साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २३औं भाग सप्पन्न, ५३ जना उदक यात्रीहरूको सहभागीता

  • ६ कार्तिक २०७८, शनिबार १९:०८ मा प्रकाशित
  • काठमाडौ, ६ कार्तिक। साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको २३औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालको आयोजनामा आयोजित उक्त अभ्यास कार्यक्रममा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक कविताका प्रवर्तक एवं शृङ्खलाका प्रशिक्षक आर्त अकुलीनले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको प्रवर्तक अकुलीनले बताउनुभयो । शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने एउटा उदक साझ ५ बजेसम्म लेख्न भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा लेखिएका स्रष्टाका उदकहरू :


    शरद्
    निरन्तर वर्षा
    बगेको किसानको सपना !
    ✍️ आर्त अकुलीन, कैलाली

    संवत्
    साल इति
    सकिँदै धर्तीको मिति !
    ✍️ बलराज भाट , कैलाली

    झरी
    डुबानमा खेत
    हुँदै कृषक अचेत !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका-१४, दाङ


    वितण्डा
    बेमौसमी बाढी
    गरिबीमा प्राकृतिक कहर !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    मौसम
    अन्न सखाप
    सारा किसानके विलाप !
    ✍️ सागर कुस्मी, धनगढी, कैलाली

    वर्षा
    बेमौसमी झरी
    पार्दै किसानलाई दुखी !
    ✍️ सरस्वती श्रेष्ठ, इटहरी

    रसाएको
    किसानको सपना
    प्रकृतिले सबै बगाएको !
    ✍️ सरस्वती वली, बर्दिया, नेपाल

    खेत
    डुबेको धान
    पीडा सहँदै किसान !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

    वर्षा
    किसानको आस
    अहिले पार्दै सत्यानाश !
    ✍️ राम न्यौपाने, कैलाली
    १०
    पानी
    पाकेको धान
    थन्क्याउने बेला डुवान !
    ✍️ बादल गुरुङ ‘वियोगी’
    संखुवासभा, हाल: काठमाडौँ

    ११
    बेमौसमी
    वर्षाले डुबाएको
    विलिन किसानको भविष्य !
    ✍️ सावित्री अधिकारी, काठमाडौँ
    १२
    झरी
    पाकेको धान
    सपना बगेको किसान !
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा
    १३
    कार्तिक
    बेमाैसमी झरी
    कृषक वर्गमा अत्यास !
    ✍️ सुरेशचन्द्र घिमिरे, लमजुङ
    १४
    किसानी
    बगायो पसिना
    रहेन कुटानी पिसानी !
    ✍️ पशपती राई, खोटाङ
    १५
    बाढी
    कार्तिक महिना
    सम्पूर्ण धान सखाप !
    ✍️ खड्गबहादुर गुरुङ, टीकापुर, कैलाली
    १६
    वर्षा
    सबैलाई कष्ट
    खेतबारी सबै नष्ट !
    ✍️ देवेन्द्रराज शाक्य
    बुटवल, रुपन्देही, लुम्बिनी प्रदेश

    १७
    उद्दण्ड
    मानवता नीति
    विकास विनास सखाप !
    ✍️ राेशन पराजुली, धरान
    १८
    झरी
    आँखा भिजाएर
    सपना भेल बनेको !
    ✍️ दिवाकर भट्टराई, तनहुँ
    १९
    पानी
    बढेर आयो
    जनजीवन क्षती बनायो !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल: मलेसिया

