
स्रष्टा उर्मिला पन्त पाण्डेयका पाँच उदकहरू :
१.
दसैँ
महान चाड
हामी नेपाली समाजको !
२.
दसैँमा
भेटघाटको मेलो
परिवार आफन्तको रमाइलो !
३.
दसैँको
रमझम सकियो
विस्तारै आउँछ तिहार !
४.
तिहार
लक्ष्मीको पूजा
दाजु भाइलाई आशिष !
५.
तिहार
टिकाको दिनमा
भाइ बहिनीको भेटघाट !
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ

