
कपिलवस्तु / लोकतान्त्रिक सामाजवादी पार्टी नेपाल कपिलवस्तुका कार्यकर्ताले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका छ । आज ‘असोज तीन, कालो दिन’ भन्दै कपिलवस्तुमा लोसपाका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्। नेपालको संविधान जारी भएको विरोधमा प्रत्येक वर्ष झै यस वर्ष पनि बिरोध प्रदर्शन गरेको शुध्दोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताए । असोज तीन, कालो दिन भन्दै लबनी चोकदेखि विरोध र्याली निकाल्दै नगरको विभिन्न भागको परिक्रमा गरी पुन लबनी चोकमा आएर कोणसभामा परिणत भएको थियो । विरोध र्यालीमा सहभागी लोसपाका केन्द्रीय सदस्य रबिदत्त मिश्राले विभेदपूर्ण संविधानले मधेशी जनताको हक अधिकार संरक्षण नगरेको तथा सरकारले मधेशका जनताको अधिकारको ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरिरहेको भन्दै संविधानको विरोधमा प्रदर्शन भएको हो । विरोध र्यालीमा लोसपाका क्षेत्रीय अध्यक्ष नवीन चौधरी ,कैलाश चौधरी , बद्री चौधरी लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