    २०
    झर्झर
    बेमौसमी झरी
    किसानका सपना डुबान !
    ✍️ शिव खनाल जीवम, रुपन्देही
    २१
    पानीले
    खेतको धानसँगै
    डुबाएको हजार सपना !
    ✍️ रामचन्द्र भट्टराई, स्याङ्जा
    २२
    झरी
    एकनास पर्दै
    किसानको सपना डुब्दै !
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
    २३
    प्रकृति
    दिएर मार
    जताततै बनाएको नरसंहार !
    ✍️ इन्दिरा देवकोटा, कपिलवस्तु
    २४
    आशा
    बेमौसमी वर्षाले
    किसानकाे मुटुमा घाउ !
    ✍️ तोयानाथ सुबेदी, काठमाडौँ
    २५
    वर्षात
    किसानकाे आस
    बनाएको खेतीपाती सत्यानाश !
    ✍️ शाेभा अर्याल, रुपन्देही, बुटवल
    २६
    प्रकृति
    गरेको अत्याचार
    मानवीय पसिना बेकार !
    ✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
    २७
    वर्षा
    किसानलाई मर्का
    कार्तिक मंसिरमा बाढी !
    ✍️ प्रतिभा देवी न्यौपाने, काठमाडौँ
    २८
    किसान
    चिन्तित अति
    बाढिले गरेको खती !
    ✍️ रिता खराल, रुपन्देही
    २९
    वर्षा
    बाढी पहिरो
    किसानमा असर गहिरो !
    ✍️ अबोध निर्मल, कैलाली
    ३०
    धानबाली
    डुवानमा परेको
    किसानको मेहनत स्वाहा !
    ✍️ धर्मी साक्य, रुपन्देही
    ३१
    जिन्दगानी
    पानी जवानी
    विपद्मा हरेस नखानी !
    ✍️ भवानी घिमिरे, सर्लाही
    ३२
    बेमौसम
    वितण्डा मच्चाउँदै
    कृषककाे छाती जलाउँदै !
    ✍️ मुना दाहाल, सर्लाही, हरिवन
    ३३
    वर्षा
    किसानलाई वेदना
    सामाजिक सञ्जालमा भाइरल !
    ✍️ नारायण कोइराला, तानसेन, पाल्पा
    ३४
    वर्षा
    बेमौसमी भयो
    किसानको परिश्रम गयो !
    ✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली
    ३५
    जिन्दगी
    बेमाैसमी प्रकाेप
    भाग्यले ठगेको हरे !
    ✍️ खलविर नाराज, तानसेन, पाल्पा
    ३६
    प्रकृति
    बिग्रेको आकृति
    किसानको भएको विपत्ति !
    ✍️ राजकुमार राजभण्डारी खाेटाङ्गे, भक्तपुर
    ३७
    झरी
    खेतबारीमा परी
    कठै! अन्नको सखाप !
    ✍️ बिके माकजु, भक्तपुर
    ३८
    निर्दयी
    कार्तिके झरी
    चौतर्फी गरेको मनपरी !
    ✍️ कविता आचार्य, कैलाली
    ३९
    बाढी
    पानी धमिलो
    किसानको मनै अमिलो !
    ✍️ मन्दिरा सेढाई, मलेखु, धादिङ
    ४०
    प्रकोप
    प्रकृतिले दिएको
    मानवलाई असर संयोग !
    ✍️ सविता के.सी., काठमाडौँ
    ४१
    मौसम
    उदेक लाग्दो
    झरीको वितण्डा प्रताडना !
    ✍️ कमला देवकोटा, पाल्पा
    ४२
    प्रकाेप
    गरिबको वेदना
    अविरल बगेको नयन !
    ✍️ चन्द्रावती अधिकारी, कोहलपुर
    ४३
    खेत
    हिलाम्मे पानी
    किसानको बीभत्स कहानी !
    ✍️ जमुना कायस्थ, लमजुङ
    ४४
    कार्तिक
    अपत्यारिलो वर्षा
    जनधनको ठूलो क्षति !
    ✍️ अग्नि सुनुवार, सिन्धुली
    ४५
    किसान
    जहाज डुब्यो
    अझै त्यान्द्राको आस !
    ✍️ गोपालप्रसाद पौड्याल, विराटचोक, मोरङ
    ४६
    किसान
    बगेको धान
    पापी पेटको चिन्ता !
    ✍️ घनश्याम पौडेल, कैलाली
    ४७
    प्रकृति
    उग्र स्वरूप
    किसानको परिश्रम पानीमा !
    ✍️ सीता पाण्डेय मरासिनी, रेसुङ्गा-९, गुल्मी
    ४८
    किसान
    वर्षको परिश्रम
    खेतमा सारा विलिन !
    ✍️ बासुदेव दनुवार, सिन्धुली
    ४९
    बाढीपहिरो
    प्राकृतिक प्रकोप
    दु:ख छ गहिरो !
    ✍️ दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ
    ५०
    बेमौसमी
    वर्षाले भित्र्याउने
    किसानको मेहनतको सत्यानाश !
    ✍️ सुमित्रा पोखरेल
    ५१
    किसान
    डुबायो धान
    पीडादायी कृषक जीवन !
    ✍️ वासुदेव ज्ञवाली, तानसेन-१, पाल्पा
    ५२
    किसान
    बाढीको प्रकोप
    बगेछ पसिनाको मूल्य !
    ✍️ शान्ति नाथ पुरी, कैलाली
    ५३
    झरी
    खेतबारी डुबान
    चुँडेर मुखको गाँस !
    ✍️ समुन्द्रा शर्मा, इटहरी

    Leave a Reply