकृष्ण रिजाल
बा न पा १३ बागलुङ
५२//
कति हिड्छौ नेता हो अझै अन्धो बनेर,
माखो मर्दैन गफले विकास भनेर !
✍️
रिजाल विनोद
बेलबारी ०२ मोरङ
५३//
चुनावी मुद्दा संवाद युद्ध मनमा नछर्नु,
बिकास गर्छु मुखैले भन्नु हातले नगर्नु।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
५४//
आजीत भयौं हामी जनता, तिम्रो गरेर भर,
सानो ठान्दै हौला जनतालाई, अलि मान्नु डर ।
✍️
रचना शर्मा प्रतीक्षा, ललितपुर ।
५५//
हाने जस्तो भन्छौ तर ढाडै सेकाउँछौ
नचाहिॅदो ढाॅचा पारी भद्र देखाउँछौ!
✍️
घनश्याम पौडेल, सृजना चोक
पोखरा
५६//
छारो हानी जनतालाई आफनै देश बेच,
समाई कस्छन् कुन दिन हरामीको पेच।
✍️
समा रेगमी रावत, यू एस
जय टुक्का ! जय साहित्य !!

