पर्सा संवददाता,
वीरगंज, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफ्नाेलाई काखा र अर्कालाई पाखा लगाउने गरेको आरोप लगाएका छन् ।

एउटै प्रकृतिकाे घटनामा दोषि ठहरिएका आफ्नाे मानिसलाई सुरक्षा दिनु र अरु मानिसलाई कारागारमा राखेर सजाय दिनुले सरकारको विभेदकारी व्यवहार देखाएकाे अध्यक्ष ठाकुरले आरोप लगाए ।
अध्यक्ष महन्थ ठाकुरले अधिकारकालागि सडकमा निस्कएका मधेसी जनतालाई गोली हानेर बनाइएको संविधान मधेसकालागि स्वीकार्य नहुने बताए ।
पर्साको पकाहामैनपुरमा आइतबार आयोजित शहिद सत्रुधन पटेलको श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै ठाकुरले मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको जनाए।
जबसम्म मधेसकाे माग समेटिंदैनन् तबसम्म मधेसीले यो संविधानको अपनत्व लिन नसक्ने अध्यक्ष ठाकुरले भन्नु भयाे, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउँने बताए ।
संविधान जारी हुनुपूर्व आफ्ना माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाई खस शासकले बदलाको भाव राखेर गोली चलाइ हत्या गरेको आरोप उहाले लगाउनु भयाे।
अहिले पनि मधेस प्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उहाले जनाए, ‘अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन्, सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन् । माओवादी सशस्त्र युद्धका घाइतेलाई राज्यले भरपोषण गरिरहेको तर मधेस आन्दोलनका घाइतेहरुलाई भने वास्ता नै नगरेको गुनासो उहाले ब्यक्त गर्नु भयाे।
लोसपाका नेता राजेन्द्र महत्तोले असोज ३ गते मधेसी र मधेसीका अधिकारको हत्या भएको दिन भएको जानकारी गराए । मधेसी पनि नेपाली हुन्, त्यसैले मधेसीको अधिकार पनि समेटेर संविधान जारी गर भनेर शान्तिपूर्ण आन्दोलनमा उत्रिंदा सरकारले गोली चलाएर मधेसीको हत्या गरेको महत्तोले बताउनु भयाे। त्यसैले यो विभेदकारी संविधान नसच्चिएसम्म मधेसीको संविधान नहुने उहाले जनाए ।
जसपाका कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी हत्यरा संविधान रहेको बताउनु भयाे ।
संविधान लेख्ने बेलामा हामीले मधेसीलाई पनि नेपाली ठानेर मधेसको पनि मुद्धा समावेश गरिदेऊ भनेर माग गर्यौं , सडकमा निस्क्यौं तर खसवादी दल र त्यस बेलाको सरकारले मधेसी माथि गोली, मधेसीको छातीमा बुटले हिर्काउदै बन्दकुको बलमा एकलौटी संविधान जारी गरेकाे कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री सोनलले भन्नु भयाे ।
उहाले आज मुलुकले पाएको संघीयता र समानुपातिक समावेशिताको उपलब्धी मधेस विद्रोहकै उपलब्धी भएको बताए । ‘संघीयता , समानुपातिक समावेशिता जस्ता उपलब्धी मधेस विद्रोहकै देन उहाले भन्होनु भयाे।
श्रद्धान्जलीसभाई लोसपाका कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रदेश सभासदस्य रमेश कुर्मी, प्रहलाद गिरी लगायतका महानुभावहरूले सम्बोधन गर्नु भएकाे थियाे ।

