
१
झरी
बेमौसमी पानी
खेतीपातीमा भएको हानी !
२
माैसम
खेतीपाती सखाप
हामी किसानको विलाप !
३
वर्षात्
बेमौसमी झरी
दिनहुँ गरेको मनपरी !
४
प्रकृति
गरेको अत्याचार
किसानका परिश्रम बेकार !
५
पानी
पाकेकाे खेती
गरेको सम्पूर्ण क्षती !
६
वर्षा
कृषककाे आश
खेतीपाती बनाएको सत्यनास !
७
निर्दयी
बेमौसमी झरी
गरेको चारैतिर मनपरी !
शाेभा अर्याल
रुपन्देही, बुटवल

