‘ढाडे बिरालाहरू’ – कविता

  • ४ मंसिर २०७८, शनिबार ०७:१४ मा प्रकाशित
  • समय बदलिएको छ
    समय मौनतामा रहेको जस्तो लाग्छ
    कतै कोपिला चुँडिएका छन्
    त्यसैले बगैंचाका सुन्दर फूलहरू
    मुस्कुराउन पनि डर मान्छन्
    कारण
    बगैंचाका वरिपरि बिरालाहरू छन्
    ढाडे बिराहरू छन्

    सडकमा बिरालाहरू छन्
    गाउँघरमा बिरालाहरू छन्
    विद्यालय सेरोफेरोमा बिरालाहरू छन्
    कार्यालय वरिपरी देखिएका
    ती ढाडे बिरालाहरू
    बोलाउँदा बोल्दैनन्
    धपाउँदा समेत भाग्दैनन्
    चाल नै गर्दैनन्

    मुख्यतः मुसाको खोजिमा छन्
    दुधको साँची बनेका छन्
    मौनतामा मनको पेडा खाएका छन्
    र जिन्दगीभर रमाएका छन्
    ती ढाडे बिरालाहरू !

    ✍️ आर्त अकुलीन, कैलाली

    Leave a Reply